सागर अर्याल

ड्यालास-नेपालीहरुको बाक्लो बस्तीरहेको ड्यालासमा नेपालीहरुकै कार मर्मत तथा कार सम्बन्धी
सम्पुर्ण सेवा दिने ब्यवसाय सुरु भएको छ । अर्भिगंको ९३० नर्थ बेल्ट लाईन रोड सुईट १२८ मा एस एण्ड के
अटोमोबील सर्भिस नामको कार मर्मत सेन्टर सुरु भएको हो । गुल्मीदेखी डल्लासमा आएर कार सम्बन्धी
लामो अध्ययन र अनुभव संगालेका कमल खत्रीले श्रीमती सुष्मासंगै मिलेर मर्मत सेन्टर सुरु गरेका हुन् ।

 

खत्रीले कारमर्मतका साथै कार सम्बन्धी सबै खालका सेवा दिने गरेका छन् । सरल, सहयोगी र हसीलो स्वभावका खत्री दम्पतीले सबै
खालका कारको ईन्जनदेखी बडि मर्मत, टायर चेन्ज, वोइल चेन्ज, स्टेट ईन्सपेक्सनका साथै कार खरिद र बिक्रीको समेत
सेवा प्रदान गर्दछन् । खत्री भन्दछन् आफुहरुलाई सुरुवातकै समयमा पनि नेपाली समुदायका ठुलो संख्यामा
सेवाग्राहीहरु आईरहेको छन् ।

युनिभर्सल टेक्नीकल ईन्स्टीच्युटबाट कार मर्मत सम्बन्धी ग्य्राजुसेन गरेका खत्री कारको ईन्जीन खोलेर नै मर्मतगर्न सक्ने बताउछन् ।
आफ्नै जन्मभुमीका सेवाग्राहीहरुलाई यति टाढा आएर सेवा दिन पाएकोमा ब्यवसायका साथै अलग खालको
सन्तुष्टि मिल्ने गरेको बताउछिन् श्रीमती सुष्मा खत्री ।
खत्री दम्पतीले आफुहरुलाई एक पटक सेवा गर्न दिए सन्तुष्ट बनाउने जिम्मा आफुहरुले लिन दाबी गर्दै
समुदायका सबैलाई सेवा गर्ने मौका दिन आग्रह समेत गरेका छन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected