अमेरिका– संसारमा अहिले हिमनदी तिव्र रुपमा पग्लिरहेको छ । तिव्र रुपमा पग्निे क्रम संगै यसले आफनो आकार पनि गुमाउदै गएको छ । यसको प्रमुख कारण हो पृथ्वीमा बढदो तापमान ।
बढदो तापमानले हिमालय, अलास्का, आइसल्णण्ड लगायतका हिउयुक्त क्षेत्रहरु सबैभन्दा बढी प्रभावित भएका छन । यो तथ्य अमेरिकी विशेषज्ञहरुले गरेको एक अध्ययनमा बाहिर आएको हो । यो संम्बन्धी रिपोर्ट साइन्स जर्नल नेचरमा प्रकाशित भएको छ ।
रिपोर्ट अनुसार संसारका २ लाख २० हजार हिमनदीहरु पग्लिरहेको छ । जसको कारणले समुन्द्रको पानीको भाग माथि उठाएको छ र लाखौ हेक्टर जमीन पानीमा डुबेको छ । यसको कारण समुन्द्रको किनारामा सबेको सहर, आवादी तथा वनजंगललाई खतरा उत्पन्न भएको छ ।
अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले सेटलनाइटबाट वर्ष २०१९ र २०२०मा लिएको तस्विरबाट हिमनदीको आकार कम भएको र समुन्द्रको आकार बढेको देखाएको छ ।
प्रति वर्ष पग्लिदै गएको हिउको मात्र लाखौ टन रहेको छ । हिमनदी पग्लिने क्रम संगै पर्यावरणमा समेत परिवर्तन हुने क्रम समेत बढेको छ । अध्ययनमा संलग्न वैज्ञानिकहरुले पृथ्वीमा बढदो तापक्रमलाई समयमा नियन्त्रण नगरिए केही दशकमा अवस्था ज्यादै खतरा हुने चेतावनी दिएका छन् ।

एजेन्सी

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected