अमेरिका– यो सुन्दा कुनै सिनेमाको कथा जस्तो पनि लाग्ला । तर माली सिनर्ट र एमिली बुसनेलको यो जीवनकै सत्यता हो । दक्षिण कोरियामा जन्मेका जुम्ल्यहा यी दिदिबिहीनलाई दिदिबिहिनीलाई फरक फरक परिवारले पालनपोषण गरेका थिए । उनिहरु जन्मेको केही महिनापछि नै एक अर्कोबाट अलग भएका थिए । उनिहरुको जीवन एक अर्कोबाट अलग अलग रुपमा नै चल्दै थियो । तर ३६ वर्षपछि उनिहरुले एक अर्कोलईि देखे त उनिहरुको खुशीको सिमा नै रहेन ।
अमेरिकी परिवारले दुवैलाई सानै उमेरमा काख दिएर हेरविचार गरेका थिए । माल्ली फलोरिडा तथा एमिली पेन्सिलभेनिया मा बसोबास गदै आएका थिए । जुम्ल्याहा दिदि बहिनीको जीवन अलग अलग चल्दै गरेको बेला एमिलीकी एघार वर्षिय छोरी इजाबेलले आफनी आमाको परिवारको बारेमा जान्ने इच्छा राखिन ।
गुड मर्निङ अमेरिका नामक अमेरिकी टिभी शोमा उनीहरुको यथार्थ बाहिर आएको थियो । उनिहरुको डिएने परीक्षण गर्दा मेल खाएपछि उनिहरु जुम्ल्याह दिदिबहिनी भएको पत्ता लागेको हो । उनिहरु दुबै जना एक अर्कालाई पाएर यति खुशी भएका छन् कि त्यो शब्दमा व्यक्त गर्न सकेका छैनन । उनिहरु कसरी अलग भए भन्ने बारेमा भने केही खुलेको छैन ।
स्रोत जिएमए
सम्बन्धित खवर
-
अमेरिका-अमेरिकाको ...
-
अमेरिका-ॲाखामा ॲासु हातमा ...