शिव शर्मा/टेक्सस

कुनै औपचारिक कार्यक्रम भयो भने घण्टौ सम्म माइक समाएर बोल्ने हामी कहा ठुलै रोग छ ।
मञ्चमा लामो समय माइक समाएर बोल्नेहरुको हर्कतले दर्शक दिर्घामा बस्नेहरु दिक्क हुने गरेका छन्

यस्तो रोग जता पनि छ । तर यहा कुरा टेक्ससको डयालस जहाँ नेपालीहरुको बाक्लो बसोबास रहेको छ । नेपालीको बसोबास संगै यहा सभा सेमिनार, अन्तरक्रिया, साहित्यिक कार्यक्रम देखि अन्य थुप्रै गतिविधि हुदै आएका छन ।
डयालसमा ‘विकेन्ड ‘को बेला यस्ता बग्रैल्ती  कार्यक्रम हुन्छन् । छोटो समयमा सक्ने कार्यक्रम केही बाेल्ने  वक्ताकै कारण लम्बेतान हुदै आएको छ । जसले गर्दा कार्यक्रममा दर्शकको रुपमा उपस्थित हुनेहरुलाई अनावश्यक भाषणले कार्यक्रम पट्यारलाग्दो हुने गरेको छ । अधिकांशलाई कार्यक्रममा वक्ताको रुपमा बोल्न दिने आयोजककै कारण पनि औपचारिक कार्यक्रम पट्यारलाग्दा हुने गरेको छ र बोल्ने वक्ताहरुले समेत समयको ख्याल गदैनन् । माइक समाउन पाएपछि भुमिका बाँधेर मन्तव्य लम्ब्याउछन् ।  कार्यक्रम संचालक नै वक्ता भन्दा धेरै बाेल्नेहरु पनि छन् ।
तर नेपाली समाज टेक्ससका अध्यक्ष सुमन थापा भने लामो भाषण र मन्तव्यका ठिक विपरीत छन् । टेक्ससका नेपालीहरुको छाता संगठनका अध्यक्ष थापा भने एक/दुई मिनेट भन्दा बढी कार्यक्रममा बोल्दैनन । हरेक कार्यक्रममा उनलाई बोल्न दिन आयोजक पनि हिच्किचाउदैनन । किन की सुमन छोटो बोल्छन् भन्ने जानकारी टेक्ससमा बस्नेहरुलाई जानकारी छ ।
‘विषय के हो त्यसमा जानुपर्छ, अनावश्यक रुपमा लामो बनाएर समय बर्बाद बनाएर काम छैन’ अध्यक्ष थापाले भने–‘विदेशको व्यस्त जीवनशैलीमा लामो समय भाषण सुनेर बस्ने फुर्सद कसैलाई छैन, विषयमा प्रवेश गरेर छोटो बोल्दा राम्रो हुन्छ जस्तो लाग्छ ।’
उनले आफु प्राय कार्यक्रममा बोल्न उति उत्सुक पनि हुदैनन र बोले पनि एक दुई मिनेटमा आफनो भनाइ सक्छन् ।
टेक्ससको हालै नेपाली मन्दिरमा आयोजीत एक कार्यक्रममा बोल्ने वक्ताहरुको लामो भाषणले कार्यक्तम घन्टौ लम्बियो । कार्यक्रममा आएका अतिथीहरु दर्शक दिर्घामा बसेकाहरु लामो भाषणले धमाधम बीचमा उठेर हिडन थाले । तर पनि कार्यक्रम छोटाउने तर्फ आयोजकले ध्यान दिएन । कार्यक्रममा बोल्न नपर्ने वक्तालाई पनि बोल्न लगाईयो । बोल्नेहरु एक दुई मिनेटमा सक्ने मन्तव्यलाई भुमिका बा“ध्दै लम्ब्याए ।
फोटपर्थमा बसोबास गर्ने व्यवसायी बलराम पौडेल प्राय टेक्ससमा हुने औपचारिक कार्यक्रममा सहभागी हुन्छन् । हालै एक कार्यक्रममा सहभागी भएका उनले लामो पट्यारालाग्दो भाषण सुन्दा सुन्दा दिक्क भए । भााषण होस त सुमन को जस्तो’ उनले फ्याटै भने– ‘लामो भाषण सुन्ने यो व्यस्त मुलुकमा कसलाई पो फुर्सद हुन्छ ।’
उनले एक मिनेटमा सकिने भनाईलाई लम्ब्याएर घण्टौ पु¥याउनेहरुका कारण औपचारिक कार्यक्रमहरु पट्यारलाग्दा भएका छन् ।
उनले भने जस्तै टेक्ससको ड्यालस क्षेत्रमा सघ संस्थाको बाढी संगै विभिन्न कार्यक्रमहरु हुदै आएका छन् । प्राय विदाको समयमा हुने कार्यक्रमले सहभागी हुदा हुदै संघ संस्थाका प्रतिनिधीहरुलाई हैरानी हुन्छ । कार्यक्रम आयोजना संगै भाषण र आसनले झनै कार्यक्रम लामो हुदा धेरैको समय खेर जान्छ । ‘संघ संस्थाहरुले समयको महत्व बुझेर कार्यक्रम छोटो र मिठो बनाउनुपर्छ’ गैरआवासिय नेपाली संघ एनआरएनए अमेरिकाज क्षेत्रका उपसंयोजक राम सि पोखरेलले भने–आसन र भाषणलाई यस्ता कार्यक्रमहरुमा कम गदै लानुपर्छ ।
उनले काम भन्दा बढी भाषाण गर्ने परिपाटिको अन्त्य हुनु पर्ने बताउदै औपचारिक कार्यक्रमहरुमा मन्तव्यहरु लामो हुदा उपस्थित हुनेहरुलाई पनि झर्को लाग्ने गरेको बताए ।
उनले भने जस्तै ड्यालस क्षेत्रमा अधिकांश कार्यक्रमहरु पछिल्ला क्रममा लामा र पट्यारलाग्दा हुने गरेका छन् । नेता आउदा समेत त्यस्ता कार्यक्रममा भाषण गर्न उद्धत हुनेहरु पनि छन् । नेता भन्दा बढी बोलेर कार्यक्रमहरुलाई घन्टौ सम्म बढाईदिन्छन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected