युलेस सिटी काउन्सिलका उम्मेदवार टिका पौडेललाई भ्याइनभ्याई

शिव शर्मा
टेक्सस– टेक्ससमा युलेसमा बस्दै आएका समाजसेवी टिका पौडेल अर्थात टिका दाई लाई यतिबेला भ्याइनभ्याई छ । उनी सबै काम छाडेर अहिले चुनावी अभियानको दौडमा निस्केका छन् । पहिलो पटक टेक्ससबाट नेपाली समुदायको प्रतिनिधित्व गदै टिका पौडेलले युलेस सिटी काउन्सिलमा उम्मेदवारी दिएपछि उनको व्यस्तता बढेर गएको हो ।
आगमी मे एक मा हुने युलेस सिटी काउन्सिल–६ का लागी उनको उम्मेदवारीको यतिबेला चर्चा छ । टेक्ससमा रहेका नेपाली समुदाय तथा संघसंस्थाहरुले पनि उनलाई दिल खोलेर सहयोग गरेका छन् । भोटिङमा बढी भन्दा बढी नेपाली समुदायको सहभागिता रहोस भनेर स्वय पौडेल भोटिङ लिस्टमा नाम नभएका नेपालीहरुको रजिष्टे«सन प्रकृयामा लागेका छन् ।
उनकै प्रतिद्धन्द्धीको रुपमा उठेकी एक जना उम्मेदवार टिनाले उम्मेदवारी फिर्ता लिएर पौडेललाई सहयोगी गरेकी छिन् । सिटी काउन्सिलका अन्य उम्मेदवार संग सहकार्य गर्ने प्रयासमा समेत उनी लागेका छन् । यतिबेला पौडललाई नेपाली समुदायले मात्र हैनन अमेरिकन समुदायका धेरैले सहयोग र हौसला दिइरहेका छन् । चुनावी दौडमा रहेका पौडेलले युएसनेपाल पोष्टसंग कुराकानी गदै भनृे–‘सर्र्बको सहयोगले थप हौसला र उत्साह पैदा गराएको छ । ’
चुनावी अभियानलाई थप शसक्त बनाउन उनी अप्रिल एक देखि घरदैलो कार्यक्रममा जुटदैछन् । सिटी काउन्सिलको निर्वाचनका लागी आगामी अप्रिल १९ देखि २७ सम्म अर्लि भोटिङ समेत हुदैछ ।
टेक्सस ड्यालस फोटवर्थ क्षेत्रमा नेपाली समुदायमा टिका दाईको नामले लोकप्रिय पोडैलले नेपाली समाज टेक्ससमा आवद्ध रहेर पनि समुदायको हितमा लामो समयमा काम गरेका थिए । सहयोगी भावनाका पौडेलललाई युलेस सिटी काउन्सिलमा पुराउन सबैले सहयोग गर्नु पर्ने बेला आएको नेपाली समाज टेक्ससका अध्यक्ष दिनेश शर्माले बताए । उनले भने– ‘उहाँको उम्मेदवारी हामी नेपालीका लागी एउटा ऐतिहासिक क्षण हो ।
े