संयोगले जुराएको कृष्ण र मालाको जोडी

शिव शर्मा
टेक्सस–एक अर्कोको समझदारी भएमा दाम्पत्तय जीवन सफल हुन्छ भन्ने मान्यता राख्ने टेक्ससका नेपाली समाजसेवी कृष्ण लामिछानेले माला महत संग प्रेमपछि विवाह गरेका हुन ।
गोरखाको तत्कालिन नाम्जुङ गाउँका कृष्णले दोलखा चरिकोटकी माला महतसंग २०५५ मा विवाह गरेका हुन ।
दोलखा पुखौली भए पनि माला पछि काठमान्डौकी रैथाने बनिन । जतिबेला कृष्ण लामिछानेको ठमेलमा पर्यटन व्यवसाय थियो । लामिछानेकाे बसाई डेरा थियो । नेपाल भिजन ट्रेकिङ हुदै माउन्ट मनास्लु टेक्रिङ एजेन्सी चलाउथे । त्यतिबेलाको उनको उक्त एजेन्सी ठुलो थियो । कमाई पनि मनग्गे थियो । लामिछानेकै साथी डा रामशरण महतका भाई दिपक महतको पनि त्यही टेक्रिङ एजेन्सी थियो । दिपक महत मालाका दाई नाता पर्ने भएकाले उनी महतको ट्रेकिङ अफिसमा गइरहन्थिन । त्यतिबेला गोरी र राम्री युवति देखेपछि कृष्ण लामिछानेको नजर बस्यो । त्यहीबाट उनिहरुको चिनजान र मायाप्रृेम हुदै विहे भएको हो । ट्रेकिङ अफिस नै उनिहरुको भेट र विवाहको संयोग बन्यो ।
लामिछानेले मालालाई त्यसपछि पछाए । माला पनि पछि सोझो र साधारण स्वभावको युवक देखेपछि आकर्षित भइन । दुबैको मन मिल्दै गयो । उनलाई माग्न लामिछाने मालाकै घर पुगे । मालाकी आमा र दिदी उनी जस्तो साधारण गाउले केटा देखेर विवाहका लागी राजी भए । क्षेत्रीकी छोरी महत र ब्राह्मणको छोरा लामिछानेबीच मन मिलेर नै अन्तरजातिय विवाह भयो । देखभेट भएको झण्डै ६ वर्षपछि बल्ल उनिहरुको विहे भयो । बिहे हुदाँ माला पदमकन्या कलेज डिलीबजारमा पढ्दै थिइन । लामिछाने ट्रेक्रिङ व्यवसाय चलाउथे ।
लामिछानेले पहिलो प्रेम पनि मालासंग गरे र विवाहपनि उनैसंग गरे । साँच्चिकै यी जोडी हेर्दा जति सुन्दर छन् मन पनि त्यस्तै सुन्दर छ ।
फेरी मन मिलेपछि उमेर जातभात रुपको के प्रवाह । एक झल्को हेर्दैमा कृष्ण मालाको बोली र सुन्दरताबाट लोभिए । साथै उनको नम्र र वोली व्यवहारले झनै उनलाई छोयो । उता मालालाई पनि कृष्णको साधारण स्वभाव, सामान्य व्यक्तित्वले प्रभाव पा¥यो ।
यसरी बनेको उनिहरुको जोडी अहिले जमेको मात्रै हैन उदाहरणीय पनि छ ।उनिहरुको मायाको चिनो स्वरुप दुई छोरीहरु कृतिमा र इच्छा छन् । ठुली कृतिमा कलेज पढदै छिन् भने सानी इच्छा कक्षा १२ पढ्दै छिन् ।नेपालमा जतिबेला माओवादी द्धन्द्धले मुलुक ग्रस्त थियो । त्यतिबेला नै अवसरको खोजी गदै सन् २००२ मा कृष्ण लामिछाने अमेरिका आइपुगे । जतिबेला अमेरिकाको न्युयोर्कस्थित ट्वीन टावरमा आतंककारी हमला भएको थियो । अमेरिकाले भिसा पनि कडाई गरेको थियो । तर लामिछाने युरोपका सबै मुलुक घुमीसकेकाले उनलाई अमेरिका आउन भिसाको झन्झट भएन । व्यापारिक भ्रमणमा आएका लामिछाने त्यसपछि नेपाल फर्केनन । माओवादी द्धन्द्धले ग्रस्त भएकाले उनले यतै सेटल हुने निर्णय गरे । सुरुमा न्युयोर्क आएका उनी सियाटल हुदै २००५ मा नेपालीहरुको धेरै बसोबास रहेको टेक्सस राज्य आए । उनि सुरुमा एक्लै आएका थिए । उनी आएको दुई वर्षपछि जीवनसंगीनी मालालाई पनि यतै झिकाए । अमेरिका आएको दुई वर्ष उनी गुमनाम भएर बसे । कतै बाहिर देखिएनन ।
टेक्सस आएपछि भने उनी सेटल हुदै गए । बिस्तारै नेपाली समाजमा सक्रिय हुन थाले । अहिले अमेरिकाको नेपाली समाजमा सबैले उनलाई ‘कृष्ण दाई’ भनेर चिन्ने गर्छन् । अमेरिकामा उनको पहिचान बनेको छ ।
उनले अहिले ग्यास स्टोरको व्यवसाय समालेका छन् भने मालाले सौन्दर्य व्यवसाय ब्युटीपार्लरको व्यवसाय चलाउछिन् । माला हिजोआज पार्लर व्यवसाय घटाउदै बढी समय आध्यात्मिक चिन्तनमा लगाइरहेकी छिन् । व्यवसाय देखि हरेक व्यवहारिक कुरामा दुवै सर सल्लाह र सम्झदारी कायम छ ।
२००५ देखि नेपाल डेमोक्रेटिक फोरम, ड्यालसको अध्यक्ष हुदै सामाजिक संघ संस्थामा लामिछानको अग्रसरता बढ्यो । उनको यही संस्थाले त्यतिबेला ड्यालसमा पुर्व प्रधामन्त्रीहरु शेरबहादुर देउवा, झलनाथ खनाल देखि नेताहरु अशोक राई, गगन थापा, विश्वप्रकाश शर्मा देखि मानवअधिकारकर्मि कृष्ण पहाडीलाई डाकेर एउटा फोरम नै चलाए ।
जनसम्पर्क समिति अमेरिका स्थापनामा पनि उनको भुमिका अगाडी छ । उनी सहित केही समुह मिलेर जनसम्पर्क समिति अमेरिका स्थापना गरे । जसको उनी संस्थापक महासचिव पनि हुन । जनसम्पर्क समितिको कागजात सबै अहिले पनि उनीसंगै छ ।
त्यस्तै २००९ मा उनी ड्यालस एभरेष्ट लायन्स क्लबको सभापति भए । सिएनएन हिरो पुष्पा बस्नेतको क्याम्पियन पनि उनको नेतृत्वमा त्यतिबेला चल्यो । त्यो बेला उनले प्रेसिडेन्टल अर्वाड पनि पाए । उनकै कार्याकालमा किताब पनि निस्कियो । त्यतिबेला लायन्स क्बलको अधिक ५२ जना सदस्य थिए । उनको कार्याकालमा नेपालमा ५० हजार डलर सहयोग पनि भयो ।
नेपालीहरुको छाता संगठन नेपाली समाज टेक्ससको यहा“ आएदेखि नै उनी सक्रिय रहे । नेपाली पाठशाला र समर क्याम्प चलाए । नेपाली समाजको २०१३ देखि २०१५ सम्म सदस्य भए । २०१५ देखि २०१७ सम्म अध्यक्ष भएर काम गरे । उनको कार्यालयमा नेपाली समाज टेक्ससको तर्फबाट उल्लेख्य काम भए । नेपालमा १२ वटा स्कुलहरु निर्माण भए ३२ लाख खर्चेर विद्यालय निर्माणमा । व्यक्तिगत रुपमा उनको पहलमा नेपालमा गरीब जेहन्दारलाई छात्रवृत्ति देखि अन्य धेरै सहयोगहरु भएका छन् । अमेरिकामा कोही आपत पर्दा उपचार नपाउदा सहयोग जुटाउन सधै उनी अग्रसर हुन्छन् । अरुलाई पर्दा ज्यान दिएर उनी लाग्ने गर्छन । युलेशमा बन्दै गरेकाे विशाल नेपाली मन्दिरकाे अर्थ संकलन समितिकाे संयाेजक पनि हुन उनी । २००७ देखी नै उनी नेपाली मन्दिरमा संलग्न भएर अार्थिक सहयाेग गर्दै आएका छन् ।
यता माला पनि नेपालमा दुखी गरीब देखि अन्य सामाजिक कामका लागी आफनो व्यक्तिगत तर्फबाट त्यतिकै सहयोग गदै आएकी छिन् । दुखी गरीब तथा अप्ठ्यारोमा परेका नेपालीलाई सहयोग गर्न दुवै जना तत्पर हुन्छन् ।अहिले गोरखामा झण्डै एक करोडको लागतमा बन्दै गरको प्रसुति गृहका लागी पनि लामिछानेले सहयोगको हात बढाइरहेका छन् ।
गैरआवासिय नेपाली संघ एनआरएनएको बोड अफ डाइरेक्टर पनि भए । उनको कार्याकालमा उनको पहलमा २०१७ मा महत्वपुर्ण एउटा काम भयो नेपाली भाषाको पुस्तक प्रकाशन । कक्षा १ देखि ६ सम्मको पाठ्यक्रममा समावेश गर्न प्रकाशन गरिएको पुस्तकलाई एनसिसि र आइसिसीले टेरपुच्छर लाएन ।
