अमेरिका– अमेरिकाको क्यालिफोर्नियामा नेपाली उबर चालक शुभाकर खडकाको सहयोगका लागी गोफन्डमा ६८ हजार भन्दा बढी संकलन भएको छ ।
उबर चलाउने क्रममा उनी माथि तीन महिलाले दुव्र्यहार गर्नुका साथै हातको प्रयास गरेपछि सहयोगका लागी गोफन्ड अकाउन्ट खोलेर सहयोग संकलन गरिएको हो ।
उनको सहयोगका लागी गोफन्ड अकाउन्ट खोलिने दिने अमेरिकन महिला सायन बेनिस्टर हुन । नेपाली उबर चालक खडकालाई सहयोग गर्ने यी महिला अमेरिकी व्यवसायी तथा लगानीकर्ताको रुपमा परिचित छिन् । सुरुवाती चरणमा उनले उबर लगायत साझेदारी व्यलसायमा लगानी गरेकी थिइन ।
अमेरिकाको एरिजोेनामा जन्मेकी उनले जीवनमा दुख्द पलहरु भोगेकी छिन् । उनले जीवनको कुनै कालखण्डमा १५ वर्षको उमेरमा होमलेस समेत बन्नु परेको थियो । सडकबाट उठेर उनी व्यवसायको रुपमा आफुलाई स्थापित गरिन । आफनो जीवनको दुख्द कथा उनले यस अघि विभिन्न संचारमाध्यममा सुनाएकी थिइन । उनले समस्यमा परेका अमेरिकनहरुलाई साथ र सहयोग गदै आएकी छिन् । उनले नेपाल उबर चालक खडकालाई आफनो तर्फबाट २० हजार सहयोग गर्ने घोषणा समेत गरेकी छिन् । नेपाली मुलका अमेरिकनलाई यति ठुलो रकम सहयोगका लागी अभियान चलाइदिने उनी पहिलो अमेरिकन सहयोगदाता बनेकी छिन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected