राजनको छलाङ नेपाली पाठयक्रम हुँदै फोब्र्स म्याग्जीनसम्म

शिव शर्मा
टेक्सस–उमेर उति पाको हैन उनको । तीस हाराहारीका हुन । यो उमेरमै उनले लेखनमा अन्तराष्ट्रिय छलाङ मारिसकेका छन् । अमेरिकामा नेपाली समुदायले गर्व गर्ने मध्येको एउटा नाम हो– राजन थपलिया । हुन त केही गर्नलाई उमेरको छेकवार हुदैन पनि । उमेर काँचो भए पनि काम भने उनले पाको गरेका छन् । लेखकीय क्षमता उनको खारिएको छ । लेखाइले नै उनलाई चर्चा दिलाएकाे हो उमेरले हैन ।
अग्रेजी भाषामा पारंगत उनले सबै पुस्तक अग्रेजीमै लेखेका छन् । अग्रेजीमै लेखिएको उनको कविता नेपाली पाठ्यक्रम अन्तर्गत कक्षा ६ को अंग्रेजीमा समेत समाविष्ट भएको छ । पुस्तक लेखनमा अगाडी लम्केका थपलिया पछिल्लो समय विश्व चर्चित फोब्र्स म्याग्जीनमा नियमित लेख लेख्ने अवसर पाएका छन् । फोब्र्स म्याग्जीनमा जोडिएको भर्खर दुई महिना मात्र भएको छ उनको । यो छोटो समयमै लेखनको चुली नापिसकेका छन् यिनले । एउटा सामान्य नेपाली ठिटो विश्व चर्चित म्याग्जीनको लेखक बन्नु चानचुने कुरा हैन । अमेरिकामा उनी मात्रै एक नेपाली लेखक हुन फोब्र्स म्याग्जीन सम्म पुग्ने ।
अमेरिकाको न्युयोर्क स्थित ज्याक्सनहाइट क्षेत्रमा बस्दै आएका थपलियाले फोब्र्समा दुई लेखक प्रकाशित गरिसकेका छन् ।उनले व्यवसाय र नेतृत्वको विषयमा फोब्र्समा लेख लेख्छन् । विश्व चर्चित यो म्याग्जीनमा लेख्ने अवसर पाउन उति सजिलो थिएन । लेखमा कलम खा¥दै लगेका उनले अन्ततः लामो प्रयासपछि लेख्ने अवसर पाए । ‘यो पत्रिकामा लेख्न कोसिस गरेको चार वर्ष पछि अहिले आएर पुरा भयो, फुर्तिला लेखक थपलियाले भने– ‘लेख्नका लागी धेरै पापड बेल्नु प¥यो ।’
आखिर खाने मुखलाई जुँगाले कहाँ पो छेक्न सक्थ्यो र । उनको लेखकीय क्षमता फोब्र्स म्याग्जीनले चिन्यो र उनलाई लेख्ने अवसर दियो । यो नै लेखक राजनका लागी ट्रनिङ प्वाइन्ट बन्यो । अब उनका अर्को इच्छा एउटा बाकी छ न्युयोर्क टाइम्समा लेख्ने । त्यसका लागी पनि उनी कोसिस गरिरहेका छन् ।
त्यसोत यस अघिनै अर्को विश्व चर्चि पत्रिका हफिंगटन पोस्टमा उनले नियमित लेख्दै आएका थिए । २०१६ देखि २०१८ सम्म उनले त्यसमा नियमित लेखे । म्याग्जीन र अनलाइनमा लेख लेख्ने कुरा त भयो नै । लेखनको अर्को मुख्य पाटो भने उनको किताब लेखन नै हो ।
राजनले अहिले सम्म लेखेका अग्रेजीका १३ किताबहरुका पाठक नेपाली र विदेश बराबरी जस्ता छन् । विदेशीले पनि उनका पुस्तक खोजी –खोजी पढेछन् । उनले आफुले लेखेका पुस्तक पढिदिनु प¥यो भनेर गुहार माग्दै हिडदैनन । उनका जति पनि पुस्तक अनलाइन मार्फत स्वतस्पुर्त रुपमा पाठकले किनेर पढेका छन् । आमाजोन, इबे लगायतका अनलाइनबाट उनका किताबहरु किन्न पाइन्छ ।
कलिलो उमेर देखि नै लेख्न थालेका उनको यो उमेरसम्म आइपुग्दा १३ वटा पुस्तक बजारमा आइसकेको छ । अमेरिकामा नेपाली समुदायमा यो उमेरमा यति धेरै अंग्रेजी भाषामा पुस्तक लेख्ने उनी एक्ला लेखक हुन । अग्रेजी भाषामा लेखिएका ति पुस्तक अधिकांश जीवन परिवर्तन संग सम्बन्धीत छन् । उनले ‘फिक्सन’ तथा ‘ननफिक्सन’ दुवै लेखेका छन् । पछिल्लो समय फिक्सन चल्न थालेपछि अहिले उनले उपन्यास पनि लेखीरहेको बताए । अहिले राजन अमेरिकामा मात्र हैन नेपालमा समेत अग्रेजी भाषाका राम्रा लेखकको रुपमा चिनिन थालेका छन् ।
कसरी सुरु भयो लेखन यात्रा ।
राजन सानै देखि नै किताबी किरो नै थियो । लेख्न पढ्नमा ज्यादै अभिरुची राख्थे । स्कुले जीवनमा धेरै पुस्तक पढने केटो भन्दै उनको चर्चा हुन्थ्यो । नेपालमा हुदा“ पनि फुटकर रुपमा केही लेखकहरु लेखे । कक्षा ८ मै पढ्दा उनको पहिलो पटक कान्तिपुर पत्रिकामा बुद्ध रोइरहेछ भन्ने कविता छापिएको थियो । धेरै उनी पढ्नका लागी पुस्तकालय ने धाउथे । कक्षा ८ मा पढ्दा उनले एउटा किताब लेखेका थिए– ‘मोर्डन वल्डर्’ । छाप्नका लागी प्रकाशकोमा धाए । तर फुच्चे राजनलाई प्रकाशकले पत्ताएनन् । जवाफ पाए– ‘कहा“ भाई अहिले किताब छाप्ने, दस वर्ष पछि आउ ।’ जवाफले उनको मन खिन्न भयो त्यतिबेला । तर पनि उनले हिम्मत हारेनन र लेख्न छाडेनन । प्रवेशीका परीक्षा सकेपछि उनी १३ वर्ष अघि अमेरिका आए परिवारसंग ।
पछिल्लो पटक उनले लेखेको ‘हन्ड्रेड प्रसेन्ट लाइफ’ अर्थात ‘सतप्रतिशत जीवन’ पुस्तकले चर्चाको उचाई चुम्यो । कुरा के भने किताबले सगरमाथाको उचाई पनि चुम्यो । पर्वतारोही आङदाबा शेर्पाले सगरमाथाको चुचुरोमा पुगेर पुस्तक विमोचन गरिदिए । उसै राम्रो पुस्तक लेखेका राजनलाई सगरमाथामा भएको लोर्कापणले झनै लोकप्रिय बनायो । किताबको विक्री पनि राम्रै भयो । त्यस्तै ‘फिफ्टीफाइभ इयर्स’ भन्ने पुस्तक पनि राम्रै विक्री भयो उनको ।
नेपाली पाठ्यक्रमको कक्षा ६ को अंग्रेजी किताबमा उनको कविता समावेश हुनुमा पनि बेग्लै किस्सा छ । उनले कुनै समय हजारौ गीत कविताहरु लेखे । यही लेख्ने क्रममा पोएम हन्टर डटकममा आफनो ४०–५० वटा अंग्रेजीमा लेखिएका कविता हाले । कविता अपलोड गरेको दुई वर्ष पछि नेपालमा कक्षा ६ मा पढाउने माइजु नाता पर्नेले उनलाई फोन गदै भनिन–‘कक्षा ६ को अग्रेजीमा रहेको कविता लेख्ने राजन थपलिया तपाई नै हो भान्जा ।’ त्यसपछि मात्र राजनले आफनो डिस्ट्रिक नेपाल भन्ने कविता कक्षा ६ को पाठ्यक्रममा समावेश भएको चाल पाएका थिए । यो पनि उनी जीवनको एउटा महत्वपुर्ण पलको रुपमा लिन्छन् ।
पछिल्लो क्रममा उनको लेखाइको कलम तिर्खारिदै गएपछि अमेरिकामा उनको पुस्तक छाप्नलाई हारगुहार गर्नु पदैन । उनका किताब छाप्न प्रकाशक तयार हुन्छन् । पुस्तक छापिएपछि उनी कहिल्यै किताब किनिदिनु प¥यो भनेर हिडदैनन ।
नत कार्यक्रम गरेर बेच्न हिडछन् । जति विक्री हुन्छ अनलाइनबाट नै हुन्छ विना प्रचारप्रसार । तर पनि उनले किताब लेखेर २५ देखि ३० लाख रुपैया कमाएका छन् । उपन्यास पढने पाठक बढ्दै गएकाले उनी अहिले उपन्यास लेखीरहेका छन् । लेखाईमा नै सन्तुष्त मान्ने राजनले अब नेपाली भाषामा पनि केही पुस्तक लेख्ने सोच बनाएको बताए । ‘अंग्रेजीमा धेरै लेखे अब नेपालीमा पनि लेख्ने कोसिस गरिरहेको छु’ उनले भने– ‘लेखनमा केही नयापन दिन सकु भन्ने लागीरहन्छ ।’
उनले अब छिट्टै आइएम रेडी नामको पुस्तक लन्च गदैछन् । अहिले उनी आफनै सम्पादकत्वमा प्रकाशित दि न्युयोर्क सिटी पोष्टमा समेत लेख्दै आएका छन् ।
उनले नर्थ सेन्टल युनिभर्सिटीबाट डाटा साइन्समा मास्टर्स गरेका हुन । यही सोही विश्वविद्यालयबाट पिएचडी समेत गरिरहेका छन् । त्यस्तै उनले हार्वड युनिभर्सिटीबाट बिजनेस एनलाइसिस कोर्स पनि हालै पुरा गरेका छन् । पेशाले उनी तथ्याङक बैज्ञानिक हुन । न्युयोर्क स्थित न्युयोर्क कलेज अफ पोडयाट्रिक मेडिससिनमा वान ४४ क्रेडिटका समेत हुन विद्यार्थी हुन । लेखन एउटा पाटो भयो नै उनको । तर भविष्यको उनको गन्तव्य भने व्यवसाय नै हो । उनले नया खालको अनलाइन बिजनेस पनि छिटै लन्च गदैछन् । ‘लेखन त छदैछ उनले कुराकानीको बिट मादै भने– ‘बिजनेस नै मेरो अन्तिम गन्तव्य हुनेछ ।’