अप्ठ्यारोमा एकता
सबैलाइ थाहा छ यो अप्ठ्यारो समय हो। केही समय देखी हामी ग्लोबल्ल्री पेन्डेमिकसंग लडिरहेका छौ। त्यो भन्दा पनि बढी राष्ट्रिय स्वाभिमान, देशको भौगोलिक सिमा विवाद र जातिय दन्द तथा हिंसा भएको देखिरहेका, भोगिरहेका छौ। यि सबै पिडा, दबाब र आलोचनालाइ सहन नसकेर मानिसहरू मानसिक रोगले पिडितमात्र होइन, धेरैले आत्महत्याको बाटो समेत रोजिसकेका छन्। स्मरण रहोस, राजनितिक नेताहरुको जस्तै सबै कुरालाइ हासोठट्टामा उडाएर गैर्रजिम्मेवारी तरिकाले हाॅसी हाॅसी सानदार जिवन जिउन सक्ने सिप सबै मानिसमा हुदैन तथापि बाच्न पाउने अधिकार चाॅहि सबैको छ। हाम्रो जस्तो मुलुक, जुन चार जात छत्तिस वर्णको फूलबारी हो अनि त्यो फूलवारीबाट प्रत्येक दिन औसतमा १६०० व्यक्ति परदेशिने र देश बाहिर बसेर पसिना बगाइरहेछन्, रहरले भन्दा पनि धेरै बाध्यताले। जानकारी रहोस, हाम्रो भौतिक दुरीले हामी एक अर्का बिचको सम्बन्ध र त्यसले समाजमा पार्ने असरलाइ कत्ति पनि कमि गराउन सक्दैन।
हामीलाइ थाहा छ, अहिले भइरहेको घटनाक्रमले समाजमा कस्तो नकारात्मक प्रभाव पारिरहेको छ। प्राप्त समाचार अनुसार लकडाउन (७५ दिन) भित्र आत्महत्या गर्नेको संख्या १२२७ पुग्यो।आजमात्रै दबाबका कारण स्याड्जा गल्याड न पा का स्वास्थ्य शाखा प्रमुखले आत्म हत्या गरे भन्ने सुन्नमा आएको छ। यो अत्यन्त दुखदाइ छ, यसले स्वास्थ्य कर्मीको मन अझै बढी दुखेको छ।एउटा सचेत नागरिकको हैसियतले न्यायको निम्ती र हाम्रो सास्कृतिक परम्परा जोगाॅउनको निम्ती आवाज उठाउन अति आवश्यक छ। म एक स्वास्थ्यकर्मी, समाजशाश्त्रको बिध्धाथी र सचेत नागरिकको हैसियतले अनुरोध गर्न चाहन्छु, हाम्रो जस्तो सास्कृतिक परम्परा र संस्कार बोकेका मानिसले, समाज, देश र विश्वलाइ हामी आफै नै एक नमुना बनेर देखाउन सक्छौ। त्यसको लागी हामीले आफ्नो मुल्य मान्यता, विश्वास र विचारलाइ केवल मुखले बोलेर मात्र हुदैन, कार्यमा बदल्नु पर्छ।
एकातिर स्वास्थ्यकर्मीहरु पेशा भन्दा माथि उठेर सेवामा लाग्नु पर्छ। स्वास्थ्य सेवा पेशा मात्र होइन सेवा पनि हो, अझ जति स्वास्थ्य समस्या बढी हुन्छ, यो पेशा अझै बेशी सेवातिर उन्मुख हुनु जरुरी छ। त्यसमा पनि साधन र स्रोत कमभएको परिप्रेक्क्षमा हामी पेशामुखी भन्दा बढी सेवान्मुखी हुनु पर्छ! जागिरको समय भन्दा बिरामीहरुको अनुहार हेर्नु, लामो समय पछि लिने विश्राममा पनि बिरामीको आवश्यकतालाइ प्राथमिकता दिएर आफ्नो खाना खादाखादै बिचमा छोडेर दौडनू, आफ्नो गाँस काटेर खाना खान नपाएको बिरामीलाई दिनु, अहिलेको pandemic मा आफन्त भेत्न नपएका बिरामिलाइ, हामी छोउ है भनेर आफन्तको महसुस गराउनु जस्ता कार्यहरु सेवा हुन। यस्ता देख्दा सामान्य लाग्ने सेवाहरुले करोडौ मानिसका प्राणहरू बचाइरहेका हुन्छन र पनि डोनर लिष्टमा (Donor list) कहिल्यै नाम लेखाउदैनन।

अर्कोतर्फ सेवाग्राहीले पनि आफ्नो ठाउँबाट सक्दो सहयोग अनि सौहार्दता देखाउन सक्यो भने दुवै हिडने बाटो सरल हुन्छ। अझै स्पष्ट भन्दा कठिनाइहरू पार गर्न सहज हुन्छ। यसै प्रसंगलाइ संकेत गर्न कै लागि मैले मेरा बिरामी र तिनका आफ़ंता र सर्बसाधारणले दिएका धन्यबाद/ग्रीटिंग्सहरुको एउटा सन्देश मुलक अडियो भिडियो बनाएर आफ्नै यु ट्यूब च्यानलमा पनि केही दिन अगाडी राखेको थिए । त्यसको उदेश्य बिरामी र तिनका आफ़ंता वा सर्बसाधारणले पनि कसरी स्वास्थकर्मीलाइ काममा हौसला दिन सक्छन भन्ने एउटा नमुनाको लागी हो। जसमा कसैले कुनै ठुलै योगदान वा धनराशी खर्च गर्नु पर्दैन। सरकारी पक्षबाट काम गर्ने सहज वाताबरण र सेवाग्राहीबाट सेवाको प्रोत्साहन पाए भने स्वास्थ्वकर्मीहरु आफ्नो कर्ममा पछि हटने छैनन भन्ने बिश्वास लाग्छ। फलस्वरुप, हाल भइरहेको र संभावित शारिरक तथा मानसिक दुर्घटनालाइ कम गरी यो जल्दोबल्दो समस्याले निम्त्याउने नकारात्मक असरलाइ उल्लेखनीयरूपमा कम गर्न सकिन्छ।
(लेखिका क्यानडामा कार्यरत रजिस्टर्ड नर्स हुनुहुन्छ -संम्पादक)





















