शिव शर्मा

टेक्सस–जहाँ तिमी  त्यहाँ म हुन नपाउँदा
तिमी रुदा तिमी संगै रुन नपाउदा
माया बोक्ने मुटु नै काटे जस्तो भो
मैले टेक्ने धरती नै फाटे जस्तो भो ।

यो लोकप्रिय गीत कसेले गाएको हो भन्दा धेरैबाट उत्तर आउछ– स्वरुपराज आचार्य । हो प्राय गीत हिट भयो भने यहा“ स्रोता दर्शकले चिन्ने नै गायक–गायिका हुन । संगीतकारको पनि केही नाम आउछ । तर गीत लेख्ने स्रष्टा भने संधै नेपथ्यमा रहन्छ । गीत चले पनि गीतकारको नाम आउदैन ।


झण्डै एक दशक अघि स्वरुपराज आचार्यको स्वर तथा संगीतकार बिबि अनुरागीले संगीतबद्ध गरेको यो गीत लेख्ने गीतकार हुन लिलु गुरुङ । दशक अघि उनको तरंग एल्बममा समावेश यो गीत सुगम संगीतप्रेमी दर्शक तथा स्रोताको मनमा बसीरहेको छ । म्युजिक डटकमले यो गीत निकालेको थियो । सुगम संगीतमा यो एउटा कालजयी गीत बनेर रहेको छ । लिलु टेक्ससकै युलेसमा बस्दै अहिले पनि गीत लेख्नमै रमाइरेकी छिन् । तर पनि उनी मिडियामा आउन नचाहेर गुमनाम भएर बसिरहिन । यही गीतले नै लिलुलाई गीतकारको रुपमा चिनायो ।
यो मात्र हैन लिलुले लेखेको स्वरुपराजकै स्वर र बिबि अनुरागीकै संगीत रहेको अर्को गीत पनि त्यतिकै दर्शक स्रोताको मनमा बसेको छ–
नबुझेको हैन तिम्लाई नचिनेको हैन
फेरी पनि तिम्लाई भुल्ने उपाय नै छैन
तिम्रो घरै भत्काउने मेरो नियत हैन
फेरी पनि तिम्लाई भुल्ने ओखती छै

बिन्ध्यावासिनी म्युजिकले बजारमा ल्याएको यो गीत लिलुले लेखेको अर्को चर्चित गीत हो । २०१२ मा बजारमा आएको यो गीतले पनि चर्चा बटुयो । यति राम्रा गीत लेख्ने लिलु भने संधै ओझेलमा परि रहिन । नत उनी चर्चाका लागी भनेर मिडिया नै धाइन । ‘चर्चाका लागी भन्दा पनि आत्मसन्तुष्टिका लागी गीत लेखे र लेख्दै आएकी छु’ हालैको भेटमा गीतकार लिलुले युएसनेपाल पोष्टसंग भनिन–‘गीत सुन्ने स्रोता तथा दर्शक कतिपयले गीत लेख्ने स्रष्टा खोजेको देख्दा मन आनन्दीत बनाउछ ।’ उनले आफुले चर्चाका लागी गीत नलेखे पनि केही गीतले नसोचेको लोकप्रियता पाउदा भने उनको मन फुरुङ्ग छ ।
गीतहरुले धेरै म्युजिक अर्वाड पनि कुनै बेला हात पारेको थियो । उनका यी लोकप्रिय गीतहरु अझै पनि युटयुबाट धेरै सा्रेता दर्शकले सुन्दै आएका छन् । गीत लेखनमा उनी अरुको पीडालाई आफनै पीडा जस्तो बनाएर लेख्छिन् ।
सत्यराज आचार्यले गाएको यो वर्ष घरको धुरी छाउनु पर्ने भो गीत पनि धेरै थोरै चल्यो उनको । दर्शक तथा स्रोताले गुनगुनाए । मन पराए । वर्षो देखि लिलुका गीतको फ्यान अष्टे«लिया बस्दै आएका पारखीले ११ वर्ष पछि लिलुलाई भेटेर गए । भन्छिन्– ‘सरप्राइज नै भयो, प्रशंसक यही आएर भेटेर जानु भयो ।’


लिलु सम्झीन्छन् सुरुवाती दिनमा गीतको एल्बम निकाल्दा अहिलेको जस्तो युटयुबको बाढी आइसकेको थिएन । गीतको प्रोमोशनका लागी टेलिभिजनमा प्रोमो बजाउनु पथ्र्यो । त्यतिबेला उनका गीत राम्रो भएर टेलिभिजन रेडियोमा खुब बजे । दर्शक तथा स्रोताका फर्माइस उतिकै आउथे ।
दोस्रो एल्बम उनले अमेरिकामा हुदा“ नै निकालेकी हुन । अमेरिकामा बसेर पनि उनको गीत नेपालभरी हिट भयो । विदेशमा बस्ने संगीतपारखीले पनि त्यतिकै मन पराए । अमेरिका आउनु अगाडी उनी काठमान्डौमा भिजन नेपाल नामको म्युजिक भिडियो निर्माण कम्पनी चलाउथिन ।
लिलुले लोकगीतको एल्बम पनि निकालिन । २००५ मा चौतारीको वर एल्बममा राजु परियार र विष्णु माझीले गाएको के हुन्छ कुन्ने पनि दर्शक तथा स्रोताले रुचाए । चौतारीको वर टाइटल गीत पनि चल्यो । राजु परियार र शर्मिला गुरुङले गाएका थिए टाइटल गीत ।
उनले आधुनिक गीतको तरंग एल्बम निकाल्नु भन्दा पहिलो ५ वटा एल्बम निकालिन । तर प्रोमोशन हुन नसक्दा चलेनन । तरंगको पहिलो एल्बम पछि भने लिलुलाई फर्केर हेनु परेनन । त्यसपछि एक पछि अर्को गीतहरु चले । उनका ६ वटा लोकगीतका एल्बम पनि निस्के । यसै वर्ष मौसम गुरुङ र देवीघर्तिको स्वरमा कौडा गीत निस्कयो । जुन गीत नेपालमा विभिन्न कार्यक्रमको समुह नृत्यमा नृत्यकारहरु कम्मर भाचेर नाच्छन् ।
दिलु २००८मा ‘एक्स्ट्रा ओडीनरी’ भिसामा अमेरिका आएकी हुन । सुरुमा उनी बाल्टीमोर आइन । लामो समय त्यहा“ रेष्टुरेन्टको व्यवसाय चलाइन । लामो बाल्टीमोरको बसाईपछि अघिल्लो वर्ष मात्र उनी टेक्सस सरेकी हुन । यहा“ आएर पनि उनले हरेक समय गीत लेखनमा रमाइरहेकी छिन् ।


गुरुङ समुदायमा हुर्किएकी लिलुलाई थोरै भाषाको समस्या छ । ‘भावना जति पनि छ तर अलि भाषाको समस्या छ उनले भनिन– ‘तर पनि गीत लेख्नमा कमी आएको छैन ।’ यही भाषाको समस्या देखेर कतिपयले उनलाई गीत लेख्नु हुन्छ र भन्दै प्रश्न गर्ने गरेको उनले बताइन । आफुले लेखेको सयौ गीतको पाण्डुलिपी देखाउदै लिलुले भनिन– ‘अब छिट्टै गीतको पुस्तक पनि निकाल्दैछु ।’
उनका अहिले सम्म ६० भन्दा बढी गीत रेकर्ड भइसकेका छन् । गोरखाको सिम्जुङमा जन्मेकी लिलुको पारिवारिक वातावरण नै गीत संगीतमय थियो । उनका बाबु तत्काललिन प्रधानपच्च केहरमान गुरुङ गीत संगीतका माहिर थिए । उनी गीत गाउथे गाउमा । सानै देखि यही संगतले लिलुले पनि गीत गाउथिन । कविता लेख्थिन । दोभानचोकको सल्लेरीमा गीत गाउदै कविता भन्दै हिडथिन । स्कुल पढदा समेत कविता लेखेर सुनाउथिन । सबैको वाही वाही पाउथिन । सुगम सगीतकी पारखी लिलुले कुराकानीको अन्तमा भनिन– ‘गीत नै मेरो जीवन हो, यसैमा नै बाकी जीवन लगाउने सोच बनाएकी छु ।’

https://youtu.be/OOOucMEtJ8A

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected