अमेरिकामा कम्पनीको कामबाट छुट्टी लिन आफै अपहरण परेको नाटक रच्ने पक्राउ

अमेरिका– अफिसमा काम गर्दा गदै कतिपयलाई दिक्क बनाउछ । फ्रेस हुनका लागी उनिहरुलाई घुमघाम गर्ने मन हुन्छ । अफिसको कामको चापले जब कसैलाई छुट्टी मिल्दैन तब उनिहरुले केही अलग उपायको खोजी गर्छन् । तर यहा“ अमेरिकामा एक जना युवाले गलत तरिकाको उपाय निकाल्दा आफै कानुनको फन्दामा परेका छन् ।
अमेरिकाको एरिजोनामा एक जना १९ वर्षिय युवकले आफनो अफिसमा छुट्टी लिनका लागी आफै अपहरणको नाटक गरे र उनलाई प्रहरीले पक्राय गरेको छ ।
एरिजोनाको एक कम्पनीमा काम गर्ने १९ वर्षिय ब्रयान्डन सुल्सले कामबाट छुट्टी लिनका लागी आफै अपरहण परेको कहानी बनाएका थिए । प्रहरीका अनुसार उनी त्यहा“को टायर कम्पनीमा काम गदै आएका थिए ।
प्रहरीलाई उसले आफुलाई दुई जनाले अपहरण गरेको बताएको थियो । युवकले आफुलाई बेहोस बनाएर अपहरण गरेर एक अज्ञात स्थानमा फयाकिदिएको बयान दिएका थिए । प्रहरीले एउटा पानीको टावर नजिक दुई हात बेल्टले बाधेको र मुखमा कपाड खोचिएको अवस्थामा युवकलाई फेला पारेको थियो ।
अनुसन्धानका क्रममा उनी अपहरणमा नपरेको र कहानी बनाएको यथार्थ बाहिर आएको थियो । प्रहरीको संगको बयानमा पनि युवाले आफुले कामबाट छुटी पाउने बहानमा यस्तो नाटक रचेको स्वीकार गरेका थिए । प्रहरीले युवालाई गलत सुचना दिने र साजिस रचेको आरोपमा पक्राउ गरेको थियो ।
सम्बन्धित खवर
-
अमेरिका-अमेरिकाको ...
-
अमेरिका-ॲाखामा ॲासु हातमा ...