लकडाउनमा फसेको जिन्दगी
कुमार जंग कार्की
न्यूजर्सी अमेरिका –आज हेर्दा हेर्दै लक डाउन मा फसेको वा भनौ कोरोनाको माहामारी संगै आफ़्ना दैनिकी हरूलाई बन्धकबनाएर गुप्त बाशमा बसेको पनि लगभग २ महिना पुग्न आटेछ । ज़िंदगी मा धेरै चीज़ नसोचेको हुंन्छ यो लकडाउन पनि त्यस्तै भयो कहिल्यै नसुनेको यो लकडाउन आज भोग्दै छु ।
बुलेट ट्रेन को गतिमादौडीरहेको मेरो ज़िन्दगी एकाएक शुन्यमा झरेको छ । एउटै रफ़्तारमा बगिरहेको मेरो दैनिकीको लयबिग्रिएको छ। मेरो स्वत्रन्तता आज बंधक छ । हिजाे बनाएको भोलीको मेरो योजना आजले क्षणभरमै निस्तेज परिदियो । मसंग समय संगै दौड़ने योजना थियो तर यो समय स्वयं ठप्प भयो भने के गर्ने भन्ने वैकल्पिक योजना थिएन त्यसैले म पनि ठप्प भए समयसंगै ।
म मानिसलाई सबै भन्दा स्वतन्त्र प्राणी ठान्थे तर त्यों सब भ्रम रहेछ । आज हेर्छु मानिस बाहेक सबैप्राणी स्वतन्त्र देख्छु । चरा हरू आकसमा उडिरहेका नै छन , माछा हरू पौडि रहेकै छन , हावा चलीरहेको छ सुर्य घुमी रहेको छ तर बन्द छु त केबल म ,थुनिएको छु त केबल म , रोकिएको छु त केबल म। म सोच्दै छु म मर्न डराई रहेछु वा बाच्न लालायित भै रहेछु ।म मात्र हैन आज लगभग पुरै संसारथुनिएको छ । पुरै संसार त्राहीमाम छ , भयबित छ । एउटा सुष्म जिब ले पुरै संसार हल्लाएको छ ।भूकम्प जाति सुकै रेक्टर को होस पुरै पृथ्वी लाई एकै पटक हल्लाउने सामर्थ्य राख्दैन तर एउटा भाईरसले पुरै पृथ्बि एकै पटक हल्लाई रहेको छ ।
म एक्काईशौ शताब्दिमा दौडिरहेको बिज्ञानसंग यति धेरै बिस्वस्त थिए कि मलाई लाग्थ्यो यो संगहर समस्या को समाधान छ । तर मेरो यो भ्रम त्यति बेला टूट्यो जुन बेला करिब ५० लाख मानिसलाईकोरोना भाईरसले संक्रमित बनाईरहदा तथा ३ लाख मानिसहरूको ज्यान गै सक्दा पनि मैले बिश्वासगरेको बिज्ञान लाचार छ , निरहि छ । प्रयासरत त छ तर सफल भै सकेको छैन । आशा छ मैलेबिश्वास गरेको बिज्ञान एकदिन अबश्य सफल हुने छ ।
आज सोच्दै छु ती चिड़िया घर का जनावरहरू कसरी काटदा रहेछन दिन हरू । कति सकसपूर्ण रहेछ तिनिहरूको दैनिकी । आज मेरो हालत लगभग त्यस्तै अबस्थामा छ । आज म बुझ्न सक्छु तिनको मनोभाबना । तर म यति स्वार्थी छु मलाई थाहा छ नमरी बाँचे म भोली तेही खूसीयालीमा त्यही चिड़िया घर जानेछु तिनैलाई हेर्नेछु रमाइलो गर्नेछु । भगवान लाई धन्यबाद दिदै घर फर्कनेछु । र आफ़्नो दैनिकी मा फर्कनेछु । इति
तस्वीर :एजेन्सी