ड्यालसमा बढ्दै योगा गर्नेहरु

शिव शर्मा/टेक्सस
मनमा अशान्ति, विकार तथा नकारामत्क भाव उत्पन्न हुदा मान्छेमा डिप्रेसन बढ्दो छ । डिप्रेसनले आत्महत्या सम्म पु¥याएका उदाहरण धेरै छन् । यसैले मनलाई स्फुर्ति राख्न तथा अस्थिर मनलाई स्थिर बनाउन योगले औषधीको काम गर्न सक्छ ।
विश्वव्यापी रुपमा लोकप्रिय बन्दै योगाभ्यास यतिबेला टेक्ससको ड्यालस सहरमा नेपाली समुदाय माझ पनि लोकप्रिय बनिरहेको छ । मनलाई शान्ति र स्थिर राख्न योग प्रशिक्षक माला महतले यतिबेला टेक्ससको ड्यालस वरपर नेपाली तथा भारतीय समुदायलाई योग प्रशिक्षण दिइरहेकी छिन् । दुई वर्ष देखि उनले ड्यालसको नेपाली मन्दिर परिसर तथा भ्याली रेन्ज क्षेत्रमा योग पारखीहरुलाई योग सिकाउदै आएकी छिन् ।
योग गरेर शरीरलाई स्फुर्ति राख्न र आध्यात्मिक ज्ञान हासिल गर्न योग गर्नेहरुको पनि आकर्षण बढीरहेको छ ।
टेक्ससको अर्विङ बस्दै आएका शंकर चुडालले पनि केही महिना देखि नियमित रुपमा योग गदै आएका छन् । योग गर्न थालेपछि उनको शरीर हलुङ्गो भएर आएको छ ।
शरीरमा ताजगी बढेको छ । हामी सामाजिक सञ्जाल टिभी देखि अन्यतिर हामी अल्झिरहेका छौ उनले भने–‘थोरै समय निकालेर योगा गर्न लागियो भने हामीमा बेग्लै परिवर्तन आउछ ।’ उनले नियमित योगाले शरीरलाई अक्सिजन प्रदान गदै निस्कृय तन्तुहरुलाई समेत सक्रिय बनाउनमा महत्वपुर्ण भुमिका खेल्छ ।
उनि मात्र हैनन ड्यालसमा योगा सिक्दै गरेकाहरुले उनको जस्तै अनुभव योग गर्न थालेपछि गरेका छन् । नियमित योगा गर्न थालेपछि शरीर फुर्तिलो संगै मनमा आउने नकारात्मक कुराहरु पनि हटदै गएको अनुभव नियमित योगा गर्नेहरुको छ ।
परम्परागत बाजा का महिर युवा युसुफमान श्रेष्ठ पनि योगा र ध्यान नियमित गदै आएका छन् । उनी फुर्सदको समय प्राय योगा र ध्यानमा तल्लिन हुन्छन् । योगा र ध्यानले सकारात्मक सोच संगै रोग र मनका विकार पनि हटाउने उनको अनुभव छ । मन विचार र बुद्धिलाई सन्तुलन राख्दै आध्यात्मिक ज्ञान योगाले प्रदान गर्छ’ उनले भने–यही भएर शरीरलाई स्थिर राख्न योगा अतिआवश्यक भइसकेको छ ।
टेक्ससको ड्यालस क्षेत्रमा व्यक्तिगत रुपमा घरमा यसरी योगा गर्ने देखि सामुहिक रुपमा भेला भएर योगा गर्नेहरु बढीरहेको छन् ।
विदेशीको व्यस्त जीवन शैलीले मान्छेमा तनाव देखि अन्य विभिन्न नकारात्मक विचारहरु उत्पन्न हुने गरेको छ’ योग प्रशिक्षक माला महतले भनिन– यही भएर पनि मनका विकार देखि हरेक खालका नकारात्मक सोचलाई निरुत्साहित गर्न योगा गर्नेहरु बढीरहेका छन् ।
उनले ड्यालसको नेपाल समाज टेक्ससको सभाहलमा योगा गर्न इच्छुकहरुलाई हरेक आइतबार बिहान ९ देखि ११ बजे सम्म दुई घण्टा योगाभ्यास गराउदै आएकी छिन् । दर्जन भन्दा बढीले उनी संग योगा सिकीरहेका छन् । विभिन्न आशनमा उनले सहभागीहरुलाई योगा सिकाउदै आएकी छिन् । त्यस्तै उनले भारतीय मुलका अमेरिकनहरुलाई पनि योगा सिकाउदै आएकी छिन् । उनी संग योगा सिक्ने भारतीयहरुको संख्या पनि त्यतिकै छ ।
मालाको योगा बाल्यकाल देखि नै गर्न थालेकी हुन । उनले नेपालमा जीवन विज्ञान विशेषज्ञ एलपी भानु शर्मा र रमेश .नेपाल गुरुहरुबाट प्रशिक्षण लिएकी हुन । ड्यालसमा अहिले योगा र ध्यान गरेर जीवनलाई स्वस्थ र आध्यात्मिक बनाउनुपर्छ भन्ने अभियानमा लागेकी छिन् । उनले योगा संस्कृतिलाई बढवा दिने आफनो कमाईको १० प्रतिशत सत्संगका लागी छुटाएर नेपालमा आर्थिक सहयोग समेत गदै आएकी छिन् ।
उनका अनुसार नेपालमा योगा र ध्यान व्यापक रुपमा सुरु भएको सात वर्ष पुगेको छ । अहिले नेपालमा यसका झण्डै आठ सय प्रशिक्षक समेत भइसकेको उनी बताउछिन् । उनको भविष्यको लक्ष्य नेपाली मात्र नभई अमेरिकनहरुलाई समेत योग सिकाउने रहेको छ । धेरैले अहिले इच्छा पनि जाहेर गरेका छन् ’ उनले भनिन–‘मन र आत्मलाई मात्रलाई हैन हाम्रा विभिन्न रोगहरु नियन्त्रण गर्न पनि सहयोग पु¥याउछ ।’
त्यसो छ मेडिकल साइन्सले पनि योग गर्नु पर्छ भनेर प्रमाणित गरेको छ । कतिपय रोगहरु योगाकै कारण निराकरण पनि भएका छन् ।
के हो त योग
धार्मिक विस्वास अनुसार भगवान शिवले अनुसरण गरेको पद्धति हो योग । सामान्य अर्थमा योगको अर्थ सम्बन्ध हो । महर्षि पतञ्जलीका अनुसार चित्तको बुत्तिलाई वास्तविक रुपमा निरोध गर्नु नै योग हो ।
योगले अज्ञानताबाट ज्ञानतर्फ, जडबाट चेतनातर्फ, निर्बलताबाट सबलता, जीवनबाट ब्रम्ह तथा सिमितबाट असीमिततर्फको आत्ध्यात्मिक यात्रा हो योग । केही ऋषिमुनीहरुले योगलाई संयोग अर्थात मिलन पनि भनेका छन् । खासमा भन्दा आफनो इच्छाशक्तिलाई परआत्माको इच्छाशक्तिमा संयोग गर्नु नै योग हो । तीन प्रकारको योगलाई मानिसको जीवनमा उतारिएको छ – कर्मयोग, ज्ञानयोग र भक्तियोग ।
योगले मानिसको शारीरक, मानसिक स्वास्थ्य देखि ज्ञान, त्याग, जस्ता अनेका आयाम संग सम्बन्धीत गर्न सकेको छ ।
चित्त र बुत्तिलाई सही बाटोमा डोराउनु नै योग हो । यसैले योग र ध्यान एक अर्कोमा परिपुरक हुन ।
भारतका प्रधानमन्त्री नरेन्द मोदीले योग दिवस मनाउन प्रस्ताव गरेर संयुक्त राष्ट्र संघले स्वीकार गरेपछि जुन २१ लाई विश्व योग दिवसको रुपमा मनाउदै आइएको छ ।