कोरोनाको जोखिममा पनि यसरी खटिदैछन् अमेरिका तथा क्यानडाका नेपाली नर्स

अमेरिका-विश्वव्यापी महामारी बनेको कोरोनाभाइरसले यतिबेला चिकित्सा क्षेत्रमा काम गर्नेलाई बढी व्यस्त बनाएको छ । डाक्टर तथा नर्स विशेष गरी यो बेला बढी व्यस्त बनेका छन् । व्यस्तता आफनो ठाउ“मा छदैछ, यो पेशमा सलग्न उनिहरुलाई धेरै जोखिम पनि तुल्याएको छ । कतिपय बिरामीकै सेवामा खटिएको अवस्थामा संक्रमणको शिकार पनि भएका छन् । कोरोनाभाइरसको संक्रमणले अस्पतालमै कार्यरत डाक्टर तथा नर्सले ज्यान गुमाएका घटनाहरु आइरहेका छन् । यो कठिन घडीमा विदा र घरपरिवारको समेत प्रवाह नगरी यतिबेला डाक्टर तथा नर्स बिरामीको सेवामा तल्लिन रहेका छन् । कोरोनाभाइरस संक्रमणको जोखिमका बीच पनि उनिहरु अस्पतालमा खटिएर बिरामीको हेरचाह र उपचारमा लागी परेका छन् । अमेरिका तथा क्यानडामा कार्यरत नेपाली नर्सहरुको कोरोनाभाइरसले गाज्दै लगेको अवस्थामा कसरी दैनिक रुपमा अस्पतालमा खटिएका छन् । युएसनेपाल पोष्टका शिव शर्माले कोरोनाभाइरसको सेरोफेरोमा रहेका केही नेपाली नर्ससंग कुराकानी गरेका थिए । अमेरिका तथा क्यानडामा लामो समय देखि कार्यरत नर्सहरुको भनाई यस्तो छ–
सुनित बस्नेत, रजिस्टर्ड नर्स, टेक्सस अमेरिका

नर्सिङ पेशा सधै नै व्यस्त हुने पेशा हो । सधै बिरामीको सेवामा खटिनुपर्छ । अ अहिले भने पहिला भन्दा धेरै कठिन छ । कोरोनाभाइरसको महामारीले अस्पतालमा कोरोनाका बिरामीहरु आइरहेका हुन्छन् । जोखिमको बेला नै हामी खटिनुपर्छ । पेशा प्रतिको प्रतिवद्धता छदैछ । कोरोना संक्रमण बढदै गएपछि अहिले अस्पतालमा स्रोत र साधनको समेत अभाव भएको छ । यस्तो बेला सुरक्षीत भएर काम गर्न हामीलाई निकै कठिन छ ।
हामीले प्रयोग गर्ने सर्जिकल मास नै छैन । बिरामीको चाप दिनानुदिन बढ्दो छ, अवस्था जटील बनिरहेको छ । हामी जस्तोसुकै अप्ठ्यारोमा पनि काम गर्छो भनेर आएको हो । यही भएर यस्तो बेला नै हाम्रो आवश्यकता अस्पताल र बिरामीलाई हुन्छ । सर्ला भनेर भागेर हिडने कुरा भएन, हामी त लडने हो । तर पनि बिरामीबाट सर्छ भन्ने जोखिम त छदैछ ।
हाम्रो कारणले कतै परिवारलाई सर्ने हो की भन्ने चिन्ता पनि अर्कोतिर छदैछ । झण्डै २३ वर्ष देखि यही पेशामा छु , अहिलेको जस्तो बिरामीको चाप अस्पतालमा कहिल्यै देखेकी थिइन । काम गर्न गाहे छ, रोग कतिबेला सर्छ केही थाहा हुदैन । बिरामीको चापले सरकारले भने जस्तो अस्पतालमा स्रोत र साधन पर्याप्त छैन । संक्रमणको भयले अहिले घरमा पनि परिवारसंगै दुरी कायम गरेर बसेका छौ । घरमा म बेग्लै कोठामा बसेकी छु । दिनभर बिरामीसंग काम गर्दा फेरी घरमा परिवारसंग घुलमिल हुने अवस्था अहिले छैन । हामीले सजगता अपनाउनैपर्छ । नर्स हुनुको प्रतिवद्धा पुरा गरिएको छ, रोगसंग डराएको छैन । परिवारसंग दुरी कायम गदै अहिले बिरामीको सेवामा खटिएको छ । संघर्ष देखि विचलित छैन । हाम्रो कारणले परिवारलाई केही नहोस भन्नेमा धेरै चिन्ता छ र सचेत पनि छौ ।

अहिले अस्पतालमा काम गर्ने डाक्टर, नर्स तथा प्राविधिक सबैलाई चुनौती छ । दिनप्रतिदिन कोरोनाको संक्रमण फैलिएर अस्पताल आउने बिरामी बढीरहेका छन् । यो अप्ठ्यारो अवस्थामा बिरामीलाई बचाउनु हाम्रो प्रमुख उद्देश्य रहेको हुन्छ ।
बिरामीलाई बचाउने क्रममा आफैलाई सुरक्षीत राख्न मास्क, गाउन तथा गगल्स लगायतका दैनिक प्रयोग गर्ने बस्तुको अभाव छ । यही कारणले पनि बिरामीको सेवामा खटिने डाक्टर, नर्स र अस्पतालमा काम गर्ने सबैको जीवन जोखिममा छ । बिरामीको चापले घरबाटै मास्क बनाएर ल्याउन भनिएको छ । तर घरबाट बनाइएको माक्सले किटाणु नियन्त्रणमा खास सहयोग पुग्दैन । अहिले हालत दिनदिनै नाजुक बनिरहेको छ । आफु बच्नका लागी अस्पतालमा नर्स तथा डाक्टरले प्रयोग गर्ने सामान पर्याप्त छैन ।
विशेष गरी अस्पतालबाट घर फर्किदा समेत हामी सचेत हुनुपरेको छ । घरको मूलढोकाबाट नछिरि गराजबाट पस्छौ । कपडा पनि त्यही गराजको कुनामा थन्काएर घरभित्र पस्ने गरेका छौ । हामी आफै र परिवारलाई सजगता गराएका छौ । अस्पतालमा काम गर्ने हामीलाई सोसियल डिस्टेन्स संभव छैन । बिरामीसबैलाई छुनुपर्ने हुन्छ । डाक्टरले भन्दा नर्सले बढी बिरामीको हेरचाह गनुर्पछ । डाक्टरले चेक अप गरेर प्रिस्किपसन लेखेपछि सकियो तर नर्सले बिरामीलाई हेरिरहनुपर्छ । नर्सलाई यतिबेला अलि बढी मुस्किल छ ।
हामीले यो बेलामा आफुले जानेको कोरोनाभाइरसको संक्रमणबाट बच्न अरुलाई सल्लाह पनि दिने गरेका छौ । चिन्ता नलिने, सास लामो लामो फेर्ने, , सकारात्मक कुरामा ध्यान दिने र आत्मबल बढाउने नै अहिलेको अवस्थामा यो संक्रमणबाट जोगिनु हो । अहिले सबैलाई कोरोनाको त्रास छ । अस्पतालमा चाप छ । ३० वर्ष देखी यही पेशामा छु र बिरामीकै सेवामा लागीरहेकी छु ।
राधा अर्याल, रजिस्टर्ड नर्स, क्यानडा

विश्वमा विकराल रुपमा फैलिएको कोरोनाभाइरसले यतिबेला अस्पतालमा काम गर्ने हामी जस्ता नर्स तथा डाक्टरलाई कठिन अवस्था छ । अति नै रिस्क लिएर हामीले काम गर्नु परिरहेको छ । खतरा छ भनेर भागेर हिडने कुरा पनि भएन ।
जस्तोसुकै परिस्थितिमा पनि काम गर्छो भनेर हामी आएका हौ । यही भएर अहिले कठिन अवस्था आयो भनेर पन्छिन मिल्दैन । चुनौतीसंग हामी डटेर सामना गरिरहेका छौ र गर्न तयार छौ । यसका लागी हामीमा आत्मबल पनि त्यतिकै चाहिन्छ । अहिले हामीलाई काम गर्न निकै मुस्किल छ । मुख्य कुरा अस्पतालमा हामीलाई चाहिने सामान नै छैन । हामीले अहिलेको अवस्थामा ज्यादै नै सावधानी अपनाउनु पर्ने हुन्छ । अहिले हामी १२ घण्टा पानी पनि नखाई बिरामीको सेवामा खटिएका छौ । सबै बिर्सेर बिरामीको सेवामा नै हामी जुटेको अवस्था छ । मनोबल बढाएर यो अवस्थामा हामीले गरेका छौ । दैनिक हामीले अस्पताल गएर यो कठिन घडीमा बिरामीको हेरचाह र सेवा गरिरहेका छौ । अहिले अर्कोतिर हामी बिरामीको सेवामा लागीरहदा परिवारमा डर छ । परिवारलाई हाम्रो डर र हाम्रो कतै हाम्रै कारण परिवारलाई यो संक्रमण सर्ने हो पनि भन्ने अर्को त्रास छ । अस्पतालमा यतिबेला बिरामीको चापले काम गर्न भ्याई नभ्याई छ । सबै जोखिमलाई हत्केलामा राखेर यतिबेला हामी बिरामीको सेवामा लागीपरेका छौ । हामीले आफनो कर्तव्य निभाइ रहेका छौ ।
डा विष्णुमाया उपाध्याय, नर्स प्राक्टिसनर

