टेक्सस– भुटनिज नेपाली समुदायका कलाकारले अभिनय गरेको म्युजिक भिडियोको सुटिङ अमेरिकाको टेनिसीमा सकिएको छ।


गणेश चाङको स्वर रहेको ‘तिम्रो याद’ बोलको गीतको सुटिङ सकिएको हो । उक्त गीतको निर्देशन नेपाली चलचित्रका कलाकार तथा अभिनेता केदार उप्रेतीले गरेका हुन । अमेरिकाको टेक्ससमा बसेर उप्रेतीले छोटो चलचित्र तथा म्युजिक भिडियोको निर्माण तथा निर्देशन गदै आएका छन् । गीतको रचना समेत उप्रेतीले गरेका हुन ।


उक्त गीतमा हिसिना क्षेत्री तथा शर्मा लक्षुले अभिनय गरेका छन् । गीतको भ्युडियो छिट्टै ओसआर डिजिटलबाट रिलिज हुने निर्देशक उप्रेतीले जानकारी दिएका छन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected