यसरी चढे रुप कार्कीले विश्व च्याम्पियनसम्मको खुडकिलो

शिव शर्मा/टेक्सस
खाईलाग्दो र बलिष्ठ जिउ । झट्ट हेर्दा उनी बडीबिल्डर जस्तो देखिन्छन् । यस्तो ज्यान बनाउन उनले धेरै मेहनत गरेका छन् । त्यही मेहनतको प्रतिफल अमेरिकाको भर्जिनिया बस्ने रुप काकीले पाएका छन् । अमेरिकामा बसेर नेपाल र नेपालीको शिर उच्चो राख्ने उनी भारत्तोलक (फुल पावरलिफटिङ) खेलका आफनो तौल समुहमा विश्व च्याम्यिपयन हुन ।
भर्खर उनले आयरल्याण्डमा सम्पन्न पावरलिफटिङ आइपियल प्रतियोगितामा २ सय २० पाउन्ड समुहमा विश्वच्याम्पियन बन्दै रेकर्ड कायम गरेका छन् ।

अन्तराष्ट्रिय भारत्तोलन खेलमा विश्व च्याम्पियन भएको यो उनको दोस्रो पटक हो । यस अघि २०१७ मा अमेरिकाको एटलान्टामा भएको पावरलिफटिङको अन्तराष्ट्रिय प्रतियोगितामा पनि विश्व च्याम्पियन बन्दै स्वर्ण पदक जितेका थिए ।
अमेरिकास्तरीय प्रतियोगितामा त उनले दर्जनौ पटक जीत हासिल गदै च्याँिम्पयन बनीसकेका छन् । उनको तौल समुहमा उनलाई हराउने कोही खडा भएका छैनन । अमेरिकामा मात्र हैन विश्वमै यतिबेला यी नेपालीको चर्चा र लोकप्रियता यो खेलमा चुलिएर गएको छ । विश्वमै भारत्तोलन खेलबाट नेपालमा चिलाउन सफल कार्कीले अमेरिकाको व्यस्त दैनिकलाई चिदै यो खर्चिलो खेलमा मिहिनेत पनि उनले त्यतिकै गरे । उनले आफुलाई त विश्वच्याम्पियन बनाए नै नेपाललाई समेत यो खेलबाट अन्तराष्ट्रिय स्तरमा नया पहिचान दिएका छन् । त्यो पनि अमेरिका आएर आफनो व्यस्त जीवनलाई थाती राख्दै संर्घषको मैदानमा उतरिएर उनले यो सफलता पाएका छन् । नेपालको इतिहासमा यो खेलमा स्वर्ण पदक जित्ने उनी पहिलो नेपाली खेलाडी हुन ।

कसरी आए अमेरिका
रुप कार्कीको थातथलो भने बाग्लुङको गलकोट हो । पछि उनको परिवार बुटबल बसाई सर्यो । बुटबलमै उनी हुर्के बढे । अमेरिका आउने उनको किस्सा बेग्लै छ । विदेश आउने सोच त उनमा थिदै थिएन । बुटबलमा उनको घरमा भाडामा बस्ने गर्थे दाङ देउखुरीतिरका एक जना बैंकका म्यानेजर । उनको नाम चाही उनले भुले । जतिबेला इमेल इन्टरनेटको पहुच तेति थिएन । सन् २००३ ताका तिनै बैंक म्यानेजरले घरमा आफनै जीवनसाथी संग फोटो मागेर डिभी भरिदिएछन् ।
उनले मेरो हातले भरेपछि डिभी पर्छ भन्दै उनले फोटो मागेका रहेछन् । तर रुप कार्कीलाई त्यतिबेला डिभी भन्ने कुरा पनि राम्रो संग थाहा थिएन रे । नत उनले अमेरिका जाने भनेर नै कुनै कल्पना गरेका थिए । विदेश जाने भन्ने कुराको उनमा चाह नै थिएन । तर परिस्थति बदलियो । जिन्दगीले अर्के मोड लियो ।

उनी त्यतिबेवा बुटबल –काठमान्डौ ओहोरदोहोर गर्थे । उनको त्यतिबेला आफनै भ्याली निर्माण कन्स्ट्रक्सनको बिजनेस थियो । घरपरिवार राम्रै चलेको थियो । आखिर लहैलहैमा अर्केले भरिलिएको डिभीले उनलाई अमेरिका ल्याईपु्रायाे । तिनै बैक म्यानेजरले भरिदिएको डिभी उनलाई संयोगले परेछ । कस्तो भयो भने २००३ मा भरेको डिभीकाे नम्बर अगाडी भएकाले उनी त्यही साल नै अमेरिका आए । तर पनि उनी अमेरिका जाने की नजाने भनेर थकथकाए । सबैले भाग्यले चिठा परेको छ, जानुपर्छ भन्दै उक्साउन थाले । आखिर उनी डिभीकै चक्करले अमेरिका आइपुगे । सुरुमा उनी आए टेक्ससको हयुस्टन सहर । एक छोरा र एक छोरी अनि श्रीमति संगै आएका उनी सुरुमा सुरु गरे जिन्दगी शुन्यबाटै । झण्डै १८ महिना हयुस्टन बसेका उनलाई छोराछोरीको पढाई राम्रो भएको महसुस भएन । हयुस्टनबाट बसाई सरेर उनी पुगे भर्जिनिया । आखिर जहाँ पुगे पनि अमेरिकामा संघर्ष नगरी हुदैनथ्यो । भर्जिनिया पुगेर सेभनइलेभेनमा काम थाले । केही वर्ष यस्तै काम गदै उनले परिवारको डुंगा चलाए । नेपालमा हुदा व्यापार व्यवसायमा लागेका उनलाई यता पनि केही व्यापार व्यवसाय गर्ने सोच पलायो ।

२००९ मा आफनै टयाक्सीको कम्पनी खोले । आठ वटा ट्याक्सी राखेर उनले ट्रान्सपोटेसन को काम गर्न थाले । अहिले सम्म पनि उनको यही व्यवसाय छ । तर २०१२ देखि उनी पुर्ण रुपमा भारत्तोलन खेलमा लागेकाले त्यता समय दिएका छैनन । मास्टर्स पढ्दै गरेका छोरा रुपेशले व्यवसाय पनि धानेका छन ।
भारत्तोलन (फुल पावरलिफटिङ) खेलमा उनको छलाङ
अमेरिका आएर उनको भारत्तोलन खेलको करिअर चम्किए पनि उनी नेपालमा हु“दा देखि र्नै यो खेलमा लागेका थिए । युवा अवस्था देखि नै उनलाई यो खेल मन पथ्र्यो । घरमा मकै गहु तथा कोदो पिध्ने जादोलाई उनले भारत्तोलन बनाएर उचाल्थे ।
उनी संगै खेलका लागी फलाम ल्याउन पैसा थिएन । पैसा भए पनि त्यो बेला महंगो पथ्र्यो । यस्तै केही गहुगो बस्तु उचालेर उनले खेलको आनन्द लिन्थे । घरमा यस्तो ओजनदार बस्तु उचालेको देख्दा सबै चकीत हुन्थे । आमाले चोट लाग्ला भनेर नचाल्न भनिरहन्थिन । तर उनको भित्रै देखिको इच्छा थिइ थियो ।
‘त्यतिबेला नेपालमा इकुमेन्ट केही थिएन’ बिगतको स्मरण गदै उनले भने– ‘सामान ल्याउन पनि महंगो पर्थेयाे । जे भेट्यो त्यहीलाई आधार बनाएर उचाल्थे ।’
भरत्तोलनको यो धङधङी उनको अमेरिका आएपछि साकार भयो । सन् २००९ देखि नै खेलका लागी उनले कसरत शुरु गरे । शरीर बनाउन थाले । प्रशिक्षण पनि सुरु गरे । दिनरात खेलका लागी मिहनेत गरे । पहिलो पटक उनी बेस्ट भर्जिनियामा क्यानडा र अमेरिकाका खेलाडी सहभागी भएको २ सय २० पाउन्ड समुहको खेलमा उनी दोस्रो भए । जिन्दगीको यो पहिलो प्रतियोगितात्मक खेल थियो उनको । यस पछि भने उनलाई यो खेलमा कहिल्यै दोस्रो हुुनु परेन । अमेरिकामा भएका झण्डै दर्जन खेलमा उनले स्वर्ण पदक हात पादै च्याम्पियन बने । अमेरकामा मात्र हैन अहिले विश्वमै उनी भारत्तोलन (फुल पावरलिफटिङ) खेलमा २ सय २० पाउन्ड समुका च्याम्पियन हुन ।

उनले जोर्जियामा २०१७ मा भएको खेलमा माष्टर वान मा सुरक्षीत हुदै स्वर्ण जितेका थिए । माष्टर वानमा खेल जितेका उनी पुनः अमेरिकामा भएको त्यही लेबलको खेलमा उनी सहभागी भएनन् । उनी माष्टर– टु लेबलको अन्तराष्ट्रिय च्याम्पियनमा तयारीमा थिए । अमेरिकामा प्रि क्वालीफाइड भएपछि नै उनी माष्टर–२ का लागी आयरल्यान्ड गए र अन्तराष्ट्रिय च्याम्पियन बन्दै स्वर्ण पदक हात पारे । आयरल्याण्डमा उनले जितेको खेल माष्टर–२ आइपियलको अन्तराष्ट्रिय च्याम्पियनको रेकर्ड हो ।
उनले धेरै देशका प्रतिस्पर्धीलाई पाखा लगाउदै आफनो तौल समुहमा जीत हासिल गरेका हुन । अन्तराष्ट्रिय विदेशी खेलाडी संग प्रतिस्पर्धा गरेर च्याम्पियन बन्नु त्यति सजिलो त हैन उनले भने– ‘तर पनि कोशिस गरे नसकिने केही रहेनछ ।’
त्यसो त खेलमा धेरैले औषधी सेवन गरेको पाइन्छ । तर उनले विना औषधी प्रयोग नगरी (ड्रग टेस्टेड) विना नै अन्तराष्ट्रिय खेल खेलेर स्वर्ण पदक जित्नु चानचुने कुरा थिएन । उनले यो सिद्ध गरेर देखाइदिएका छन् । कृत्तिम रुपमा शारीरिक बल अभिवृद्धि गर्न प्राय खेलाडीले औषधी सेवन गरेको पाइन्छ । तर उनी विना औषधी प्रयोग गरी विश्वच्याम्पियन बनेका खेलाडी हुन ।
यो खेलमा लाग्दा उनले आफनो शरीर नै दाउमा राखेका छन् । धेरै पटक तालमेल नमिलेर उनको शरीरको केही अंग च्यातियो । मसल फुट्यो । शरीरलाई सन्तुलन राख्न सकिएन भने टुटन सक्छ । खाना र व्यायम यसका लागी महत्वपुर्ण छ उनले भने । उनको शरीर हठाकठा छ । मेन्टन गरिराखेका छन् ।