केवल कुर्सि र गादा माला लगाउदै हिडने काम भयो उनले भने– ‘यत्रो मिहनेत गरेर निकालेको पुस्तकलाई एनसिसि र आइसिसिको नेतृत्वले वास्ता गरेन ।’ उनले एनआरएनएमा पैसा र कुर्सिको मात्र बोलबाला रहेको आरोप लगाए । उनले नैतिक शिक्षा पनि लागु गर्न पुस्तक प्रकाशनको तयारीमा थिए । यसमा पनि एनसिसिले सहयोग गरेन उनलाई । पछि उनलाई एनआरएनए काम गर्नेहरुका लागी ठाउ“ रहनेछ भन्ने बुझे । पैसा खादा र कुर्सि एनआरएनएको काम रहेछ ।
गोरखाको मध्यमवर्गिय किसान परिवारमा जन्मेका उनी काठमान्डौमा अध्ययन गदै पर्यटन व्यवसायमा राम्रै जमेका थिए देशकाल परिस्थितिले उनलाई परदेशी बनायो ।
नेपाल हुदा देखि नै समाजिक काममा सक्रिय लामिछानेले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा एमए गरेका छन् । नेपाली राजनितिमा आस्था भए उनी २००४ साल ताका सरस्वती क्याम्पसका नेपाली विद्यार्थी सघका लोकप्रिय नेता मानिन्थे । काग्रेसको राजनिति गरे पनि उनले कुनै पद लिएनन । २०४६ को आन्दोलनमा उनी २६ दिन जेल पनि गरे ।
यता जीवनसंगीनी मालाले पनि उनको हरेक काममा साथ र सहयोग गरिरहिन उनलाई । अहिले दुवै जना व्यस्त जीवन अमेरिकामा बिताइरहेका छन् । कृष्ण पछिल्लो क्रममा आफनो व्यवसायमा धेरै समय दिएका छन् भने मालाले व्यवसायमा कम आध्यात्मा क्षेत्रमा बढी दिएकी छ्नि । उनी जीवन विज्ञानको मन्त्रलाई आत्मसाथ गदै योगा प्रशिक्षणमा लागीरहेकी छिन् । त्यो बाहेक सामाजिक सेवा पनि उनको सक्रियता उस्तै छ । जीवन र जीवन जगतलाई बmुभन योगा र ध्यानमा उनी लागीरहेकी छिन् ।
धर्ममा दुवैको आस्था त्यतिकै छ । तर धर्म कमाउन उनी मन्दिर धाउदैनन । धर्म भन्ने कुरा आफै भित्र हुने धारणा उनिहरुको छ ।
मालालाई श्रीमानको सोझो व्यवहार, बाहिर नजर नलगाउने र झुट नबोल्ने बानी मनपर्छ भने धेरै समय बाहिर बिताउने र परिवारलाई समय कम दिने बानी भने मन पदैन । यही भएर लामिछाने हिजोआज व्यवसाय र परिवारलाई नै समय दिइरहेका छन् । श्रीमान श्रीमतिमा सामान्य झगडालाई स्वभाविक मान्ने उनिहरुको अहिले सम्म त्यस्तो सामान्य भनाभन बाहेक कुनै झगडा नभएको बताउछन् । सम्झदारी भयो भने झगडा हुदैन मालाले भनिन– ‘यसका लागी एक जना कडा भए अर्को नरम भइदिए झगडा कहिल्यै हुदैन ।’
खानेकुरामा दुवै जना उस्तो चुजी छैनन । घरमा जे पाक्छ त्यही खान्छन् । घरमा मासु पाक्दैन किनकी उनिहरु दुवै जना शाकाहारी हुन ।
उनिहरु ज्यादै दुखको क्षण चार वर्ष अघि देवर तथा भाई गुमाउनु पर्दाको हो । बेलाबेलामा सम्झदा उनिहरुको भक्कानो छुटेर आउछ । मालाका लागी देवर देवर जस्तो नभएर भाइ थिए । खुशीको क्षण भने छोरी जन्मिदाको हो उनीहरुको । दुवै जनाको अवको एउटै उद्देश्य छ विदेशको बसाई छोटाएर नेपाल फर्किने र समाजीक काममा लाग्ने । यही भएर २० वर्ष भइसक्यो लामिछाने अमेरिका बसेको तर उनले यहा“को नागरिकता लिएका छैनन ।
लामिछानले अहिले अहिले सम्म मालाको नराम्रो बानी भेटेका छैनन । फ्रेण्डली, ज्ञानी र अरुलाई सहयोग गर्नुपर्छ भन्ने भावना भएकी मालाको बानी उनलाई मन पर्छ । यही भएर त उनिहरुको जोडी सबैका लागी उदाहरणीय बनेको छ ।