अहिलेको अवस्थामा हरेकलाई कठिन छ । एकबाट अर्कोलाई कोरोनाभाइरस संक्रमण हुने हो कि भन्ने त्रासदी पनि छ । यस्तो अवस्था झनै अहिले सबै भन्दा चुनौती चिकित्सा क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मिहरुलाई छ । यो बेलाको बिरामीको चाप बढने भएका सबै स्वाथ्यकर्मिलाई फिल्डमा खटिनुपर्छ । बिरामीको सेवामा जुटीरहनुपर्छ । विदा भन्ने कुरा यस्तो बेला स्वास्थ्यकर्मिलाई हुदैन ।
मैले पनि अहिले होसियारी अपनाएर काम गरिरहेकी छु । हाम्रो आफनै क्लिनक पनि छ । बिरामीसंग केही दुरी कायम गरेर प्रिसकिप्सन लेख्ने देखि औषधी दिने काम गदै आएको छु । अनलाइन मार्फत घरबाट पनि बिरामीलाई सल्लाह र सुझाव दिने काम गरिरहेको छु । अन्यबेला भन्दा यो बेला अहिले अवस्था जटील छ । कतै आफै पनि संक्रमणमा परिने हो भन्ने पनि छ । तर पनि हामी यसबाट भाग्ने अवस्था रहदैन ।
विश्वव्यापी महामारी बनेको यो कोरोनाभाइरस अहिले अमेरिकामा तिव्र रुपमा फैलिएको छ । यो फैलावट संगै अस्पतालमा काम गर्ने हामी जस्तो स्वास्थ्यकर्मिलाई भ्याइनभ्याई छ । बिरामीको चाप दिनानुदिन बढेर अस्पतालमा स्वास्थ्यकर्मिले प्रयोग गर्ने सामग्री समेत अभाव भइरहेको छ । अहिलेको अवस्थामा सबै भन्दा बढी जोखिम स्वास्थ्यकर्मिहरुलाई छ । तर पनि यो बेला सजग भएर हामीले आफनो भुमिका निर्वाह गनुपर्ने अवस्था छ र हामीले गरि पनि रहेका छौ ।
इश्वरी बस्नेत,रजिस्टर्ड नर्स, क्यालिफोर्निया अमेरिका

मलाई लाग्छ अहिले सबैलाई संकट छ । कोरोना महामारीले फन्टलाइनमा काम गर्ने हामीलाई पनि मुस्किल नै छ । हामीले गाहे भएपनि देखाउनु भएन । हामी नै कमजोर भएर उपस्थित भयौ भने बिरामीले बिश्वास गदैनन । यो कोरोनाभाइरस लाग्ने बितिक्कै कसैको ज्यान जादैन । यसका लागी हामीले बिरामीको सेवा मात्र हैन हामीले मनोवैज्ञानिक तवरले पनि सर्पोट गर्ने काम गरेका छौ । कोरानाले डर नै छैन भन्न खोजेको हैन । डर त हामीलाई पनि छ । जे जस्तो भए पनि मनोबल हामीले मात्र हैन सबैले यो बेलामा बढाउनैपर्छ । अहिले अस्पतालमा धेरै जसो स्वास्थकर्मि डराएको अवस्था पनि छ ।
अहिले अस्पतालमा जा“दा पनि कोही कसैसित बोलेको देखिदैन । हाइ हेल्लो भन्न पनि छाडेको अवस्था छ । दुरदुर गरिहेका छन् । यो नै यो भय र त्रासको संकेत हो भन्ने मलाई लाग्छ । अहिले क्यालिफोर्निया पनि अमेरिकाको कोरोना संक्रमणको जोखिम राज्यमा पर्छ । अहिले यहा“ कोरोनाका बिरामी दिनदिै आइरुहेका छ्न अस्पतालमा । त्यस्तो बेला बिरामीसंग नजिक भएर काम गर्नुपरेको छ । यो अवस्था संगै परिवारमा पनि हामीले मनोबल बढाउने र सचेतनाका कुराहरुलाई आदानप्रदान गर्ने काम पनि त्यतिकै गरिरहेका छौ । यो कोरोना कसैलाई केही सिम्टम नदेखि पनि भएको देखिन्छ । यसैले अहिलेको अवस्थामा जतिसक्दो दुरी कायम गरेर घरमै बस्नु उपयुक्त छ । आफु पनि बच्ने र अरुलाईपनि बचाउने अहिलेको परिस्थितिमा यहीनै उत्तम बिकल्प हो ।