अमेरिकामा छिमेकी महिलाको हत्या गरी मुटु झिकेर आलुसंग पकाए

अमेरिका– मान्छेमा राक्षसी प्रवृत्ति हाबी भएपछि उसले मानवीयता बिर्सन्छ ।
यस्तै अमेरिकाको ओक्लोहमा राज्यको चिक्सामा एक जना ४२ वर्षिय लाउरेन्स एन्डरसन नामका व्यक्तिले छिमेकी महिलाको हत्या गरी उनको मुटु झिकेर परिवारलाई खुवाउन आलुसंग मिसाएर पकाएका थिए । अनुसन्धानका क्रममा अदालती बयानमा उनले हत्या अघि पकाएको मुटु परिवारलाई खुलाएको अधिकारीहरुले अदालती बयानमा बताएका छन् ।

डेलि मेलको रिपोर्ट अनुसार उनले छिमेकी महिला एन्ड्रीया लायनको हत्या गरि मुटु झिेकका थिए । उनको हत्या पछि उनी घरमा आएर आफनो काका काकी तथा चार वर्षे छोरी माथि आक्रमण गरेका थिए । आक्रमणबाट ६७ वर्षिय काका र चार वर्षिया छोरीको भने ज्यान गएको छ । काकी घाइते भएकी छिन् ।
उनलाई घातक हतियार सहित अपहरण , हमला तथा हत्याको आरोप सहित मुद्धा दायर गरिएको छ ।

उनको यो अपराधलाई मुत्युदण्ड सम्म दिनु पर्ने आवाज उठेको छ । उनि यस अघि लागुऔषध तथा हतियार सम्बन्धी मुद्धामा जेल परेर गत जनवरीमा रिहा भएका थिए । रिहा पछि उनी आफनो काका काकीको घरमा बस्दै आएका थिए ।

उनी मंगलबार अदालतमा उपस्थित हुने क्रममा न्यायधिस सामु रोएका थिए । उनले भनेका थिए– मलाई जमानत चाहिएको छैन, जे सजाय पनि भोग्न तयार छु ।’
-डेली मेल