अमेरिका– अमेरिकामा एक जना प्रेमीले पहिलो प्रेमिकाको हिराको औठी चोरेर दोस्रो प्रेमिकालाई पहिराउदै  प्रेम प्रस्ताव राखेका छन् ।
यो घटना तब खुलासा भयो जब पहिलो प्रेमिकाले उनको फेसबुक पोष्ट देखिन । उनलाई पहिला देखि नै केही शंका थियो उनको प्रेमीको दोस्रो केटी संग चक्कर चलीरहेको छ । यो घटना थाहा पाएपछि प्रेमिकाले प्रहरीलाई खबर गरिन । उनले औठी सहित अन्य सामान पनि चोरी गरेर लगेको खुल्न आएको छ ।  ओरेन्ज सिटीकी पीडित युवती रहेकाे बताईन्छ । यसरी आैठी चाेरेर अर्कीलाई पहिराउने युसुफ डेविस नामका युवा भएको खुल्न आएको छ । घटना थाहा पाएपछि दोस्रो प्रेमिकाले उनिसंगको सम्बन्ध तोडेकी छिन् ।

उनले जब आफनो प्रेमीले अर्के केटीलाई प्रेम प्रस्ताव राखेको तस्विर फेसबुकमा देखेपछि छक्कै परिन । तस्विरमा उनले आफनो ओठी अर्केलाई पहिराई दिएको देखेपछि शशक्ति बनिन । उनले आफनो गहना खोज्ने क्रममा औठी लगायतको अन्य सामान पनि गायब भएको पाइन । त्यसपछि उनले तुरुन्तै स्थानिय प्रहरीलाई खबर गरेकी थिइन । दोस्रो प्रेमिकाले पनि उनी माथि ठगीको आरोप लगाएकी छिन् । प्रहरीले युसुफ माथि ठगी तथा जालजाझी गरेको आरोपमा मुद्धा दायर गरेको छ । प्रहरीले पीडित दुई युवतिहरुको ना मभने सार्वजनिक गरेको छैन ।

एजेन्सी

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected