शिव शर्मा/टेक्सस

सुर र तालमा शास्त्रीय नृत्यमा बलिउडका हिरोइनहरु नाचेको देख्दा, सानी शार्दुला जोशीलाई त्यतिबेला देखि नै नृत्यमा रुची जागेको हो । त्यसो त उनको बुबा साउथ इन्डियामा पिएचडीका अध्ययन गरिहरको थिए । शार्दुला जम्मा साढे दुई वर्षकी थिइन । उनले त्यतिबेला सानो उमेरमै साउथ इन्डियामा स्टेश शो देखाएर सबैलाई चकित पारिन । साढे दुई वर्षकी उनको प्रस्तुतिलाई धेरैले रुचाएछन् ।
शास्त्रीय (क्लासिकल) नृत्यको ‘हब’ नै साउथ इन्डिया हो । त्यहीबाट उनको शास्त्रीय नृत्यको जग बस्यो । हो त टेक्ससको फ्रिस्कोमा बस्दै आएकी शार्दुला जोशीको शास्त्रीय नृत्य यतिबेला अमेरिकाका नेपाली समुदायमा माझ लोकप्रिय छ । विशेष गरी कथक नृत्यमा उनको अब्बलता छ ।


हालै मात्र उनले टेक्ससमा आयोजीत नेपाली डाक्टरहरुले आयोजना गरेको गाला नाइटमा पनि कथक नृत्य देखाएर सबैको ध्यान केन्द्रित गरिन । नृत्य प्रति उनको यति लगाव छ कि उनी झण्डै एक घन्टा ड्राइभ गरेर फ्रिस्को देखि ग्रेपभाइन आइपुगिन । आफुले भ्याए सम्म निम्तो आएसम्म शास्त्रीय नृत्य देखाउन उनी जति टाढा पनि पुग्छिन् ।
टेक्ससमा मात्र हैन उनले अमेरिकाका विभिन्न राज्यमा पुगेर आफनो कला पस्किसकेकी छिन् । उनी कथक, मञ्जुश्री, भरत नाट्यम लगायत विभिन्न देवीहरुको रुप धारण गरेर शास्त्रीय नृत्य देखाउन माहिर छिन् ।
अमेरिका जस्तो व्यस्त दैनिकमा घर परिवार र कामको तारतम्य मिलाएर उनी नृत्यका लागी जता पनि पुगेकी हुन्छिन् । यसका लागी मुख्य कुरा इच्छाशक्ति नै हो । मनदेखि इच्छा भयो भने आफुले रुचाएको कुरा गर्न सकिन्छ भन्ने मान्यता उनको छ ।
उनी शास्त्रीय नृत्य संगै जुम्बा डान्सकी प्रशिक्षक समेत हुन । यसका लागी उनले अमेरिकाबाट लाइसेन्स समेत पाएकी छिन् । उनले झण्डै तीन वर्ष अमेरिकन महिलाहरुलाई जुम्बा डान्स समेत सिकाइन । लेडी अफ अमेरिकन क्यारोलटनमा उनले जुम्बा डान्स सिकाएकी हुन ।


उनले नेपाली समुदायले गर्ने विभिन्न कार्यक्रमहरुमा शास्त्रीय देखि जुम्बा नृत्य पस्कदै आएकी छिन् । उनी केही समय नेपाली समाज टेक्ससमा पनि नृत्य प्रशिक्षक भएर काम गरिन । त्यस्तै अन्य विभिन्न च्यारिटीहरुमा उनले नृत्य पस्कीदै आएकी छिन् । अहिले सम्म उनले जति पनि कार्यक्रमहरु देखाएकी छिन् त्यो सबै निशुल्क हो । शुल्क लिएर नृत्य गरेकी छैनन । ‘च्यारटीका लागी नै नृत्य देखाउदै आएकी छु’ उनले भनिन–‘यसैमा आफुलाई आत्मसन्तुष्टि पनि छ ।’
उनले जुम्बा डान्स सेन्टर खोल्ने इच्छा भएर पनि समय अभावले त्यो पुरा हुन नसकेको बताइन । उनको नृत्यको मुख्य पाटो नै शास्त्रीय हो । खासी गरी कथकलाई फ्युजन गरँएर उनले नत्य गदै आएकी छिन् । उनले कतिपय महिलाहरुलाई मञ्जुश्रीको तालिम समेत दिएकी छिन् । ‘जन्मेदेखि नै मेरो जग क्लासिकल हो उनले भनिन–‘यही भएर अहिले सम्म पनि यही नृत्यलाई निरन्तरता दिन पाएकी छु ।’

