डाक्टर केशव पाैडेल र संगिताको जमेको जोडी

जीवनमा कसैसंग प्रेम नगरेका तनहुँ सतिस्वारा सिस्नेरीका डाक्टर केशव पौडेलले विवाहपछि नै प्रेमको अनुभव गरे । उनले नवलपरासी स्थित परासी बजारकी संगीता सापकोटा संग विवाह गरे र प्रेमपनि उनीसंग नै गरे । जीवनमा पहिलो प्रेम नै संगीता संग भयो र विवाह पनि उनैसंग भयो । विवाह हुँदा डाक्टर केशवले महाराजगन्जस्थित टिचिङ अस्पतालमा डाक्टर भइसकेका थिए भने संगीताले रसायनशास्त्रमा माष्टर्स पुरा गरेकी थिइन । २००३ मा डाक्टर केशब पौडेल र संगीता सापकोटा पौडेल बीच मागी विबाह भएको हो । डाक्टर पौडेलका भिनाजु र संगीताका मामाले उनिहरु बीच विबाहको संयोग जुराइदिएका हुन । दुवैले जेठ महिनामा एकआपसमा देखादेख गरेको झन्डै ६ महिनापछि अर्थात मसीर महिनामा उनीहरुले विवाह गरे । त्यो बीचमा उनीहरु बीच भेटभाट भने नियमित जसो भइरह्यो ।
संगीताले माष्टरको रिजल्ट नभई बिहे गर्न मानिन्न । विबाहका लागी ६ महिना पर्खनु पर्यो डाक्टर पौडेलले । संगीताले रसायनशास्त्रमा मास्टर्स सकेर कलेज पढाउन थालेपछि डा पौडेलसंग विवाह गरेकी हुन । डाक्टर पौडेल पनि त्यो बेला टिचिङ अस्पतालमा एमबिबिएस सकेर जागीर खान थालेका थिए । पहिलो भेट नै संगीताका लागी डाक्टर केशबलाई आफनो रोजाइको जीवनसाथी महसुस गरिन । ‘सुरुमा भेट्दा नै शालिन, सामान्य व्यवहार र फरासिलो स्वभावले प्रभावित भए संगीताले भनिन–‘यति शालिन मान्छे त्यस अघि कहिल्यै भेटेको थिइन, नत देखेकी नै थिए ।’
यता डाक्टर पौडेलले पनि जीवनसाथीमा हुनु पर्ने सबै गुण संगीतामा पाए । ‘अध्ययनशिल र हकी स्वभाव देखेर म पनि आकर्षित भए डाक्टर पौडेलले भने– ‘एक अर्काको साथले नै जीवनमा अगाडी बढने बाटो तय भयो ।’
डाक्टर पौडेलले पाईला–पाईलामा संगीताको साथ पाएका छन् । उनले गरेका हरेक कामलाई उनी होस्टेमा हैसे थपछिन् । डा पौडेललाई संगीताको यस्तै साथ र हौसलले अगाडी बढ्न हौसाइरहेको छ ।
डाक्टर पौडेल सितिमिति रिसाउदैनन् । सबैसंग प्राय नम्र हुने गर्छन् । कहिल्यै नरिसाउने उनको बानी संगीतालाई औधी मन पर्छ । उनी प्राय फोनमै व्यस्त हुन्छन् । जसको फोन आए पनि उनी उठाई हाल्छन् । सबैलाई सम्ममान व्यवहार गर्छन् । फोनमा बोल्दा बोल्दै छोराहरुको हेरचाह र सपिङ लगायतको काम गर्न भ्याईहाल्छन् । प्राय डाक्टरसाब फोनमै धेरै बोल्ने गरेको संगीता बतायछिन् ।
डाक्टर पौडेल अमेरिकामा नेपाली समुदाय माझ लोकप्रिय छन् । अमेरिकामा अध्ययन गरेर चिकित्सा क्षेत्रमा अब्बल मानिएका डाक्टर पौडेलको नाम अग्रस्थानमा छ । अमेरिकाको न्युमेक्सिको स्थित लबलेस मेडिकल अस्पतालको मेडिकल डाइरेक्टर तथा वरिष्ठ चिकित्सकको रुपमा रहेका उनी चिकित्सा क्षेत्रमा यति ठुलो पदमा पुग्ने पहिलो नेपाली डाक्टर हुन । उनको यो टिममा उनी मातहातमा ५० जना चिकित्सक छन् । २०१४ देखि उनी उक्त पदमा कार्यरत छन् । उनी अमेरिकन चिकित्सकहरुको संस्था सोसाइटी अफ हस्पिटल मेडिसिन न्युमेक्सिसको अध्यक्ष समेत हुन । अमेरिकामा बसोबास गर्ने नेपाली समाजमा उनको नाम शीर्षस्थानमा आउछ ।उनले न्युयोर्कस्थित मोन्टेफोयरे मेडिकल सेन्टरबाट एमडी सकेका हुन । उनले अमेरिकामा हेल्थकियर हिरो देखि अन्य चिकित्सा क्षेत्रमा ठुला अर्वाड पनि जितेका छन् । नेपालमै कार्यरत रहदा पनि टिचिङ अस्पतालले उत्कृष्ठ मेडिकल डाक्टरको अर्वाड दिएको थियो उनलाई ।
उनले न्युयोर्कस्थित सुनि अप स्टेट मेडिकल युनिभर्सिटीमा सहायक प्राध्यापक भएर पाँच वर्ष पढाए । उनी सोसाइटी अफ हस्पिटल मेडिसिन न्यु मेक्सिसकोको अध्यक्ष पनि हुन । अमेरिकाको चिकित्सहरुको धेरै संघ संस्थामा उनी आवद्ध छन् । गैरआवासिय नेपाली संघ अमेरिकाको दुई कार्याकाल अध्यक्ष भएर काम गरे । अहिले आइसिसिको महासचिवमा उम्मेदवारी दिएका छन् । डाक्टरी पेशा हर समय बिरामीको सेवा गरिरहनु पर्ने व्यस्तता छदैछ तर पनि उनी एनआरएनए संस्थामा लागेर सामाजिक अभियानमा आफुलाई अग्रसर गराइरहेका छन् । यो सबैमा लाग्न संगीताले पुरा सहयोग गरेकी छिन् । ‘जति नै व्यस्त भए पनि डाक्टर पौडेलले ‘रुटीन’ बनाएर काम गर्छन् । ‘के काम गर्ने उहा“ले पहिल्यै तय गर्नुहुन्छ संगीताले भनिन– ‘समय मिलाएर आफनो पेशा र एनआरएनएमा पनि लाग्नु भएको छ र घरपरिवारलाई पनि समय दिइरहनु भएको छ ।’
संगीतालाइृ ‘डाक्टर साब’ नेपालमा हुदा देखि नै व्यस्त हुनुहुन्थयो भन्ने कुरा राम्रोसंग थाहा छ । चिया पिउँदा पिउदै छाडेर साथीभाई भेटन घरबाट निस्कन्थे रे । अमेरिकामा आएर अझ बढी व्यस्त भए पनि परिवारलाई घुमाउन उनी प्राय निस्कन्छन् । बरु संगीता नै कहिलेकाही व्यस्त भएर भ्याउदिनन् । अमेरिका बाहिर पनि उनी परिवार लिएर घुम्न निस्कन्छन् । हालै सपरिवार लन्डन घुमेर आएका थिए । जति व्यस्त भए पनि डाक्टरसाबले घरपरिवारलाई समय दिने काममा कुनै कमी नगरेको संगीता बताउछिन् । फुर्सद भयो कि डाक्टरसाब छोराहरु लिएर पार्कतिर खेलाउन निस्कन्छन् । किचनको काममा संगीतालाई संघाउछन् । तर खाना भने कहिल्यै पकाएका छैनन । सायद संगीता आफै पनि व्यस्त भएर होला डाक्टरसाबको व्यस्तताको भ्याउ पाउन सकेकी छैनन । उनी पनि युनिभर्सिटी अफ न्युमेक्सिकोमा पिएचडीका लागी रिसर्चमा व्यस्त छिन् । रसायनशास्त्र काे रिसर्चका लागी उनी प्राय ल्याबमा साताभरी व्यस्त हुन्छिन् । त्यसो त संगीता एनआरएनए न्युमेक्सिको च्याप्टरको उपाध्यक्ष पनि हुन ।
व्यस्त धेरै हुनुहुन्छ भन्ने प्रश्नमा डाक्टरसाबलाई त्यस्तो लाग्दैन । समयलाई व्यवस्थापन गरियो भने कहिल्यै व्यस्त नभइने उनी बताउछन् ।

व्यस्तताले केही फरक पादैन डाक्टर पौडेलले भने– ‘खासगरी केही गर्न कमिटमेन्ट हुनुपर्छ, जति व्यस्त भए पनि समायोजन गरेर अगाडी बढनुपर्छ ।’ उनले आजको काम भोली गर्छु भनेर बसियो भने सधै जीवन व्यस्त मात्र नभई अस्तव्यस्त जस्तै हुने बताए ।’ उनले पेशा बाहेक एनआरएनए र सामाजिक काममा लाग्न श्रीमतिको पनि ठुलो साथ रहेको बताए ।
डाक्टर पौडेल सायद श्रीमति संगीताले नभनेको भए अमेरिका आउने थिएनन् होला । उनी नेपालमै बसेर बिरामीको सेवा गरिरहेका हुन्थे । श्रीमतिकै सल्लाहमा टिचीङ अस्पतालमा काम गर्दा गदै संगीता संगै २००५ मा अमेरिकामा आएका हुन । उनी पर्यटक भिषामा र संगीता विद्यार्थी भिसामा अमेरिका आए । सुरुका दिन उनिहरुका लागी पनि कष्टर भयो । आउने दिन नै डाक्टर पौडेल शिकागो र संगीता न्युमेक्सिको पुगिन । जापानबाटै हाम्रो ट्रान्जिट अलग भयो संगीताले भनिन– ‘म ट्रान्जीट लसएन्जलस र उहाँ शिकागो उर्तिनु भयो ।’
कहिल्यै घरबाट बाहिर ननिस्केको मलाई उहाँसंग छुटिएर अर्को राज्य जानु परेको थियो । उनी विद्यार्थी भएर पढन र डाक्टर पौडेल एमडि गर्न आएकाले पनि दुवैको गन्तव्य फरक भयो । कहिले संगै कहिले छुटिदै झन्डै दुई वर्ष उनिहरु अध्ययनले गर्दा अलग अलग राज्यमा बस्नु परेको थियो । त्यसपछि भने छुटिनु पर्ने दिन आएन । अहिले न्युमेक्सिकोमा सपरिवारसंगै छन् । स्कुले जीवनदेखि न केशवलाई दोस्रो हुनु पर्यो नसंगीतालाई । संधै पहिलो हुने डाक्टर केशब अमेरिका आएर पनि पहिलो नै भएका छन् । संगीताले पनि रसायनशास्त्रमा पिएचडी पुरा गर्न लागीरहेकी छिन् ।
संगीताको थोरै मात्र रिसाउने बानी छ । रिसाए पनि उनी छिट्टै शान्त हुन्छिन् । कहिलेकाही डाक्टरसाबले जिस्काउदै रिस त नाककै टुप्पोमा छ भन्ने गर्छन् । रिसाउने भनेर त्यस्तो साहे रिसाउने बानी चाही हैन’ डाक्टर पौडेल भन्छन्– ‘हरेक कुरामा सम्झदार र ख्याल राख्ने स्वभाव राम्रो छ उनको ।’उनिहरुको दुई सन्तान छन् । ११ वर्षका असिम र डेढ वर्षका अविरल पौडेल । डाक्टरसाब साथीभाई आफनो बनाउन र ‘नेटवर्क’ राम्रो बनाउने बानी संगीतालाई मन पर्छ ।
डाक्टर पौडेल बिरामीको सेवाका अलवा अमेरिकामा सामाजिक गतिविधिमा पनि उतिकै सक्रिय छन् । गैरआवासिय नेपाली संघ अमेरिकाको दुई कार्याकाल अध्यक्ष भएर काम गरिसकेका छन् । आइसिसिको भावी महासचिवको दौडमा छन् उनी । आफनो काम छाडेर आधा समय एनआरएनएको गतिविधीमा लागीरहेका छन् । तर काम गर्दा गदै जस पाएका छैनन । ‘अस्पतालको कामको आधा महिना त काम छाडेर एनआरएनए तथा अन्य सामाजिक काममा लाग्नु हुन्छ संगीताले भनिन– ‘यो पेशामा राम्रो कमाई भए पनि उहाँलाई कमाउने भन्दा पनि सामाजिक गतिविधीमा सक्रिय हुन मन पराउनुहुन्छ ।’
राजनितिमा समेत रुची भएका डाक्टर पौडेल नेपालमा छदा नेपाल विद्यार्थी संघको उतिबेला केन्द्रिय सदस्य पनि भए । तत्कालिन त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान महाराजगन्जको स्वतन्त्र विद्यार्थी युनियनको सभापति,प्राविधिक विद्यार्थी संघको अध्यक्ष लगायतको पदमा रहेर काम गरे । अमेरिकामा जनसम्पर्क समिति स्थापना गर्नमा उनको योगदान त्यतिकै छ । उनी सम्पर्क समिति अमेरिकाको संस्थापक पनि हुन ।
संगीताले डाक्टरसाबले गर्ने हरेक रुचीका कामलाई सदैव साथ दिदै आएकी छिन् । काम बाहेक आफना रुचीका काम गर्न हौसला पनि दिन्छिन् । हरेक कुरामा नाइ नभन्ने श्रीमतिकाे यहि बानी डाक्टरसाबलाई मन पर्छ ।
खान र लगाउनमा डाक्टरसाब खासै चुजी छैनन । घरमा जे पाक्यो त्यही खान उनी तयार हुन्छन् । सर्ट पाइन्ट नै उनको मन पर्ने पहिरन हो । यता संगीता भने हल्का चुजी छिन् । जिन्स पेन्ट र सर्ट संगीतालाई मन पर्ने पहिरन हो ।
आँटिलो, मेहनती र समझदार श्रीमान पाउ“दा संगीता दंग छिन् । उता डाक्टर केशबलाई पनि कहिल्यै जवाफ नफर्काउने र बुझ्ने श्रीमति पाएकोमा हर्षित छन् । । हुन पनि यो जोडीको सम्बन्धको जानेबुझेका सबैले तारिफ गर्छन् । श्रीमान श्रीमतिमा कहिलेकाही सामान्य ठाकठुक जसको पनि पर्ने उनिहरु बताउछन् । उनिहरुले भने झनै लोग्ने स्वास्नीको झगडा परालको आगो जस्तै हो ।
संगीताले अहिलेसम्म डाक्टरसाबको नराम्रो बानी फेला पारेकी छैनन । यता डाक्टरसाबले भने संगीताको हल्का रिसाउने बाहेक अरु त्यस्तो नराम्रो बानी केही नभएको बताउछन् ।

पुजाआजामा पौडेल दम्पत्तीलाई आस्था उतिकै छ । तर आस्था छ भन्दैमा उनिहरु संधै मन्दिर धाउदैनन् । मन– मनले भगवानको पुकार गर्छन् । संगीतालाई डाक्टरसाबको सामाजिक सेवा देखेर आन्निदत तुल्याउछ । नेपालमा भुकम्प भएको साल उनी घटना लगत्तै चिकित्सको टोली लिएर सेवाका लागी नेपाल पुगेका थिए । एक अर्कौको मन मिल्ने जीवन साथी बन्न पाएकोमा उनीहरु दुवै दंग छन् । आफु राम्रो भएर एक आपसमा सम्झदारी भयो भने हरेककोे दाम्पत्य जीवन चिरस्थायी र सुमधुर हुने धारणा दुवैको छ ।