सास फेर्न मुस्किल भएपछि बाँच्छु जस्तै लागेकाे थिएन !
विनाेद न्याैपाने /बेलायत
सेल्फ आईसोलेसन मा बस्न १७ मार्च २०२० को दिन म कामबाट दिऊँसो घर फर्किंए । किनकी शर्मिलालाई ज्वरो र शुख्का खोकी ले ४/५ दिन देखि सताई रहेको थियो । उनी नियमित सिटामोल र अदुवा /बेसार पानी घरेलु उपचार मा थिईन् र स्वास्थ्यमा क्रमस सुधार हुँदै थियो ।हामी बुढा बुढी आ-आफ्नै छुट्टा छुट्टै कोठामा थियौं। शर्मिला पहिल्यै देखि बिरामी भएकाले हाम्रो कोठामा थिईन् भने म बनुको कोठामा । बनु अचेल अमेरिका भएकोले कोठा ख़ाली नै थियो । पहिल्यै ज्वरो र खोकीले राम्रै सताएर तंरदै गरेकी शिखा र संगम आफ्नै कोठामा आईसोलेसनमा ।
यस्तैमा मलाई पनि ज्वरो आउन र सुख्खा खोकी आउनसुरू भयो । सुरुमा मैले त्यति सिरियस्ली लिईन । सिटामोल त लिन शुरू गरे तर नियमित रुपमा लिईन । ज्वरो आए जस्तो लागे ५०० एमजीको एक चक्की खाने नभए नखाने जुन मेरो गल्ति थियो ।
यस्तैमा २० मार्च बेलुका मलाई ह्वात्तै ज्वरो बढेको महसुस भयो । मैले ज्वरो नापेँ १०३.५ डिग्री फरेनाईट पुगेको रहेछ । खोकी तेस्तैछ । घाँटी समाएको छ । डाएरिया लागेको छ ।यसो लक्षण बिचार गरे ठ्याक्कै कोरोनाको लक्षण संग मिल्दो जुल्दो छ । मलाई कोबिड-१९ भएको हुनुपर्छ भन्ने लाग्यो । मैले शर्मिला, संगम र शिखालाई बोलाएर जानकारी दिँए ।अब १११ लाई फोन गर्ने र हस्पिटल जाने कुराको टुंगो गर्यौ । संगमले १११ फोन गरे , करिव २घन्टाको पर्खाई पछी फोन उठ्यो । उताबाट म संग लामो अन्तरवार्ता लियो मलाई के के हुन्छ , यसो ग़र त्यसो गर आदि ईत्यादी प्रश्न सोधेपछी अहिले घरमै बसिराख्नु २घण्टा मित्र कुनै जि.पी को फोन आँउछ पर्खनु भन्ने सल्लाहा पाँए । नभन्दै करिव १ घण्टामा जी पी ( लोकलडॉक्टर ) को फोन आयो । फेरि उस्तै प्रश्नको ओईरो लाग्यो । मैले जबाफ दिदै गए । अन्तमा डक्टरले मलाई कोरोना भएको हुन सक्ने तर अहिले अस्पताल जान आवश्यक छैन बरु घरमै बसेर सिटामोल (५००mgको ) २/२ वटाको दरले दिनमा ४ पटक नियमित लिनु, आराम गर्नु र प्रसस्त मात्रामा झोलाईलो र पौष्टिक कुरा खान सल्लाह दिईन् र बिदा भईन् ।
अब हामीले मेरो बिरामीलाई कोरोनाकै रुपमा स्विकार्ने निर्णय लियौ । घरमा भुमिका परिवर्तन भयो । म ठूलो विरामी , शर्मिला निको हुँदै गरेको विरामी । म हाम्रो बेड रूममा सरे ( बाथरूम कोठामै भएकाले ) शर्मिला बनुको कोठामा ।दुबै कोठाको तन्ना , सिरानीको खोल , सिरकको खोल फेरियो । यो क्रम हरेक तीन तीन दिन मा अहिले सम्म गर्दै छिन ,शर्मिलाले दुबै कोठाको ब्यापक सफ़ाई गरिन् ।
भरखर तंरदै गरेको शर्मिलाको दिन चर्या अव मेरो सेवा सुसुर्सामा बित्न थाल्यो ।शर्मिलाले बेला बेलामा तातो पानी , ज्वानोको सुप, खाना आदि अनेक झोलिलो खाना कोठामै दिन्थिन।शिखाले आमालाई भान्सामा सघाई ।संगमले नियमित रुपमा अदुवा र कागतिको रस तताएर दिईरहे ।शिखालाई मेरो कोठा तिर च्याउन पनि दिएनौ । ऊ आफै गर्भवती , सुरक्षित बस्नु पर्ने मान्छे ।बनु र सुयोगले अमेरिकाबाट घन्टा घन्टामा संचो बिसंचो सोधिरहन्थे ।मेरो काम घन्टीको तालमा औषधी र तातो पानी खाने । दैनिक चार पटक तातो बाफ लिने ।यस्तो अनुशासित म जीन्दगीमा कहिल्यै भएको थिईन । कि निको हुनु पर्छ नभए मरिन्छ भन्ने भयो । ७/८ दिन सम्म यहि क्रम रही रयो । यस विचमा मैले सिटामोलको एक डोज़ र अर्को डोजलाई यसरि पर्खन्थे कि कति खेर अर्को डोज़ औषधि खानु र ज्वरो घटाउनु भन्ने कुरा नै जीन्दगीको एक मात्र उद्देश्य हो जस्तो लाग्दथ्यो ।अझ रात परे पछि डर लाग्न थाल्थ्यो । सुख्खा खोकीको कारणले सुत्दा खेरि सास फेर्न गारो हुन्थ्यो । कोल्टे, घोप्टे , उत्ताने जे गरे पनि छातिमा ऐठन भए जस्तो भएर सास फेराईको क्रम रोकिए जस्तो हुने । कफले भरिएको जस्तो छाति । आफु डायबिटिक । भरसक अनिदो हुनु नहुने।
बेला बेलामा बेलायत ,नेपाल लगायत संसार भरबाट आफन्तको ,साथीभाई र शुभ चिंतकहरूको फोनबाट मेरो संचो बिसंचोको बारेमा सोध्दा भावुक हुन्थे र रोग संग लड्ने हौसला मिल्थ्यो ।
यस्तैमा ९औं दिनको राति मलाई सार्है गारो भयो । त्यो अगाडी शर्मिला, शिखा र संगमले पालै पालो ढोकामा आएर मलाई कस्तोछ भनेर सोधेका थिए । अमेरिकाबाट पनि वनु र सुयोगले कस्तो छ भनेर सोधेका थिंए मैले आफु ठीक भएको र अव सुत्ने भनेपछि सबै जना सुतिसकेका थिए ।
तर मलाई त्यस रात सास फेर्न अलिक बढ़ी नै गार्हो भैरहेको थियो । रातको त्यस्तै २ बजे तिर मैले फेरि १११ लाई फोन गरे । लामो प्रति़क्षा पछि फोनको रेस्पोन्स भयो । उस्तै प्रश्न उस्तै उतर । फेरि डाक्टरको कलको प्रतिक्षा । डाक्टरको कल । उस्तै सुझाव । घरमै बसेर औषधि पानी खाने !
मैले घरमा युद्ध लड्ने अठोट लिए र अझ कठोर भएर डक्टरको सल्लाह मानिरहे । मलाई लाग्छ मैले यो युद्ध आधाऊधि जितिसके र अब अझै राम्रो गर्ने छु, जसरि संसार भरका धेरै मानिसले जितिसकेका छन् ।
यो बिचमा मेरो खान पान संचो बिसंचोको बारेमा सोधेर र मलाई माया सल्लाह दिएर सहयोग गर्नुहुने संपूर्ण आफन्त , साथीहरू र शुभेच्छुकहरु , NHS का स्टाफ़ , डा. आगत , डा. आशिस, शर्मिला , संगम , शिखा , सुयोग र बनु प्रति आभार प्रकट गर्दछु ।
त्यो रात मैले यसो चाँहिगर्नु हुँदैन थियो !
मैले दोस्रो पटक १११ फोन गर्नु अगाडी मलाई गारो हुँदैगए पछि मैले अलिक हरेस खाएछु । मलाई गारों भैरहेको थियो । संसार भरिबाट नराम्रा खबरहरू आईरहेका थिंए ।स्वास प्रश्वासका कारणले मरेका मान्छेहरू म जस्तै मध्येका त हुन् नि भन्ने लाग्यो । ती सबै मान्छे सास फेर्न गारो भएर मरिरहेका छन् र मलाई पनि त्यस्तै हुँदैछ ।
म १११ लाई फोन गरेर हस्पिटल त जान्छु तर फिरेर घर आँऊछु जस्तो लागेन । घरको सबै आर्थिक कारोबार मैले गर्ने भएकोले शर्मिला लगायत कसैलाई जानकारी छैन । त्यसैले मैले हाम्रो घरयासी आर्थिक कारोबारको टिपोट बनाँए । सबै बैंक कार्डहरूको पिन नं लेखे । रिनधनको ब्यबस्थापन कसरि गर्ने सुझाव लेखे । म गए पछि पनि शर्मिला एक आम बेलायतीको जीवन यापन गर्ने एक मानोको बन्दोबस्त हुने रहेछ ढुक्क लाग्यो !
अब परिबार र आफन्त सम्झन थाले । सबैको माया त लाग्ने नै भयो । छोरीहरू र ज्वाईहरूको क्षमता र उनीहरूको शर्मिला प्रतिको ज़िम्मेदारीबोध प्रति म विस्वस्त भँए। यसै बर्षको अगस्तमा आउने नातिनी ( शिखाकी हुनेवाला छोरी ) खेलाउने रहर बाहेक जीवनमा कुनै अपुरो काम बाँकी भए जस्तो लागेन ।
मन मनै सबै संग बिदा माँगे । आँखाबाट तप तप आँशु खसेर हातमा भएको टिपोट माँ पर्यो !
टिपोट घर्रामा राखेर १११ डाएल गरे ।