अमेजनका संस्थापक जेफ बेजोसकी पुर्व पत्नीले शिक्षकसंग गरिन विहे

अमेरिका– अमेजनका संस्थापक जेफ बेजोसकी पुर्व पत्नी मैकेन्जी स्कटले एक अमेरिकी विज्ञान शिक्षक संग विवाह गरेकी छिन् ।
विज्ञानका अध्यापक डान जेबेटले खुशी व्यक्त गदै यसका लागी आफनो विशेष पल भएको बताएका छन् । मैकेन्जीले सम्पत्ति भन्दा पनि उनीसंगको साथलाई विशेष महत्व दिएकी छिन् । बेजोससंग सम्बन्धविच्छेद गरेपछि उनलाई धेरै सम्पत्ति प्राप्त भएको थियो । यसैको कारण उनी संसारकै सर्वाधिक धनी महिलाका सुचीमा पनि पुगिन ।
डान लेकसाइड स्कुलमा रसायन विज्ञान पढाउछन् । त्यही स्कुलामा मैकेन्जीका बच्चाबच्ची पढछन् । डानले आफनो विवाहको घोषणा एउटा वेभसाइटमा पत्र लेखेर गरेका थिए ।
मैकेन्जीले जुलाई २०२० मा सामुदायिक विकासमा काम गर्ने संस्थाका लागी १.६८ अर्ब डलर आर्थिक सहायता प्रदान गरेकी थिइन । उनले २०२० मा कुल ५ दशमलब ७ अर्ब डलर धनराशी दान दिएकी छिन् । २०२० मा सबै भन्दा बढी दान दिने ५० अमेरिकीको सुचीमा उनी दोस्रो स्थानमा छिन् ।
सम्बन्धित खवर
-
अमेरिका-विवाहित महिलाको ...
-
टेक्सस-नेपाली समाज टेक्ससले ...