अमेरिकामा त्रिभुवनको यस्तो छ परोपकारी कर्म
शिव शर्मा
टेक्सस– हसिलो मुहार, प्रष्ट वक्ता र जुझारु पन ।
२७ वर्षे अल्लारे तन्नेरी गुल्मीको ठिटो त्रिभुवन पाण्डे अमेरिकामा बसेर सामाजिक जागरण र नेपाली समुदायको सेवामा समर्पित भइरहेका छन् ।
अमेरिकामा अध्ययनरत विद्यार्थी माझ उनि त्यतिकै लोकप्रिय छन् । नेपाली र नेपाली समाजका लागी केही गरौ भन्ने मन भएका जागरुक युवा हुन उनी । अहिले आफुले सक्दो रुपमा यो अभियानमा उनी जुटीरहेका छन् । टेक्ससको ड्यालस सहरमा बस्दै आएका पाण्डेले आफनो अभियानका दायरा सबै राज्यमा पुराएका छन् । अमेरिकामा बस्ने र नेपालमा आपतमा परेका नेपालीलाई सहयोग गर्ने अभियान उनको रहेको छ।
सिंगो अमेरिकाको नेपाली समुदायले उनलाई राम्रोसंग चिन्दै आएको छ । खोक्रो प्रचार र सस्तो लोकप्रियताले उनी चिनिएका हैनन । उनले आफुलाई नेपाली समाज अमेरिकामा चिनाउने त्यो काम गरेका छन् । भर्खर गैरआवासिय नेपाली संघ अमेरिकाको निर्वाचनमा एनआरएनएको युवा संयोजकमा सर्वाधिक मत ल्याएर उनले जीत पनि हासिल गरेका छन् । यो जीत पनि उनको लोकप्रियता अर्को कडी हो । हुन त लोकप्रियता बटुल्न संस्थामा नै लाग्नुपर्छ भन्ने जरुरी छैन । तर पनि उनी एनआरएनए संस्थामा आवद्ध भएर आफनो परोपकारी अभियानलाई अझै सुदृढ बनाउन चाहन्छन उनी । संस्था भित्रका विकृति र बिसंगति निर्मुल पार्न चाहन्छन् ।
अमेरिकाको व्यस्त दैनिकीलाई पन्छाएर उनी दिलो ज्यान लगाएर नेपाल र नेपाली समुदायको हितमा लागीरहेका छन् । अहिले उनी नेपालको विषम कोराना महामारीमा सहयोग गर्न विभिन्न अमेरिकाका संघ सस्था संग समन्य गरि नेपालमा अति आवश्यक कोभिड–१९ का लागी चाहिने स्वास्थ सामग्री पठाउन का लागी गृहकार्यमा जुटेका छन् । कोभिड–१९ सामग्री नेपाल पठाउने अभियानका उनी संयोजक पनि हुन ।
नेपालमा कोरोना विरुद्धको अभियानमा चाहिने अति आवश्यक स्वास्थ्य सामग्री पठाउन दुईवटा चार्टर जहाज समेत तयार पारिसकेका छन् । एनआरएनएको पहलमा नेशनल गार्ड युटाहको जहाज कोरोना सामग्री लिएर नेपाल जाने भएको छ । ‘यो सबै संघ संस्था तथा आदरणीय व्यक्तित्वहरुको सहयोगले संभव भएको हो पाण्डेले फुर्तिलो पारामा भने– ‘आफनो मातृभुमिका लागी अझै धेरै सहयोगको खाचो छ, त्यो अभियानमा हामी लागेका छौ ।’
पाण्डेले यो मात्र एउटा सहयोगको अभियान हैन, उनले गरेका सहयोगको अभियान फेहरिस्त लामो छ । अमेरिकामा धेरै नेपाली विद्यार्थीहरु अध्ययन गर्छन । विद्यार्थीहरुको हक हित संगै समस्यामा परेका विद्यार्थीहरुलाई उद्धार गर्ने काममा पनि उनको अग्रसरता उतिकै छ । अहिले उनी एनआरएनएको स्टुडेन्ट टाक्स फोर्सको संयोजक समेत हुन । अमेरिकामा गत वर्ष कोरोना महामारीको समयमा पनि उनले यहा“ अध्ययनरत विद्यार्थीका लागी धेरै सहयोगको अभियान चलाए । विभिन्न समस्यामा परेका झण्डै १५ सय नेपाली विद्यार्थीहरुलाई उनको पहलमा अमेरिकामा कोराना महामारीको समयमा सहयोग भएको थियो । महामारीकै समयमा हेल्प डेस्क स्थापना गरि प्रत्यक्ष संवाद गरि समस्यामा परेका नेपाली विद्यार्थीलाई सहयोग गर्न उनी तत्पर रहे । त्यस्तै २२ देखि २३ वटा अमेरिकामा रहेका नेपाली संघ संस्थासंग समन्वय गरि उनले कोरोनाकालमा सहयोग अभियान चलाए ।
उनले अमेरिकामा रहेका ३५ वटा नेपाली विद्यार्थीको एशोसिएसन संग समन्वय गरि विद्यार्थीको समस्या सुल्झाउने काम गरिरहेका छन् । नेपाली विद्यार्थी अध्ययन गरेका अमेरिकाका ३५ भन्दा बढी विश्वविद्यालयमा सम्पर्क गरि नेपाली विद्यार्थीहरुको अध्ययन शुल्कको सहज वातावरण बनाउन उनको सयोजकत्वमा भयो । विद्यार्थीहरुको आप्रवासन सम्बन्धी विभिन्न समस्या र गुनासा सुनाउन कानुनी व्यवसायीलाई समावेश गरेर दर्जन भन्दा बढी इमिग्रेसन सेसन पनि उनको पहलमा संचालन भयो । त्यस्तै अमेरिकामा दुई युवा सम्मेलन गरेर अमेरिकामा अध्ययनरत विद्यार्थीको समस्यालाई उजगार गर्ने काम पनि उनको पहलमा भयो । जहा नेपाली दुताबास डिसीका राजदुतलाई समेत सहभागी गराइएको थियो । त्यस्तै नेपाल र अमेरिकाका विद्यार्थी बीच संस्कृति आदानप्रदानका कार्यक्रम पनि उनले गरे । यी यस्तै विद्यार्थीका हक हितका सवालमा उनी सदैव लागीरहेका छन् ।
यी यस्ता धेरै कामहरु उनले अमेरिकामा गरिरहेका छन् । एनआरएनएमा लाग्नु अघि देखि नै उनी सामाजिक अभियानमा सक्रिय रहेका थिए । एनआरएनएमा आवद्ध भएपछि झनै उनमा जिम्मेवारी थपियो । पद केवल ओगटनका लागी मात्र नभइ काम गरेर देखाउनका लागी पनि हो भन्ने मान्यताका पाण्डेले छोटो समयमा धेरै उपलब्धमुलक कामहरु गरेका छन् । डाक्टर केशव पौडेलको २०१७–२०१९ को कार्यकाल देखि उनी एनआरएनको गतिविधीमा आफु पदमा नरहे पनि सहभागी भएर काम गरे ।
एनआरएनएमा आवद्ध भएपनि उनी फुलटाइमर जस्तै भएका छन् । विद्यार्थीका समस्या भन्यो अनि अन्य नेपाली समुदायका गतिविधीमा लाग्दै ठिक्क छ’ आफनो व्यस्त समय निकालेर युएसनेपाल पोष्टसंग कुरा गरेका पाण्डेले भने– ‘अहिले त एनआरएनएमा ‘फुलटाइमर’ काम जस्तै भएको छ ।’
हो पनि अमेरिकामा कोही विद्यार्थी समस्यामा परे उनलाई फोन आउछ । कसैको आकस्मिक मुत्यु भए उनलाई भ्याइनभ्याई हुन्छ । विद्यार्थीको समस्या सल्टाउन उनी आफै गाडी हाकेर अमेरिकाका धेरै राज्य पुगीसकेका छन् । उनी अमेरिकामा अध्यनरत नेपाली विद्यार्थीहरुक लागी त एउटा उदाहरण नै बनेका छन् ।
गैरआवासिय नेपाली संघ एनआरएनए अमेरिकाको अध्यक्ष सुनिल शाहको कार्यकालमा स्टुडेन्ट टाक्स फोर्सको संयोजकको जिम्मेवारी पाएका पाण्डेले यो अवधिमा धेरै काम गरे । ‘दुई वर्षको अवधिमा विद्यार्थीलाई जोडन देखि समस्या समाधानमा उनले उल्लेख्य काम गरेका छन्’ एनआरएनए अमेरिकाका अध्यक्ष सुनिल शाहले भने– ‘ उनमा केही गर्ने युवा जोश रहेको छ , गरेर पनि देखाएका छन् । उनका अनुसार कोरोना महामारीको समयमा पनि उनले धेरै सहयोग अभियानमा अग्रसरता देखाएका छन् ।
को हुन त्रिभुवन पाण्डे
त्रिभुवन पाण्डे गुल्मीको हर्मिचैारमा जन्मेका हुन । उनले गाउ“कै स्कुलबाट एसएलसी पास गरे । एसएलसी पास गरेपछि उच्च शिक्षा लिन काठमान्डौ खाल्टो हानिए । त्रिभुवन विश्वविद्यालयबाट उनले कर्मशमा स्नातक गरे । नेपालमा कलेज अध्ययन ताका नै उनले स्टक मार्केटको कम्पनी खोले । राजनितिम पनि लागे उनी । उनी स्टक मार्केटमा लगानी गरे । टिएनटी इन्भेष्टमेन्ट कम्पनी खोले । स्टक मार्केटको कम्पनी खोलेपछि उनी नेपालमै केही गर्ने उद्देश्यले लागी परे । जति बेला युएसए, अष्टे«लिया, क्यानडा लगायतका विदेशी मुलुकमा अध्ययनका लागी जाने टे«ण्ड चलेको थियो ।
आखिर सोच नहुदा नहुदै पनि त्यही ट्रेण्ड भित्र परे त्रिभुवन पनि । चार वर्ष अघि अर्थात २०१७ मा उनी पनि एउटा विद्यार्थीको रुपमा सुनौलो सपना बोकेर सपनाको सहर अमेरिकामा अध्ययनका लागी आइपुगे । एमबिए पढन लागी विद्यार्थी भिसामा उनी अमेरिकाको न्यु मेक्सिको राज्य आइपुगे । उनले न्यु मेक्सिको विश्वविद्यालयबाट २०१८ मा फाइनन्स मा डिग्री गरे । उनले सुरुमा अमेरिका आउदा धेरै समस्या झेले । नेपालीको सम्पर्कमा नरहदा सुरुका केही महिना सास्ती खेपे । त्यतिनै बेला उनी कलेजमा अध्ययन गर्दा विद्यार्थी एशोसिएसनमा आवद्ध भए । विद्यार्थीको समस्या नजिकबाट नियाल्ने मौका पाए । त्यसपछि नै उनी एनआरएनए अमेरिकाको गतिविधीमा सहभागी हुन थाले । तत्कालिन एनआरएनए अध्यक्ष डाक्टर केशव पौडेललको सामिप्यताले पनि उनमा एनआरएनए गतिविधीमा सरिक हुन उत्सुकता जाग्यो । उनले न्यु मेक्सिकोमा एनआरएनए च्याप्टर खोल्नमा पनि सक्रिय भुमिका निभाए ।
न्यु मेक्सिको बाट उनी मिनि नेपालको रुपमा चिनिएको टेक्ससको ड्यालस आइपुगे । त्यस यता भने त्रिभुवनको परोपकारी अभियान निरन्तर अघि बढीरहेको छ ।
उनी ओक्लोहमाको फेडरल एभिएसन एडमिस्टे«सनमा फाइनन्स र अकाउन्ट सम्बन्धी काम हेर्छन् । त्यस्तै चार्टर फाइन्नसियल एनालाइसिस्ट पनि पढीरहेका छन् । अमेरिका आएको छोटो अवधिमै युवा जागरण अभियानलाई अगाडी बढाएर सबैमाझ चिनिएका पाण्डेले कुराकानीको अन्तमा भने– ‘भर्खर सुरुवात मात्र गरेको छु, अझै धेरै कामहरु गर्न बाकी छन ।’