लैङ्गिक सामाजिकरण !
कतै हामीले गरेका ब्यबहारले बालमष्तिष्कमा असर त परेको छैन? विज्ञान र प्रविधिको तिव्र विकासले मात्र मानव जीवनमा पूर्ण विकासको अवस्था मानिदैन्।आजको एक असल,अनुशासित र संस्कारवान ब्यक्तिको जन्मले भोलि एक ब्यक्ति,परिवार,समाज तथा राष्ट्रकै हितका लागि उज्ज्वल दियो बालेको हुन्छ।जस्का लागि एउटा सन्तानलाई गर्भमा आएको दिन देखि उच्च सतर्कता अपनाउनु जरुरी देखिन्छ।जस्तै:गर्भवती आमालाई पाेषिलाे खाना सरसफाई,सकारात्मक ब्यबहारहरु,मायालु वातावरण र बेला-बेलाको स्वस्थ्य चेकअफ जस्ता कुराहरूमा श्रीमान तथा घर परिवारले ध्यान दिनुपर्ने हुन्छ।यी र यस्ता ब्यबहारहरु भएको खण्डमा एक निरोगी र हृष्टपुष्ट बालक वा बालिकाको जन्म हुने कुरामा कुनै दुईमत छैन्। हाम्रो समाज जतिसुकै शिक्षित भए पनि बाहिर देखाउने व्यवहार र भित्र गर्ने ब्यबहारमा धेरै फरक पाईएको देखिन्छ।जहाँ बालबालिकाको गर्भमा हुँदा देखिको कुराले नै प्रष्ट पार्छ।
लैङ्गिक सामाजिकरणको कुरा!जहाँ एउटा बच्चा गर्भमा आएको दिनदेखि नै शुरु हुन्छ छोरा वा छोरी! छोरा भए राख्ने छोरी भए फाल्ने कि राख्ने?शुरु यस्ता कुरा सुन्न मात्रै होइन प्रतक्ष्य देख्न समेत पाईन्छ।जतिसुकै शिक्षित वर्ग नै किन नहोस्।छोरा पाउँने आसमा कयौं छोरीहरुलाई गर्भमै हरेक ठाँउमा हुने छुटपुट घटना बाहेक यथार्थ यहि नै हो।
मानव समाजको निेरन्तरताको निम्ती संस्कृति धर्म ,भाषा ,मूल्य ,मान्यता,रीतिरिवाज ,व्यवहार,ज्ञान एक पुष्ताबाट अर्को पुष्तामा हस्तान्तरण गर्ने प्रक्रियालाई नै सामाजिकरण(Socialization) भनिन्छ।बालबालिका जन्मेर हुर्कदै गर्ने क्रममा सामाजिकरणको प्रक्रियाबाट समाजको नीति, नियम,आचार,व्यवहार,धर्म,संस्कृति आदि सिक्दै आफ्नो ब्यक्तत्व निर्माण गर्दै अगि बढेका हुन्छन्। बालबालिकाहरु जन्मिदा एक जैविक प्राणी जस्तै हुन्छन्।उनिहरु हुर्कने क्रममा परिवार तथा समाजबाट सामाजिक आचरण व्यवहार,मूल्य मान्यताहरु ग्रहण गर्दै समाजमा एक सदस्यको रुपमा स्थापित हुन्छन्।
यसरी ग्रहण गर्ने प्रक्रियालाई नै सामाजिकरण भनेर बुझ्न सकिन्छ। यहीँ सामाजिकरणको प्रक्रियाबाट नै समाज अनुसारको लैङ्गिकता अपनाई बालबालिकाले महिला वा पुरुषको भूमिकालाई आत्मसाथ गरेका हुन्छन्। बालबालिका हुर्काउने क्रममा छोरा र छोरीलाई बाल्यावस्थामा गरिने ब्यबहारले पछिसम्म छाप बसाल्ने र बाल्यवस्थामा सिकेका कुरालाई पछि परिवर्तन गर्न गार्हो हुने भएकाले यस्ता कुरालाई अभिभावकले शुरुमै बुझ्नु अनि त्यहीँ अनुसारको व्यवहार तथा बालबालिकाको सिकाइमा ध्यान दिनुपर्दछ। भनिन्छ जग बलियो भयो भने घर बलियो हुन्छ।
त्यसैले ब्यक्ति राम्रो हुनु भनेकै परिवार,समाज,राष्ट्र तथा सिङ्गो विश्व नै राम्रो हुनु हो।त्यसको लागि शुरु एक ब्यक्ति,एक परिवारबाटै गरिनुपर्छ। जस्को जग भनेको बालबालिका जन्मेर उस्ले ग्रहण गर्ने व्यवहार,आमा- बाबाबाट प्राप्त हुने जिन,ऊ हुर्कने वरिपरिको वातावरण र खानपानले पनि निर्धारण गर्दछ।जस्को लागि शुरुमै यस्ता कुराहरु अभिभावकले बुझ्नु यति नै आबश्यक पर्दछ। बालबालिका हुर्काउने क्रममा छोरा र छोरीलाई गरिने ब्यबहारका कारण उनिहरु अगि बढ्ने क्रममा पाईला-पाईलामा अप्ठ्यारा परिस्थितिहरुको सामना गर्नुपर्ने हुन्छ।जस्तै:छोराले घरको काम गर्नु हुँदैन,छोरो मान्छे रुनु हुँदैन,छोेरो मान्छेले कमाएर परिवार पाल्नुपर्छ,जस्ता जिम्मेवारीका कुरा र छोरी मान्छेले घरको काममा सीमित हुनुपर्छ,बाहिर एक्लै हिड्नु हुँदैन,धेरै बोल्नु हुँदैन,अरुको अन्डरमा वस्नुपर्छ जस्ता कुराहरूले धेरै असर पारेको देखिन्छ।
यी र यस्ता सिकाईले बालमष्तिष्कमा असर परी एक प्रकारको छाप बसिसकेको हुन्छ।पछि गएर यो बानीलाई बदल्न धेरै गार्हो पर्नेछ हुन्छ। वर्तमानमा चलिेरहेको व्यस्त जीवनशैलीमा यस्ता कुरामा अल्झिनाले अगाडि बढ्ने धेरै बाटाहरुमा समस्याहरु उत्पन्न हुने गर्दछन्।जस्ले गर्दा समस्याको समाधान निकाल्न समेत गार्हो परिरहेको हुन्छ।जहाँसम्म कि उनिहरुले मन परेको काम समेत खुलेर गर्ने वातावरणको अभाव हुनेगर्दछ। जस्को कारण छोराछोरीले पछि गएर आफूलाई आफ्नो इच्छा अनुसार ठाल्न नपाउँदा विभिन्न चुनौतिहरुको सामना गर्नुपर्ने हुन्छ।उदाहरणका लागि अहिलेको जस्तो परिस्थिति बेला-बेलामा नअाउला भन्न सकिँदैन।जुन कोरोनाको महामारी,महिनौं देखिको लक डाउन जो जहाँ छ त्यहीँ बस्नुपर्ने।यतिबेला स्वदेश होस् वा विदेश जहाँ भए पनि एक्लै बस्नुपर्ने,घरायसी काम गर्नुपर्ने! यतिबेला छोराहरू/वैष्कपुरुषहेुलाई निकै असर परेको देखिन्छ।
कतिपयले त आफ्नो धैर्यतालाई गुमाएर डिप्रेसनमा परेको देखिन्छ।पकाउन,भाँडा धुन,कपडा धुन,घरको सरसफाइ जस्ता कुराहरू सानै देखि सिकेका भए यस्तो बेलामा पनि सजिलै आफुलाई समायोजन गर्न सक्ने हुन्थे।आफ्नो मनको कुरा खुलेर नगर्ने,बाहिर सामान्य देखिए पनि भित्रभित्रै कुम्सिएर रहेका पिडाहरुलाई पोख्न नसक्दा अनेक प्रकारका समस्याहरु देखिने गर्दछन्। जस्को कारणले आफूलाई भुलाउन गलग संगत रोज्ने,धुम्रपान,मध्यपान जस्ता स्वस्थ्यको लागि हानिकारक वस्तुहरुको प्रयोग गर्ने जस्ता अनेक समस्याहरु देखा पर्न सक्छन्। त्यसैले गर्दा छोरा होस् वा छोरी हरेक कुरा सिकाउँदा प्राकृतिक रुपमै भएका भिन्नता बाहेकका कुराहरु छोरा होस् वा छोरी नछुट्याई बुझ्ने र सिक्ने अवसर दिने कि ।हाम्रै साना-साना गल्तीहरुले गर्दा नै भोलिका हाम्रा सन्ततिले सहि संस्कार सिक्नबाट बञ्चित रहेका पो छन् कि! एक पटक गहिरिएर सोच्ने पो होकि।