शिव शर्मा

टेक्सस– अमेरिकामा स्थायी बसोबासका लागी डिभी परेर आउने नेपालीहरुको संख्या वर्षेनी बढदै गएको छ ।
तर डिभी परेर पनि अमेरिका आउन पछिल्लो समय नेपालीहरुले समस्या झेल्लु परेको गुनासाहरु आउने गरेका छन् । स्पोन्सर लेटर बनाइदिने नाममा अमेरिका रहेका केही नेपालीबाट उनिहरु ठगिने गरेका छन् । स्पोन्सरको नाममा रकम असुल्ने क्रम बढदो छ । गत वर्ष नै डिभी परेर अमेरिका आएकी अनुष्का भुजेलले यस्तै समस्या भोग्नु प¥यो । उनले आफनो कोही आफन्त नभएपछि स्पोन्सरका लागी ४ हजार डलर बुझाएकी थिइन । उनले गुनासो गदै भनिन–अमेरिका आएपछि धेरै स्वार्थी हुँदा रहेछन् ।
उनी मात्र हैनन उनी जस्तै धेरै नेपालीहरु अमेरिकामा केही पहिला आएर यता सेटल भइसकेकाहरुले यसरी नया आउने नेपालीलाई ब्रम्लुट मच्चाउदै आएका छन् ।
सुरुमा वेलकम लेटर लेखेको भरमा डिभी पर्ने सजिलै अमेरिका आउन गर्थे । अहिले स्पोन्सर लेटर चाहिने भएकाले त्यसको फाइदा उठाउदै रकम असुल्नेहरु बढेका छन् । विशेष गरी अमेरिकामा कोही आफन्त नातगोता नहुनेले झनै ठुलो समस्या झेल्ने गरेका छन् । केही आफन्तले पनि यहा“ लुटदै आएका छन् ।
तीन महिना अघि अमेरिका आएकी सुमी खडकाको समस्या पनि उस्तै छ । उनले आफनै चिनेजानेका व्यक्तिलाई नै स्पोन्सर गरेवापत ४ हजार डलर बुझाएकी छिन् । हामीलाई पनि स्पोन्सर गर्दा अलि समस्या हुन्छ सहयोग गर्नुप¥यो भनेपछि आफुले सहयोग गरेको उनले बताइन ।
यी त केही प्रतिनिधी उदाहरण मात्र हुन । पछिल्लो क्रममा स्पोन्सरका नाममा डिभी परेर अमेरिका आउने नेपालीहरुलाई रकम असुल्ने परिपाटी हवात्तै बढेको छ । कतिपयले स्पोन्सर गर्न नै नमान्ने र गरिहाले पनि यसरी रकम असुल्ने गरेका छन् ।
यस्तै स्पोन्सर लेटर बनाइदिने नाममा डिभी परेर आउन लागेकी एक नेपाली युवतिलाई अमेरिकामा बस्नेले अनौठो प्रस्ताव राखेछन् । एक जना कागजपत्र बिहिन नेपाली संग विवाह गरेको खण्डमा आफुले स्पोन्सरगरिदिने भनेर । तर ति युवति अहिले अन्यौलमा छिन् । डिभी परेर पनि अमेरिका आउन यस्तो झन्झट बेहोरेको उनको अमेरिकामा कोही आफन्त नभएकोले समस्यामा छिन् । के गर्ने नगर्ने अन्यौलमा छु’ उनले भनिन– ‘यो झन्झट हुने थाहा पाएको भए त सायद डिभी ने भर्ने थिइन होला ।’

केही वर्ष अघि सम्म डिभी परेर अमेरिका आउन त्यति असहज थिएन । वेलकम लेटर बनाइलिदएको भरमा सजिलै अमेरिका आउन पाइन्थ्यो । अहिले स्पोन्सर गर्नुपर्ने भएकाले कतिपयले यसरी स्पोन्सरको नाममा बार्गेनिङ गर्न थालेका छन् ।

पा“च महिना अघि डिभी भिसामै अमेरिका आएकी सलिना बस्नेत (नाम परिवर्तन) ले कम्ति सास्ती भोगिन अमेरिका आउन । उनको अमेरिकामा आफन्त कोही नभएपछि स्पोन्सर गर्ने मान्छे खोज्दा खोज्दै उनले हैरानी खेप्नु प¥यो । मुस्किले उनले ५ हजार डलर दिएपछि अमेरिका बस्नेतले उनको स्पोन्सर गरिदिए । अहिले उनले त्यो रकम किस्ता किस्तामा तिरेर सकिन । भन्छिन्–‘यस्तो झन्झट हुने थाहा पाएको भए सायदै डिभी भर्थिन होला ।,

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected