कोरोना संक्रमण बालबालिकाबाट अरुमा जोखिमकाे खतरा : बालरोग विशेषज्ञ डा अमित बजाज

अमेरिका– यतिबेला कोरोनाभाइरसको महामारीले विश्वमा मुत्यु हुनेको आँकडा हेर्दा बालबालिका भन्दा व्यस्कहरुको संख्या उच्च रहेको छ ।
यो भनेर बालबालिका कोरोनाभाइरस संक्रमणको जोखिममा छैनन भन्ने चाही हैन । अमेरिकाको टेक्ससमा रहेर लामो समय देखि बालरोग विशेषज्ञको रुपमा कार्यरत डाक्टर अमित बजाजसंग हामीले कुराकानी गरेका छौ । पछिल्लो क्रममा कोरोना महामारी फैलिएपछि बालबालिकाको बिरामीद्धर पनि कम भएको उनको अनुमान छ ।
अस्पताल र क्लिक आउने बालबािलका घटेका छन् । टेक्ससको अर्भिङमा नेपाली क्लिकमा कार्यरत बालबालिका संग सम्बन्धीत डाक्टर हुन बजाज । उनी १२ वर्ष देखि अमेरिकामा बालरोग चिकित्सकको रुपमा कार्यरत छन् । उनले भारतबाट एमबिबिएस र अमेरिकाबाट एमडी गरेका हुन ।
उनले पछिल्लो क्रममा फैलिएको कोरोनाभाइरसले व्यस्कको तुलनामा बालबालिकामा संक्रमण अत्यन्त कम देखिएको बताए । उनले कोरोना संक्रमणको दर हेर्दा ९८ प्रतिशत व्यस्क र २ प्रतिशत मात्र बालबालिकामा संक्रमण हुने गरेको बताएका छन् ।
डा बजाजका अनुसार यही दुई प्रतिशतमा हेर्ने हो भने पनि ८० प्रतिशत बालबालिमा रुखाखोकी ज्वरो आउने हुदैन । आएको थाहा हुदैन ।
त्यस्तै १५ प्रतिशतमा रुघाखोकी लागे जस्तो हुने र अस्पताल नगई ठिक हुने गरेको छ । केवल संक्रमण भएको ५ प्रतिशत बालबालिकामा मात्रै सिम्टम देखिने बजाजले जानकारी दिए । उनले यो भन्दैमा बालबालिमा जोखिम नभएको हैन । बालबालिकामा पनि कोरोनाको जोखिम छ’ डा बजाजले भने– ‘बरु उनिहरुमा भन्दा पनि बालबालिकाबाटै अरुमा संक्रमण हुने उच्च जोखिम छ ।’
उनले अहिले विश्वको तथ्याङक हेर्दा समेत कोरोनाको संक्रमण र त्यसबाट भएको मुत्यु हुने दर पनि बालबालिकाको अति न्युन रहेको छ । उनले कोरोनाबाट बालबालिकामा संक्रमणको जोखिम त्यस्तो बढी नरहेको बताए ।
डाक्टर बजाजका अनुसार कोरोन संक्रमण भएपछि मानिसको फोक्सोमा आक्रमण गर्छ । फोक्सोमा एउटा ‘इन्जाइम’ हुन्छ । त्यो इन्जाइम बच्चामा कम र व्यस्कहरुमा बढी हुन्छ । बच्चाहरुमा इन्जाइम कम हुने हुदा कोरोनाले कोरोनाले आक्रमण कम गर्छ तर व्यस्कहरुमा बढी हुने भएकाले आक्रमण बढी गर्छ ।
प्रस्तुती शिव शर्मा