अमेरिका– चर्चित रियालिटी शो अमेरिकन आइडलको १९ औ संस्करणमा दिवेश पोखरेल अर्थात अर्थर गन भाग लिन पाउने भएका छन् ।
अघिल्लो संस्करणमा उपविजेतामा चित्त बुझाएका दिवेशले यसपटक १९ औ संस्करणमा भाग लिएर विजेता बन्ने अर्को अवसर पाएका छन् । उनि सहित उत्कृष्ठ दसका १८ औ संस्करणका प्रतिस्पर्धीहरुलाई दोस्रो पटक १९ औ संस्करणमा भाग लिएर विजेता बन्ने अवसर जुरेको हो । गत वर्ष कोरोना महामारीका कारण ग्राण्ड फिनालीमा प्रतिस्पर्धीहरुले आफनै घरबाट प्रस्तुती दिएका थिए । दिवेश पोखरेल सहि तगत वर्षका उत्कृष्ठ दसका प्रतिस्पर्धीहरुले भोली सोमबारको अमेरिकन आइडलकमा आफनो प्रस्तुती दिनेछन् ।
यसरी प्रस्तुती दिएकाहरुलाई अप्रिल २६ सम्म भोट गर्न पाइनेछ । धेरै भोट ल्याउने मध्येबाट एक जनाले मे दुई मा हुने उत्कृष्ठ दसको प्रस्तुतीमा सहभागीको अवसर पाउनेछन् । यदि दिवेश छानिएर उत्कृष्ठ दसमा पुगे भने अमेरिकन पुनः दोस्रो पटक उनी अमेरिकन आइडल बन्ने अवसर पाउनेछन् ।
अमेरिकन आइडलको १९ औ संस्करणको ग्राण्ड फिनाली मे २३ गते हुनेछ ।

नेपाली समुदायबाट यसरी विश्व चर्चित गायन प्रतिस्पर्धाको अडिसनबाट छानिएर यो चरण सम्म आउने दिवेश पहिलो नेपाली हुन ।
अध्ययनका लागी अमेरिका आएका पोखरेल का केही एल्बम पनि बजारमा आइसकेका छन् । तर पनि उनी चर्चामा थिएनन । तर अहिले उनले करोडौ फ्यान कमाइसकेका छन् ।
विदेशी मिडियाहरुले भने उनलाई महत्व दिएर समाचार बनाएका छन् । अमेरिकन आइडलमा छानिएर अघि बढेपछि उनको चर्चा चुलिएर गएको छ । उनका गीतहरु एप्पल आइट्युनमा पनि सुन्न सकिन्छ । अमेरिकको केन्सस राज्यमा बस्दै आएका पोखरेल ६ वर्ष अघि मात्रै विद्यार्थी भिषामा अमेरिका आएका हुन ।।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected