चाइना पसलमा साँढे (हास्य-व्यंग )
कथा, कविता वा जनजिब्रोमा साँढेलाई सामन्ती, निरङ्कुश, महालन्ठ, अत्याचारी आदिको प्रतिक मानेर चित्रित गर्ने गरिन्छ । यो चलन संसारकासवैजसो समुदायमा देखिन्छ । नेपालमा “आजकल त्यो साँढे भएको छ” भन्नुएकदमै सामान्य मानिन्छ । मेरो आँखा अगाडी अझै पनि आफुलेकेटाकेटीमा काठमाडौँका बिभिन्न टोलमा देखेका साँढेहरु झल्झल्तीआइरहन्छन । यसमा सवैभन्दा बढी आँखामा आउने चाँहि असनको अन्नपूर्णमन्दिरको अगाडी गजधम्म बस्ने कालो साँढे हो । त्यस पछि लैनचौरमा अड्डाजमाएर बस्ने ध्वाँसे साँढे हो । कारण मेरो बसाई ठमेलमा र पढाईक्षेत्रपाटीको स्कुलमा हुँदा यी दुई साँढेहरु संग जम्काभेट भैरहन्थ्यो । भलैतिनीहरुलाई गल्लीमा देख्ने बित्तिकै सुइँकुच्चा ठोक्नु बाहेक अरु उपायथिएन । बालाजु, गौशाला, सिफल, टंगाल, नक्साल नारायण चौर, लगनखेल, जावलाखेल आदि ठाउँमा बस्ने बिभिन्न रंगका साँढेहरुलाई पनिमेरो मन–मस्तिष्कले बिर्सन सकेको छैन । समय समयमा क्षेत्राधिकारनिर्धारण गर्ने बिषयमा भएको साँढेहरुको लडाई पनि हेरेको छु । कतिपयठाउँहरुमा आफुले हेर्न नपाए पनि अरुको मुखबाट कति लडाईको “आँखौँ देखा हाल” सुनेको पनि छु । त्यो बेलामा साँढेहरु जस्तै टोलका दादाहरु पनित्यतिकै सक्रिय थिए । ठमेल र कुपण्डोलको दादाको बालाजु“स्विमिङ्गपुलमा” भएको “फाइट” पनि बिर्सन सकेको छैन । देशमाचलिरहेको पंचायती व्यवस्थाको प्रभाव साँढे तथा गुण्डा अर्थात् दादाकोरुपमा पनि हेर्न सकिन्थ्यो ।
त्यहि समयमा एकताका टोलका दादाहरुलाई समातेर पुलिसमा भर्ना गराईयोर केहि बर्ष पछि तिनीहरुको कार्यसम्पादन मुल्याँङ्गकन पनि एकदमै राम्रोपाइयो भन्ने पनि सुनिन्थ्यो। आजकल पनि उच्छृंखल आन्दोलनकर्मी र अन्यटोले गुण्डाहरुलाई त्यस्तै गरिदिए देशको शान्ती–सुरक्षा स्वत: भैहाल्थ्यो निभन्ने कुरा मनमा बारम्बार खेलिरहन्छ । बिस्तारै देशमा परिवर्तन हुँदै गए ।त्यस पछि साँढे र दादाहरुको रुप र स्वरुपमा पनि परिवर्तन हुँदै गयो ।साँढेहरु त शायद रातौंरात देशनिकालामा परेर परमधाम भैसके तर गुण्डाहरुबडो चलाखीसंग आफ्नो स्तरोन्नति गरेर सम्मानको हकदार बन्ने अभियानमाछन् । अनि “वहि तो रोना है, भाइ !” भने जस्तो भइरहेको छ । परिवार, समाज र देशले मजबुर भएर सहन परिरहेको छ ।
यता पाताल छिरेको शुरुका चार पाँच बर्ष त “किन रोइस मंगले, आफ्नैढंगले” स्थितिमा गुजार्नु पर्यो । पीर, चिन्ता, सुर्ता, पश्चाताप, रिस, स्वअवमुल्यन, अवसाद आदि सम्पूर्ण नकारात्मक कुराहरुले चारैतिरबाट हूलबाँधेर हामी बूढा–बूढीलाई आक्रमण गर्न लागे । त्यसको प्रतिबिम्बको रुपमाडरलाग्दो सपना देख्ने, सपनामा तर्सेर जुरुक्क उठने आदि इत्यादी कुराहरुहुन् थाले । कुनै सपनामा म अनकन्टार पहाडमा छङ्गाछुर भीरमा हिंडिरहेकोर कुनै बेला पनि तल उर्लिरहेको नदीमा खस्न सक्ने परिस्थिती देखा पर्दथ्यो ।फेरि मलाई बच्चामा साँढेले लखेटेको कारणले हो कि आफ्नै ग्रह कमजोरभएको कारणले हो सपनामा साँढेले र बिपनामा साँढे मनोवृति / प्रवृतिलेलखेटिरह्यो ।
