बढदैछ अमेरिकी सेनामा नेपाली युवायुवतिको आकर्षण

शिव शर्मा
अमेरिका–नेपाली युवायुवतिहरु राम्रो अवसरको खोजी गदै अमेरिकी सेनामा भर्ति हुने क्रम पछिल्लो समय बढ्दो छ ।
तलब सुविधा, बस्न खान, शिक्षा लगायत भविष्यमा पाइने सुविधाले युवायुवतिहरुको आकर्षण अमेरिकी सेनामा हवात्तै बढेको हो ।
चार वर्ष अघि सम्म भने अमेरिका सेनामा कागजका लागी नेपाली युवाहरु भर्ति हुन तम्सिन्थे । अमेरिकी सेनामा भर्ति भएपछि कागज बन्ने मात्र हैन अनेकौ सेवा सुविधा पाइने भएकाले युवाहरु भर्तिका लागी जान्थे । अध्ययनका लागी अमेरिका आएका नेपाली विद्यार्थीहरु कागज भन्ने आशामा भर्तिका लागी पुग्थे ।
तर २०१६ पछि भने अमेरिकी सेनामा भर्तिका लागी ग्रिनकार्ड अनिवार्य चाहिने व्यवस्था लागु गरियो ।

ग्रिनकार्ड अनिवार्य गरेपछि पनि अमेरिकी सेनामा जाने नेपाली युवायुवतिहरुमा कुनै कमी नआएको अमेरिकी सेनामा लामो समयदेखि कार्यरत रहेका नेपालीहरु बताउछन् । अमेरिकी फौजमा पनि विभिन्न विधाहरु छन् । आर्मि, एयरफोर्स, नेभी, मरिन तथा कोसगार्ड । यिनिहरु सबैमा नेपालीहरु पनि पुगेका छन् ।
अमेरिकी सेनामा कति संख्यामा नेपाली युवायुवतिहरु छन् भन्ने बारेमा भने कसैसंग यकीन संख्या भने छैन । अमेरिकी सेनामा भर्ति भएका नेपाली युवायुवतिहरुको एउटा सामाजिक संजालमा जोडिएकाहरुलाई आधार मानेर हेर्दा भण्डै १५ सयको हाराहारीमा रहेको हुन सक्ने अमेरिकी आर्मिमा मोटर अपरेटरको रुपमा कार्यरत सुरेश केसी बताउछन् ।

‘हामीसंग के कति छन भन्ने यकीन तथ्याङक भने छैन, उनले भने–‘हामीले खोजी गर्ने कोसिस गरिरहेका छौ ।’
अमेरिकी सेनामा तल्लो देखि माथिल्लो तहसम्म पुग्ने नेपालीहरु रहेका छन् । नेपाली मुलकी समृद्धि रिमाल जो अमेरिकी सेनामा मेजर छिन् । संभवत: नेपाली मुलबाट अमेरिकी सेनाको उच्च तहमा पुग्ने उनी पहिलो नेपाली हुन । एघार वर्षको उमेरमा उनी परिवारसंग अमेरिका आएर यतै अध्ययन गरेर अमेरिकी सेनामा गएकी थिइन ।
त्यस्तै अमेरिकी सेनाको सेकेण्ड लेफिटनेन्ट पदमा छिन् स्याङजाकी अस्मिता गुरुङ । पोखरामा पल्स टु सकेर अध्ययनका लागी अमेरिकी आएकी गुरुङले टेक्ससबाट ब्याचलर अफ साइन्स एण्ड नर्सिङमा स्नातक गरेपछि अमेरिकी सेनाको सेकेण्ड लेफिटनेन्ट बनेकी हुन ।
सुरेश केसी अमेरिकी सेनामा (कार्यरत)
म नेपालमा निजामति सेवाको पाँचौ तह अर्थात सुब्बा थिए । रुकुम खलंगा को मेरो थातथलो । त्यही क्रममा श्रीमतिलाई डिभी प¥यो र जागीरबाट राजीनामा दिएर २०१७ मा अमेरिका आए । अमेरिका आएपछि सुरुका दिन संघर्षमै बित्यो ।
सुरुका दिनमा वेयरहाउस, ग्रोसरी स्टोर लगायतमा काम गरे । केही काम नगरेको मलाई निकै मुस्किल भयो सुरुमा । अब यसरी भएन भनेर अमेरिकामा सरकारी जागीर खोजी गर्न थाले । अमेरिकी पुलिस बन्न लागी भन्दै जस्टिक ल पढन कलेज भर्ना भए । अंग्रेजी भाषा कमजोर भएकाले सुरुमा बेसिक अग्रेजी पढे । त्यसपछि इइसएल पढे । पढन पुरै तीन वर्ष लाग्ने रहेछ । पढदा –पढदै बीचमै २०१९ मा अमेरिकी सेनामा भर्ति भए ।

पढाई त्यतिकै छाडे । अहिले म अमेरिकी आर्मिको मोटर अर्पेटरको रुपमा लुजियाना राज्यमा कार्यरत छु । अहिले त सेनामा भर्ति भएपछि पाउने सेवा सुविधाबाट सन्तुष्ट छु । हाउजिङ, खाना, मेडिकेट लगायतको अतिरिक्त सुविधा पाइएको छ । श्रीमति, एक छोरा र एक छोरी छन् । अमेरिकी सेनाको जागीरले म सन्तुष्ट नै छु । पेन्सन हुनका लागी २० वर्ष काम गर्नुपर्छ । पछिल्लो समय नेपाली दाजुभाई तथा दिदीबहिनीहरुको अमेरिकी सेनामा आकर्षण राम्रो छ । हामी अमेरिकामा अमेरिकी फौजमा कार्यरतहरुको एउटा गु्रप छ । त्यसमा हामी ८ सय सदस्य जोडिएका छौ । मेरो अनुमानमा अझै धेरै साथीहरु अमेरिकी सेनामा हुनुहुन्छ । मैले टिकटक अकाउन्ट मार्फत पनि अमेरिकी सेनामा भर्तिका लागी चाहिने आवश्यक प्रकृयाको बारेमा आफुले जानेका कुराहरु शेयर गर्ने गरेको छु । टिकटक मार्फत नै मसंग सम्पर्कमा आएका झण्डै १०२ जना अमेरिकी सेनामा भर्ति भइसक्नु भएको छ । अझै धेरै जना भर्ति हुने क्रममा हुनुहुन्छ ।

अमेरिकी सेनामा भर्ति हुन का लागी त्यति अप्ठयारो छैन । अहिले अमेरिकी सेनामा भर्ति हुन ग्रिनकार्ड अनिवार्य चाहिन्छ । १७ वर्ष देखि ३५ वर्ष नकटेको हुनुपर्छ । ४० वर्ष उमेर सम्मका लाई रिजर्भमा जान सकिन्छ । अमेरिकी सेनामा भर्ति हुन १७ देखि १८ वर्ष उमेर समुहका लाई भर्तिका लागी परिवारले स्वीकृति दिनुपर्ने हुन्छ । परिवारको स्वीकृति विना उनिहरु भर्ति हुन पाउदैनन । १८ वर्ष भन्दा माथि उमेरका ले भने परिवारको स्वीकृति लिनु पदैन ।
त्यसै गरी जुसुकै देशको पल्स टु उर्तिण गरेको सर्टिफिकेट आवश्यक पर्नुका साथै रिटन टेस्टमा ३१ अंक ल्याउनुपर्छ । यी सबै प्रकृया पुरा गरेर भर्ति भएपछि मात्रै फिजिकल टेस्ट हुन्छ । अमेरिकी आर्मिको अफिसरका लागी ब्याचलर डिग्री गरेको हुनुपर्छ । अमेरिकामा पछिल्लो सयमा अध्ययन गदै अमेरिकी सेनामा आउने युवाहरुको संख्या बढदै गएको छ ।