 

नेपालमा भन्दा पनि अमेरिका आएपछि उनको शास्त्रीय नृत्यले मुर्त रुप लिने मौका पायो । उनको पालामा नृत्य कल्चरको नेपालमा विकास भइसकेको थिएन । घर परिवारले पनि त्यतिबेला नृत्य भन्दा पढाईमा जोड दिन उनलाई दबाब दिन्थे । तर पनि जहा“ इच्छा त्यहा उपाय भने झै शार्दुलाले लुकी लुकी भए पनि नृत्य सिक्न छाडिनन । घरमै फिल्मका पोस्टरका फोटोहरु हेदै स्टेपहरु सिेकको अनुभव उनी संग छ ।
घरबाट अनुमति नलिइकन उनी १४ वर्षको उमेरमा नेपाल टेलिभिजनमा गएर नृत्य गरेकी थिइन । उनलाई त्यतिबेला गोपाल योञ्जनको मेरो पाउमा…. बोलको गीतमा नृत्य गरेको सम्झना ताजै छ । त्यसपछि उनले काठमान्डौ भ्याली क्लेज पनि आफनो नृत्य देखाएर धेरैको मन जितेकी थिइन ।


शार्दुला अध्ययनका लागी अमेरिका आएको २८ वर्ष व्यतित भइसकेको छ । टिनएजमा अमेरिका आएकी उनी युनिभर्सटी आफ अल्बामा अध्ययन गरिन । १९९५ मा त्यही अध्ययनका क्रममा पहिलो पटक उनले अन्तराष्ट्रिय महोत्सवमा नेपाली तथा भारतीयहरुको प्रतिनिधित्व गदै नृत्य प्रतियोगितामा भाग लिएकी थिइन । अमेरिका आएपछि को उनको यो नृत्यको पहिलो प्रस्तुति थियो । तीन पटक समेत भाग लिएकी उनले पहिलो दोस्रो र तेस्रो स्थान जितिन पनि । यसपछि झनै उनमो नृत्य प्रतिको लगाव बढेर गयो । त्यतिबेला कलेजमा नेपाली पनि कम थिएन । उक्त कलेजमा उनी सहित तीन जना रहेको उनको स्मरण छ ।
त्यसपछि उनी १९९९ मा अल्बामा छाडेर टेक्सस राज्य आइपुगिन । उनी युटि साउथ वेस्र्टन मेडिकल सेन्टर फ्रिस्कोमा २० वर्ष देखि प्राविधिकको रुपमा का मगदै आएकी छिन् । समय मिलाउन त धेरै मुस्किल छ उनी भन्दै थिइन ‘तर नृत्यको नसा लागेपछि जसो तसो मिलाएर हिडीरहेकी छु ।’ तर पनि आफनो नृत्य कला देखाएर नेपाली समुदायलाई सहयोग गर्न पाएकोमा उनी सन्तुष्ट छिन् । उनी नृत्य संगै विभिन्न कार्यक्रमहरुमा निर्णायकको भुमिका समेत निर्वाह गदै आएकी छिन् । उनले हालै फिलिपिन्स एशोसिएसनको कार्यक्रममा पनि निर्णायकको भुमिका निर्वाह गरेकी थिइन ।

बाल्यकालमा शार्दुला

कुनै बेला ब्युटी कन्टेष्टमा समेत उनले भाग लिएकी थिइन । तर उनको रुची भने शास्त्रीय नृत्य नै हो । पछिल्लो समय उनले छानेर केही राम्रा कार्यक्रमका लागी आफनो शास्त्रीय कला देखाउदै आएकी छिन् । नेपालमा भुकम्प जाला जुम्बा एभरेष्ट नामक कार्यक्रम संचालन गरेर उनले झण्डै चार लाख रुपैया संकलन गरेर नेपाल पठाएकी थिइन ।
शास्त्रीय नृत्यमा अझै नया केही गर्ने सोच छ कुराकानीको बिट मादै उनले भनिन–‘आफुले जानेको कला अरुलाई सिकाउने र जुम्बा सेन्टर पनि खोल्ने भविष्यको लक्ष्य छ ।’

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected