अमेरिकन आइडलको १९ औ संस्करणमा दिवेश पोखरेल उत्कृष्ठ दस भित्र
अमेरिका– चर्चित रियालिटी शो अमेरिकन आइडलको १९ औ संस्करणमा दिवेश पोखरेल अर्थात अर्थर गन उत्कृष्ठ दस भित्र परेका छन् ।
अर्थर गन आइतबारको प्रस्तुतीसंगै अमेरिकन आइडलको उत्कृष्ठ दसमा परेका हुन ।
अघिल्लो संस्करणमा उपविजेतामा चित्त बुझाएका दिवेशले यसपटक १९ औ संस्करणमा भाग लिएर विजेता बन्ने अर्को अवसर पाएका छन् । उनि सहित उत्कृष्ठ दसका १८ औ संस्करणका प्रतिस्पर्धीहरुलाई दोस्रो पटक १९ औ संस्करणमा भाग लिएर विजेता बन्ने अवसर जुरेको हो । गत वर्ष कोरोना महामारीका कारण ग्राण्ड फिनालीमा प्रतिस्पर्धीहरुले आफनै घरबाट प्रस्तुती दिएका थिए । दिवेश पोखरेल सहि तगत वर्षका उत्कृष्ठ दसका प्रतिस्पर्धीहरुले अमेरिकन आइडलकमा आफनो प्रस्तुती दिएका थिए ।
यसरी प्रस्तुती दिएकाहरुलाई अप्रिल २६ सम्म भोट गरिएको थियो धेरै भोट ल्याउने मध्येबाट एक जनामा आज आइतबार उत्कृष्ठ दसको प्रस्तुतीमा सहभागीको अवसर दिवेशले पाएका थिए । दिवेश छानिएर उत्कृष्ठ दसमा पुगेका छन । अमेरिकन आइडल मा पुनः दोस्रो पटक उनी अमेरिकन आइडल बन्ने अवसर पाउनेछन् ।
अमेरिकामा कोरानाको महामारी बीच विश्व चर्चित रियालिटी शो अमेरिकन आइडलमा नेपाली युवा दिवेश पोखरे उपविजेता बन्न पुगेका थिए ।
अमेरिकन आइडल घोषणा गर्ने क्रममा को जशम र दिवेशको नाम आएको थियो । अन्नत अन्तयमा विजेतामा जशमले बाजी मारिन । धेरै नेपालीले उनले उपाधी जित्ने लख काटेका थिए । तर अन्तमा उनी उपविजेता बने ।
आर्थर गनको नामले परिचित पोखरेल विभिन्न चरण पार गदै अमेरिकन आइडलको आइतबार भएको फाइनलमा उत्कृष्ठ पा“च हुदै उपाधी जित्ने होडमा अघि बढेका थिए । तर अन्तमा उनले उपविजेतामा चित्त बुझाउनु परेका थियो । यसपटक उपाधी जित्ने होडमा उनी अघि बढेका छन् ।
।
काठमान्डौका २१ वर्षिय दिवेश पोखरेलले निर्णायकहरु लयोनल रिची, केटी परीर लुक ब्रायनको मन जितेका थिए ।
नेपाली समुदायबाट यसरी विश्व चर्चित गायन प्रतिस्पर्धाको अडिसनबाट छानिएर यो चरण सम्म आउने उनी पहिलो नेपाली हुन ।
अध्ययनका लागी अमेरिका आएका पोखरेल का केही एल्बम पनि बजारमा आइसकेका छन् । तर पनि उनी चर्चामा थिएनन । तर अहिले उनले करोडौ फ्यान कमाइसकेका छन् ।
विदेशी मिडियाहरुले भने उनलाई महत्व दिएर समाचार बनाएका छन् । अमेरिकन आइडलमा छानिएर अघि बढेपछि उनको चर्चा चुलिएर गएको छ । उनका गीतहरु एप्पल आइट्युनमा पनि सुन्न सकिन्छ । अमेरिकको केन्सस राज्यमा बस्दै आएका पोखरेल ७ वर्ष अघि मात्रै विद्यार्थी भिषामा अमेरिका आएका हुन ।।