टेक्सस–दुई महिना अघि दाजु प्रविण बास्तोलाको रहस्यम मुत्यु भएपछि अमेरिकाको टेक्सस पाइलट तालिम लिइरहेकी सदिक्षा बास्तोला पढाई छाडेर नेपाली पुगीन ।
दाजुको हत्या पत्ता लगाइ कार्वाहीको माग गदै उनी यतिबेला एक्लै लडीरहेकी छिन् । संचारमाध्यममा उनको आवाज सबैतिर छाएको छ । उनी अहिले दाजुको न्यायका लागी कानुनको ढोका ढकढकाइरहेकी छिन् ।


झण्डै तीन वर्षदेखि अमेरिकाको टेक्ससमा डेल्टा क्वालिफलाइट एभिएसन एकडेमीमा पाइलटको तालिम लिइरहेकी थिइन ।
अमेरिका आउनु अघि सदिक्षा नेपालमा एयर होस्टेज थिइन । सुरुमा उनी सौर्य एयरलान्समा एयर होस्टेज भएर काम गरिन । त्यसपछि श्री एयरलायन्सको प्रमुख जिम्मेवारी बहन गरिन । एयरहोस्टेजको सेवा गर्दा गदै उनमा पाइलट बन्ने इच्छा जाग्यो र अध्ययनका लागी अमेरिका आइन ।
टेक्ससमा बसेर अध्ययन गरिरहेकी सदिक्षा एकाएक दाजुको रहस्यम मुत्यु पछि भावविह्वल मन बोकेर नेपाल फर्किन। अहिले दाजुको हत्याको अनुसन्धानको लागी उनले चर्को आवाज उठाइरहेकी छिन् । उनी एक्लैले नेपालको न्यायिक प्रशासनलाई कडा चुनौती दिदै दाजुको न्यायका लागी लडीरहेकी छिन् । एकातिर दाजु गुमाएको पीडा अर्को तिर न्याय नपाउदा उनी पीडालाई शक्तिमा बदलेर आवाज बुलन्द गरिहेकी छिन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected