टेक्ससमा कलाकार जोडी सुबास र बिनिताले अभिनय गरेको म्युजिक भिडियो सार्वजनिक

टेक्सस– अमेरिकाको टेक्ससको अष्टिनको विभिन्न क्षेत्रमा छायाङकन भएको नेपाली सुगम संगीतको गीत कुल्ची हिडछन् फुललाई बोलेको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
अमेरिकाको ओहायो राज्यमा बसेर नेपाली गीत संगीतमा लागेका गायक छवि न्यौपानेको स्वरमा रहेको गीत एनपी म्युजिक हबबाट सार्वजनिक भएको हो ।
कदर एल्बममा समावेश यो गीतमा टेक्ससको अष्टिनमा बसेर कला क्षेत्रमा कृयाशिल कलारका जोडी सुबास थापा र बिनिता खडका थापाको जोडदार अभिनय रहेको छ । नेपालमा रहदा नेपाली सिने क्षेत्रमा आफनो पहिचान बनाएका यी जोडीले गीतमा जीवन्त अभिनय गरेका छन् । सुबास र बिनिता रंगमञ्च हुदै नेपाली रजतपटमा उदाएका उदयमान कलाकार हुन । अमेरिका आएर पनि उनिहरुले आफनो कलाकर्मलाई निरन्तरता दिइरहेका छन् । सुबास थापा अभिनय संगै निर्देशनमा पनि उदाएका छन् ।
यो गीतको निर्देशन समेत कलाकार सुबास थापाले गरेका छन् । गीतको रचना खेम रिजाल, कम्पोज कर्म ग्यानचेन बम्जन, एरेन्जमेन्ट नर्बु शेर्पा, मिक्सिङ माष्टरिङ किशोर थापा तथा कोरियोग्राफी बिनिता खडका थापाकै रहेको छ । गीतको सम्पादन तथा कलरिङ केभिन चिनको रहेको छ । समिरा बुटिकको डे«स डिजाइन रहेको गीतमा पेटी क्युरीले मेकअप गरेकी छिन् ।
सम्बन्धित खवर
-
अमेरिका-विवाहित महिलाको ...
-
टेक्सस-नेपाली समाज टेक्ससले ...