अमेरिकामा बसेर नेपाली मौलिक बाजालाई विश्वमा चिनाउदै
शिव शर्मा/टेक्सस
युवाहरुले विस्तारै आफनौ मौलिकता भुल्दै गएको बेला देश बाहिर रहेर पनि एक युवाले भने नेपाली बाजाको संरक्षण गदै आएका छन् । नेपाली परम्परागत बाजालाई संरक्षण गदै आफुले जानको सिप अरुलाई सिकाउन पनि उनी तल्लिन रहेका छन् । उनी हुन २७ वर्षीइ युसुफमान श्रेष्ठ । अमेरिकाको टेक्सस स्थित युलेसमा बस्दै आएक यी तन्नेरी नेपालको मौलिक बाजालाई जगेर्ना गर्न लागी परेका छन् ।
अहिले राग ध्वनी च्यानलनै खोलेर नेपाली बाजाहरुको संरक्षणमा जुटेका छन् । नेपालमा समेत लोप हुदे गएको बाजालाई जगेर्ना गर्न उनले नया पुस्तालाई तालिम संचालन गरेका छन् । उनी १३ भन्दा बढी मौलिक बाजा बजाउन पोख्त छन् । युटयुब मार्फत राग ध्वनी लाई विश्वभर फैलाइरहेका छन् । अहिले राग ध्वनी च्यानल मार्फत नेपाली मौलिक बाजालाई विश्वभर चिनाउन उनी लागीपरेका छन् ।
काम बाहेक आफनो बचे खुचेको समय उनले कला संस्कृतिको संरक्षणमै खर्चेका छन उनले । अमेरिकाको टेक्ससमा बसोबास गदै आएका श्रेष्ठ लोपोन्मुख बाजा आफुले बजाउने मात्र हैन अरुलाई पनि सिकाउन तल्लिन देखिन्छन् । हार्मोनियम, तबला, मादल, मृदगा, धिमे, बासुरी, पछेमा,न्ँँयखिं, ता, झयालिन, तिन्छु, र भुसिया लगायतका शास्त्रीय संगीतका बाजाहरुमा उनी पोख्त छन् । यी लोक कला र संस्कृतिका लोप हुन लागेका बाजाहरु बजाउदै हिड्छन् ।
लोप हुन लागेका परम्परागत बाजा बजाउने र अरुलाई पनि सिकाउने अभियानमा उनको अग्रसरता विदेशमा भए पनि बढ्दोछ । परम्परागत बाजामा माहिर श्रेष्ठ बाजा बजाउनका लागी अमेरिकाका विभिन्न राज्यहरुमा पुगीसकेका छन् । त्यसै गरी क्यानाडाको टोरोन्टोमा पुगेर पनि आफनो कला देखाइसकेका छन् । भर्खर मात्रै उनले बेलायत पुगेर आफनो मौलिक बाजाको कला देखाएर फर्किए । उनको कलाको यतिबेला अमेरिकामा मात्र हैन अमेरिका बाहिर पनि नेपाली समुदाय माझ माग बढीरहेको छ ।
खास गरी उनी नेवारी संस्कृतिको बाजामा अझै पोख्त मानिन्छन् । नेवारी समुदायको जात्रा, गुठी तथा पुजा लगायत परम्परामा सानैदेखि पोख्त उनी अमेरिकामा पनि आफना समुदायका हरेक व्यक्ति संग आफनो प्रमुख भाषाको रुपमा नेवारीलाई नै प्रयोग गदै आएका छन् । केही अगाडी टेक्ससमा भएको इन्द्रजात्रामा समेत उनले धिमे लगायतका बाजा बजाएर सबैलाई चकीत पारेका थिए । अमेरिकामा हुने, इनद्रजात्रा, गाइजात्रा, लठ्ठी नाच तथा वामन नाचमा आफनो कला देखाउदै आएका छन् । १५ वर्ष भन्दा बढी शास्त्रीय संगीतमा आफनो अनुभव बटुलीसकेका उनी अमेरिकामा ‘इन हाउस’ तथा युनाईटेड नेवाः ब्यान्ड स्थापना गरी मौलिकबाजालाई बचाइरहेका छन् । अमेरिका आएका नया पिढीलाई पनि मौलिक बाजातर्फ आकर्षित गदै छन् । ‘जहा“ रहेपनि आफनो मौलिक संगीतलाई बिर्सनु हुदैन’ फुर्तिलो पारामा उनले भने– ‘यही भएर लोप हुदै गएका बाजाहरुलाई विदेशमा भए पनि बजाउदै संरक्षणमा जुटीरहेको छु ।’
सानै उमेरदेखि आफनो भाषा र संस्कृतिको संरक्षणमा लागेका श्रेष्ठ काठमान्डौ उपत्यकाको प्राचीन नेवार बस्ती सा“खुमा जन्मेका हुन । सा“खुकै संस्कृतिकर्मि बाबु प्रकाशमान साख्वको प्रेरणाले पनि उनलाई शास्त्रीय संगीतको संरक्षणमा लाग्न उर्जा थपेको हो । सानै उमेरमा उनले सा“खुमै कुमारीको रथ बनाई स्थानियलाई भेला गराई सा“खु कुमारी जात्राको थालनी पनि गरेका थिए ।
त्यस्तै सा“खुमा रहदा उनले सा“खु भिन्तुना पुच स्थापना गरी झन्डै २ सय जना युवायुवतिहरुलाई खिः बा“सुरी तथा विभिन्न बाजाहरु सिकाएका थिए । नेपालमै हुदा देखि नै शास्त्रीय संगीत तथा संस्कृतिमा लागेका उनी अमेरिका आएपछि पनि त्यसलाई निरन्तरता दिइरहेका छन् । पा“च वर्षदेखि अमेरिका बस्दै आएका युसुफलाई जात्रा, सांस्कृतिक उत्सवहरुमा बाजा बजाउदै हिडेको देख्न पाईन्छ । उनको कलाको नेपाली समुदाय बीच तारिफ हुने गरेको छ । ‘जहा“ रहे पनि आफनो भाषा संस्कृति र कलालाई संरक्षण गर्न लागीरहनेछु फुर्तिलो पारामा तन्नेरी श्रेष्ठले भने– ‘हामी युवाले नै यस्ता लोप हुन लागेका बाजाहरुलाई संरक्षण गरिएन भने हराएर जानेछ ।’