अमेरिका बसेर कर्णालीको दुःखमा मलम लगाउदै
शिव शर्मा
टेक्सस–ज्यन्ति थापा अमेरिकाको भर्जिनियामा बस्छिन । तर उनको मन भने नेपालको कर्णालीपारि छ । आर्थिक रुपले पिछडिएका बालबालिका महिला तथा विपन्नका लागी सहयोग जुटाउदै आएकी छिन् । उनले सहयोगका लागी कसैसंग हात फैलाउदिनन । आफनै कमाई र खल्तीको रकम झिकेर असहाय र दिनदुःखीको सेवामा अग्रसर हुन्छिन् । समाजसेवाको नाममा रकम उठाएर हिनामिना गर्नेहरुका लागी उनी एक ज्वलन्त समाजसेवीको उदाहरण बनेकी छिन् । कसैसंग एक पैसा पनि नउठाई आफनै मिहिनेतको कमाईले आर्जन गरेको रकम कर्णाली पारीको दुखमा लगाएकी छिन् । आफनै खर्चमा उनले लाखौ रुपैया बराबरको सहयोग कर्णालीपारि गरिसकेकी छिन् ।
गरिबीको चपेटाले खान लाउन समेत मुस्किल भएकाहरुलाई खाना र लताकपडा जुटाउने देखि विद्यालय जान नसकेका विपन्न बालबालिकालाई पढाउन उनले आर्थिक सहयोग गदै आएकी हुन । उनले सहयोग गर्ने अन्य विविध पाटाहरु छन् । कर्णाली पारीको रुकुम, जाजरकोट र सुर्खेत जिल्लाका २० जना अनाथ असहाय, अपाङ्ग बालबालिकालाई उनले तीनवर्ष देखि आर्थिक सहयोग गदै पढाउदै आएकी छिन् ।
उनले अपागंगता भएका दृष्टिबिहीन, बहिरा, हातखुट्टा नभएकालाई वैशाखी, लता कपडा लगायतका बस्तुहरु दिदै आएकी छिन् । विशेषतः उनी असहाय अनाथ बच्चादेखि पिछडिएका महिलाहरुलाई सहयोग जुटाउन तत्पर हुने गर्छिन् । ओत नभएकालाई ओत र गा“स नभएकालाई खाना उनको सामाजिक अभियानको मुख्य अभियान हो । उनले अहिलेसम्म कर्णाली पारीका सबै जसो जिल्लामा विपन्न र असहायलाई लाखौ लताकपडा वितरण गरिसकेकी छिन् । यो अभियानलाई अझै पनि निरन्तरता दिइरहेकी छिन् ।
प्राकृत प्रकोप, आगालागी, बाढीपिडित तथा भुकम्पपीडितलाई पनि आफुले सकेको सहयोग गरिहेकी उनी गरीबीले पिल्सिएका, अशक्त अपाङ्ग तथा अभावले विद्यालय जान नसकेका बालबालिकाका लागी जीवनदाता नै बनेकी छिन् । उनले महिलाहरुको आत्मनिर्भर बढाउन महिला भलि प्रतियोगिताका लागी समेत प्रायोजन गरेर सहयोग गदै आएकी छिन् । उनको सहयोगमा कर्णाली पारी धेरै खेलकुद प्रतियोगिताहरु हुदै आएका छन् ।
उनले सुर्खेतमा आफैले पढेको विद्यालयमा तीन लाखको ज्यन्ति थापा छात्रवृत्ति अक्षयकोष स्थापना गरेर विपन्न विद्यार्थीलाई सहयोग गदै आएको बताइन । त्यस्तै जनगागृति प्रावीमा आफना आमा बाबुको नाममा एक लाख रुपैयाको छात्रवृत्ति कोष स्थापना गरिदिएकी छिन् । वृद्धवृद्धाका लागी प्रशान्ति वृद्धाश्रममा पनि एक लाख रुपैयाको अक्षयकोष उनको पहलमा स्थापना भएको छ ।
स्वास्थ्य तथा पर्यावरणीय क्षेत्रमा पनि उनको सहयोग त्यतिकै रहेको छ । रुकुम कैलाली र सुर्खेतमा उनले वातवारण सफा राख्न पानीट्यांकी निर्माण तथा डस्टविन राख्ने काममा पनि सहयोग गरेकी छिन् । सडक दुर्घटनामा परेका देखि मृगौला पीडत लगायत हरेक समस्यामा अल्झेकाहरु देखेपछि उनको मन पग्लिन्छ । उनी यसका लागी आफुले सकेको सहयोग गर्न अगाडी बढी हाल्छिन् । ‘अरुको दुःख नै आफनै दुःख जस्तो महसुस हुन्छ’ थापाले भनिन–‘अरुलाई सहयोग गर्न पाउदा मन आनन्दित हुन्छ ।’
दैलेखमा जन्मेर सुर्खेतमा हुर्किएकी ज्यन्तिको बिहे रुकुममा भयो । समाजसेवा प्रतिको ह्याङ उनमा अहिलेको हैन । उनी केटोकी उमेर छदाँदेखिकै हो । कर्णालीका विकट गाउँहरु छिचोल्दा अझ उनले गरिबीले पिल्सिएकाहरुको सजिब चित्र नजिकबाट नियाल्ने मौका पाएकी थिइन । अभावले बाचेकाहरुको जीवन देखेर उनको मनमा चिसो पस्थ्यो रे । त्यतिबेला देखि नै उनलाई लाग्थ्यो उनलाई कोही मान्छे कति सुखी त कोह कति दुखी । किन यसरी मान्छेहरु फरक फरक परिवेश बाँचीरहेका छन् भन्ने उनलाई लाग्थ्यो । कर्णाली पारी जन्मिएकी हुनाले पनि उनलाई त्यहाँको वातावरणले पनि सामाजिक सेवातर्फ लाग्ने उत्प्रेरणा जाग्यो ।
दुर्गममा खान लाउन नपाएका दुःखीहरु देखी स्कुल समेत जान नसकेकाहरुलाई नियाल्थिन उनी । जीवनयापन गर्न हम्मे भएपछि कालापहाड जानेहरुको लस्कर देखेर उनी झनै निराश हुन्थिन । स्कुल जान नसकेका बालबालिकालाई स्कुल जाने वातावरण र गरिबीले थिलिएकाहरुलाई कसरी सहयोग गर्न सकिन्छ भनेर उनी सोचमग्न हुन्थिन । जब उनी २००८ मा डिग्रीको अध्ययन सकेर रुकुममा कलेज पढाउन थालिन, तब उनले समाज सचेतना, हिसां मुक्ति तथा मदिरामुक्त अभियानलाई अगाडी बढाइन । झण्डै दुई वर्ष रुकममा अध्यापनका क्रममा सामाजिक अभियानलाई उचाईमा पु¥याइन ।
स्न २०१० मा उनी ग्रिनकार्ट लोटरी परेपछि अमेरिका आइन । अमेरिका आएपछि एक दुई वर्ष यहाँ परिवार सहित टिक्न नै समय लाग्यो । सघर्ष पश्चात अहिले उनको भर्जिनियामा स्टोर र रेष्टुरा व्यवसाय छ । व्यवसाय एकातिर चलाउदै उनी निरन्तर अमेरिकामा बसेर अहिलेसम्म पनि नेपालको कर्णाली पारिको दुखलाई साथ दिइरहेकी छिन् ।
नजिकबाट कर्णालीको दुख देखेकी छिन् दुःखले चहराइरहेको घाउहरुमा मलम लगाइरहेकी छिन् । आफुले सकेको सहयोग निरन्तर गरिरहकेी छिन् । विपन्न र असशक्तहरुको दाता बनीरहेकी छिन् । दिनदुखी तथा अनाथ बालबालिकाहरुको लागी त उनी अभिभावक नै बनेकी छिन् ।
‘आफुले सकेसम्म यो सहयोग अभियानलाई आजीवन निरन्तर दिइरहनेछु, उनले कुराकानीको अन्तमा भनिन–‘दुःखीहरुको सेवामा लाग्न पाउदा मन आनन्दित बनाउछ ।’ ज्यन्तिको सामाजिक कर्मलाई सलाम ।