अमेरिका-अमेरिकामा पाइलट पढदै गरेकी सदिक्षा बास्तोला दाजुको न्यायका लागी लडदै गर्दा उनि माथि बारम्बार धम्की आउन थालेको छ ।
अमेरिकाको टेक्सस पाइलटको अध्ययन सकिन चार महिना बाकी रहदा मोरङ उर्लाबारीमा दाजुको रहस्मय मुत्यु पछि उनी नेपाल पुगेर न्यायका लागी लडीरहेकी छिन् । उनलाई अमेरिका आउन रोकिदिने समेत धम्की आएको छ
न्यायका लागी लडदै गर्दा पछिल्लो समयमा उनी माथि बारम्बार धम्की आउने गरेको उनले बताएकी छिन् । आफुलाई गलत देखाउन आरोप लगाएर उनलाई अमेरिका फर्किन नदिने र घटनालाई हचुवाको भरमा गलत प्रचार गरिएको सदिक्षाको गुनासो छ । त्यस्तो धम्कीले आफु बिचलित नभएको उनले बताइन र उनलाई गायब गर्ने, ज्यान समेत लिन सक्ने जस्ता धम्कीहरु ऋाउने थालेको छ । उनको न्यायको यो मुद्धा राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा चर्चा पाएको छ ।
उनको पक्षमा बोलिदिने व्यक्तिको कानुनी काम समेत बन्देज लगाउने काम स्थानिय निकायले गरेको छ । नेपालमा न्यायको पक्षमा बोल्दा घाटी थिचेर मारिने गरिएको छ ।
अहिले उनको दाजुको मुद्धा अदालती प्रकृयामा पुगेको छ । घटनामा आरोपीत तीन जना पुपक्षका लागी थुनामा छन् । दुई जना धरौटीमा रिहा भएका छन् ।
सम्बन्धित खवर
-
अमेरिका-अमेरिकाको ...
-
अमेरिका-ॲाखामा ॲासु हातमा ...