अघिल्लो वर्ष उनको खेलका क्रममा हातको मसल च्यातियो । हात पुरै कालो भएर आयो । डाक्टरले उनलाई अब खेल बन्द गर्न भने । तर पनि उनको लत यही खेलमा लागीसकेको थियो । उनी कहा“ छोडन सक्थे र । फेरी शरीर मेन्टन गरेर च्यातिएको मसल जस्ताको त्यस्तै बनाए । धेरै पटक उनको खेलका क्रममा मसल च्यातिएको छ । धेरै दुख र पीडा उनले सहेका छन् । यो खेलमा लागेर न उनले कमाएका नै छन् । बरु आफनै खर्च बढी भएको छ । भारत्तोलन खेलको संस्थाले खेल खेल्न जान आतेजाते भाडा र खानाको व्यवस्था गर्छ तर उनले यो सुविधा पनि लिएका छैनन । आफनै खल्तीको पैसा हालेर उनी आयारल्यान्डमा खेल्न गए । पकेटको पैसा हालेर अहिलेसम्म उनी खेल खेलिरहेका छन् । म मेरो नभई नेपालको लागी खेलीरहेको छु’ उनले भने– ‘खेलको माध्यमबाट नेपाललाई चिनाउन पाएकोमा आफैलाई गर्व लागेको छ ।’उनले नेपाली जनता आफनो परिवार र नेपाल आफनो घर भएको बताए । खेलका लागी उनी दैनिक ३ देखि ५ घन्टा नियमित व्यायम गर्छन् ।

तौल बढ्यो भने बिहानै खाली पेटमा वर्क आउट गर्छन् । अरु बेला उनी प्राय दिउसो नै व्यायम गर्छन । समयमा खाना र समयमा सुतिएन भने शरीरलाई हानी पर्छ । यही भएर उनी साझा सात बजे सुतिसक्छन् । खेलको धपडीले समयमा निन्द्रा पनि लाग्दैन उनलाई । शरीलाई घोटेर तथा दुखाई सहेर उनले खेललाई यसरी नै निरन्तरता दिइरहेका छन् । अघिल्लो वर्ष उनी नेपाल गएर भारत्तोलन खेलको सेमिनार चथा तालिम पनि दिए । प्रधामन्त्री केपी खोलीले भेटमा नेपालमा यो खेललाई व्यवसायिक बनाउन उनलाई पनि सहयोग गर्न आग्रह गरेछन् २०१७ मा जोर्जीयामा भएको अन्तराष्ट्रिय खेलामा समाजसेवी थ राजा घलेले गरेको आत्मिय सहयोग तथा आयरल्याण्डमा राज थापाले गरेको सहयोग भुल्न सक्दैन ।

पछिल्लो समय नेपालमा पनि यो खेल फस्टाउदै गएकोमा उनी खुशी छन् । शरीर फुटाएर च्यातेर भए पनि उनले भारत्तोलनमा नेपालकै लागी विश्वमा एउटा इतिहास कोरेका छन् । पैसा पनि कमाउनतिर लागेको भए कमाउथे होला उनले भने– ‘शरीर थिलो थिलो बनाएर पनि खेलमा लागेर नेपालको एउटा पहिचान बनाउन सके जस्तो लाग्छ ।’
यो उनलाई यो खेलामा यो अवस्थामा ल्याउनमा उनको जीवनसंगीनी शोभा सुवेदी कार्कीको पनि ठुलो हात छ । उनकै हौसला र साथले उनी उनले यो उचाई चुमेका हुन । अन्तराष्ट्रिय पहिचान बनाएका कार्की अब यो खेलमै आफुलाई समाहित गराउन चाहँछन् । अबको मेरो लक्ष्य अरु केही छैन उनले कुराकानीको बिट मादै भने– बाकी जीवन नेपालमा गएर बिताउने र आफनो सिप अरुलाई सिकाउने मेरो उद्देश्य छ ।