पाताल प्रवासकै शुरुवातीमा एक रात यस्तो सपना देखेँ । सपनामा म गाउँकोदुईतले घरको माथिल्लो तलामा बसेको रहेछु । तल मझेरीमा कालोडरलाग्दो साँढे मलाई पर्खेर बसेको रहेछ । उठेर जाला र तल जाउँला भनेरपर्खिंदा पर्खिंदा हत्तु भै काठको भर्याङ्ग (लिस्नु?)को दुई खुड्किला मात्रै केतल झरेको थिएँ साँढे त मझेरीमा यत्रायत्रा आँखा पारेर नाकको दुई पोराफुलाउँदै फुँ फुँ गर्न लाग्यो । “हेरौं न के गर्दो रहेछ ! माथि चोटामा त कुनैहालतमा पनि आउन सक्दैन क्या रे ” भन्ने सोचेर भर्यांङ्गको दोश्रोखुड्किलामा गोडा राखेर माथिल्लो तलामा बसिरहें । मेरो यो स्थितीलाई त्योकाले साँढेले चुनौती दिएको भन्ठानेछ । अनि जुरुक्क उठेर तल भर्यांङ्गकोछेउमा आएर मलाई लल्कार्न थाल्यो । राता राता आँखा पारेर मलाई घुर्नथाल्यो । मैले पनि साँढेलाई घुरेँ । यो घुराई करिव एक मिनट चल्यो । साँढेझन् उत्तेजित भयो – आँखा जुधाएकोमा ! त्यसपछि सिङ्गले भर्याङ्गहल्लाउन थाल्यो । अव परेन बित्यास ! के गर्ने अव ? भर्याङ्ग भत्काई दियोभने ! अनि मैले माथि चोटामा राखेको एक गाग्री पानी ल्याएर खन्याई दिएछु। पानी खन्याए पछि साँढे त एकदमै शान्त ! मानौँ दनदन्ती बलिरहेकोआगोमा पानी खन्याए पछि आगो निभेको जस्तो । त्यस पछि साँढे लुरुक्कघर बाहिर निक्स्यो |
उता ओछ्यानमा म छटपटीने, हात उफार्ने, दाह्रा किट्ने गरिरहेको बुढीलेहेरिरहेकी रहिछिन । ” के भो हजुर, नराम्रो सपना देखिस्यो कि ?” भनेर मलाईउनले झकझक्याई रहेकी रहिछिन । म ब्युँझिए । यस्तो लाग्यो म ठूलोसंकटबाट बाहिर निस्किएँ । पिसाव लागिरहेको रहेछ –शायद डरले हो कि ।बाथरुमबाट फर्किने बित्तिकै उनले सोधिन – ” के सपना देखिस्यो ?” मैले पुरैसपना बताएँ । उनले भनिन – ” हजुरको भित्रि आत्मबल र भित्रि बुद्धि एकदमैतगडा छ । म मान्छु । ” यो “भित्री आत्मबल” र “भित्रि बुद्धि” उनले आफैंआविष्कार गरेका शव्दहरु थिए जस्तो लाग्यो । सपनामा साँढेलाई आत्मबलर बुद्धिले भगाएको हुनाले उनले त्यस्तो हौशला दिने वाक्य प्रयोग गरिन ।बिपनामा न त मैले साँढे भगाउन सक्नु, न त्यस्तो शव्दोपहार पाउनु ! यस्तोप्रशंसोक्ति पाउँदा मेरो आत्मविश्वास ह्वात्तै बढ्यो । त्यस पछि त कमाल भैहाल्यो नि जिन्दगीमा ! अहिले उनी यस संसारैमा नहुँदा पनि उनले दिएको त्योआत्मविस्वासले बाँचिरहेको छु म । यी मेरा हाँसो र आँशु मिश्रित अभिव्यक्तीहुन् भनेर बुझिदिनुहोला ।
“घुम्दै फिर्दै रुम्जाटार” भने जस्तै मेरा गन्थन–मन्थनहरु साँढेबाटनै शुरु गरेरसाँढेमा लगेर अन्त्य गर्ने बिचारमा छु ।हाम्रो समाजमा यस्तो साँढे मनोवृति / प्रवृती वा मैमत्तापन दर्शाउने चल्तीका केहि प्रतीकात्मक शव्दहरु यस्ता रहेछन– भाले पल्टेको, मन्दिरको बोको, असनको साँढे, मैमत्ता हात्ती ( ध्रुबे हाती !), राजाको राँगो, ठालू पल्टेको आदि । यस्ता शव्दहरुको सूची अवस्यनै लामैहुनुपर्दछ । नेपाली समाजमा साँढे मनोवृति / प्रवृतिलाई इङ्गित गर्ने सवैखालका शव्द, वाक्य, भनाईहरु कसैले संकलन गरिदिए सवैको ठूलोकल्याण हुने थियो । किनभने यो साँढे मनोवृति / प्रवृति समयमै थाहा नपाउँदाकति बालबालिकाको व्यक्तित्व बिकासमा अवरोध भएको छ । पछि तीबालबालिकाहरु पनि जिन्दगी भर त्यो मनोवृति / प्रवृति बोकेर आफु, परिवार, समाज, देश अझै कतिपय स्थितीमा बिस्वलाई नै दु:ख दिईरहेकाछन् । बाल हिंसा, घरेलु हिंसा, यौन हिंसा र अन्य असामाजिक हिंसामासंलग्न हुनेहरु त्यहि प्रवृतिका व्यक्तिहरु हुन् । नेपाली समाजमा अझै पनि त्यस्तो मनोवृति / प्रवृति भएकाहरुलाई बिभिन्न फूलबुट्टे विशेषण (जस्तो“मर्द … “) को मुकुट पहिर्याउने मानसिकता गएको छैन । अनि तिनीहरु मैलेकेटाकेटीमा देखेको लैनचौर वा असनको साँढे जस्तो भएर थर्काउँदैछन्, बिभिन्न “खुराफात” गर्दैछन ।
अर्को बिडम्बना के छ भने ती साँढे मनोवृति / प्रवृतीका व्यक्तिहरुको“खुराफात“लाई बिभिन्न पारिवारिक, धार्मिक, प्रादेशिक, सामाजिक आदि परिवेशको आडमा प्रोत्साहन गर्नेहरु प्रसस्तै छन् । तर सवैले बुझ्नु पर्ने कुराके हो भने क्षणिक सुबिधा, फाइदाको लालचमा प्रोत्साहन गर्दा अन्ततोगत्वासम्हाल्नै नसकिने नोक्सान हुन्छ । आफ्नो फायदा अनुसार व्यक्ति वाबस्तुलाई हेर्ने तरिका सहि दृष्ट्रीकोण होइन । साँढे मनोवृतिलाई साँढेमनोबृतिको रुपमा नै हेर्नु पर्दछ ।
यस सम्बन्धमा मैले जानेको एउटा पाकिस्तानी उखान सटिक लागेकोलेत्यसको भावार्थ प्रस्तुत गरेको छु –“हान्न आएको साँढेलाई म शाकाहारी हुँभन्नुको केहि अर्थ छैन । ” ऊ संग अनुनय–बिनय गरेर काम छैन । उसलेशाकाहारी, मांसाहारी, सोझो, असल, भलाद्मी आदि केहि पनि हेर्दैन । आफ्नोज्यान जोगाउने उपाय गर्ने हो । तर चाकडी संस्कारमा हुर्केका हामीहरु साँढेमनोवृतिका मान्छेहरुका चाकडी गर्न लाग्दछौं । यसो गर्दा गर्दा कति जना“धोती न टोपी” भएका, बेघर भएका, नचाहिँदो सौदाबाजी गर्दा गर्दामनस्थिती गुमाएका कुराको विचार गर्दैनौं । घरमा हेर्यो, समाजमा हेर्यो, देशमा हेर्यो जताततै साँढे मनोवृतिका मान्छेहरुका जगजगी छ । नेपाल, भारत, पाकिस्तानको मात्रै के भन्नु, बिस्वको अति बिकसित देशहरुमा पनिसाँढे मनोवृतिका मान्छेहरुकै जगजगी हेर्न पाइन्छ ।
सन् १८३४ मा फ्रेडरिक म्यारीयटले आफ्नो उपन्यास ” ज्याकोब फेथफुल“मा“चाइना पसलमा साँढे” भन्ने उक्ति प्रयोग गरे । त्यो उक्ति धेरै लोकप्रिय भयोर युरोप, अमेरिकामा त्यस्तो परिदृश्य देखिंदा ” चाइना पसलमा साँढे जस्तै” भन्न थालियो । एउटा मदमस्त साँढे बहुमुल्य तर फुटने डर भएको सामानहरुराखेको चाइना पसलमा गयो भने त्यसले गर्ने उपद्रो र हुने नोक्सान कल्पनागर्न सकिन्छ । तर त्यो मदमस्त साँढेलाई के गरिरहेकोछु भन्ने थाहा हुँदैन । उत आफ्नो हुँकार गर्दै सवै तहसनहस गर्दै हिँडीरहेको हुन्छ । अव विचार गर्नोस– बर्तमान दशकमा तपाइँले बिस्वमा कति साँढे (साँढे मनोबृतिका नेता) हरुदेख्नु भयो । घर, गाउँ, समाज र देशमा त कति कति ! सिर्फ देख्ने आँखा रबुझ्ने मन चाहिन्छ । यस्तो मनोबृतीलाई शुरुमै पहिचान गरेर समयमैसुरक्षात्मक उपायहरु अवलम्बन गर्नु नै बुद्धिमानी ठहर्छ । “सव कुछ गुमाकेहोश मे आये तो क्या होशमे आये ?” भने जस्तो नहोस ।