अमेरिकी राज्य संसदमा कसरी छिरे पहिलो नेपाली
शिव शर्मा
टेक्सस– ह्यारी भण्डारी (एचबि) सानै देखि मेधावी छात्र थिए । पर्वतको थापाठाना गाउँमा बयली खेल्दै हुर्किए उनी । उनका हजुरबुबा जिम्वाल मुखिया रामदल भण्डारी शिक्षाप्रेमीको रुपमा चिनिन्थे त्यतिबेला गाउँमा । उनले२०१६ मा विद्यालयनै बनाए । शिक्षकहरु टाढाबाट ल्याएर जग्गा दिएर बसोबास व्यवस्था मिलाए । ६ सम्म उनी हजुरबाले बनाएको त्यही स्कुलमा पढे । त्यसपछि मावि पढन अर्को साविकको गाविस शंकरपोखरी गए ।
घरको वातावरण शिक्षामय थियो उनको । दुखःको कुरा उनी पढनका लागी त्यतिबेला एक घन्टा पैदल हिडेर शंकरपोखरी माध्यमिक विद्यालय पुग्नु पथ्र्यो । त्यति टाढाको स्कुल पुग्न उनको साथीहरुको एउटा झुण्ड नै थियो । ‘दुई डाँडा काटेर गएपछि तेस्रो डा“डामा हाम्रो स्कुल थियो’ भण्डारीले पुरानो स्मरण सुनाउदै भने–‘टाढा भएपनि रमाइलो गदै दिनहु“ हामी स्कुल पुग्थ्यौ ।’
अचम्म के भने कक्षामा उनी सधै अरु भन्दा कान्छो विद्यार्थी भए । पढाईमा टाठा उनले केही कक्षा फडकेर पढे । कक्षा ६ पढेपछि एकचोटी उनी आठ कक्षा पढन पुगे ।
उनको गाउँमा प्राय सबै लाहुरे थिए । उनी संगै पढेका धेरै लाहुरे पनि भए । त्यसो त उनका बाबु अम्बरबहादुर भण्डारी पनि भारतीय सेना थिए । बुबाका सातै दाजुभाई लाहुरे थिए । कसैले धेरै पढनेन् । हजुरबुबा लाहुरे भएकोमा खुशी थिएनन् । यता भण्डारीका लाहुरे बाबुलाई छोरो पनि लाहुरे भइदिओस भन्ने लाग्थ्यो । लाहुरे भए पनि बुबा शिक्षाप्रेमी नै थिए । स्कुल र समाजका लागी धेरै काम गरे । उनका पिता त्यतिबेला प्रधानपञ्च भए रिटार्यड भएको एक महिनामै । बिकास निर्माणको काममा लागे । यो सबै वातावरणमा हुर्किएका थिए भण्डारी । लाहुरे नाप्न जान पनि बुबाले उनलाई नभनेका हैनन । तर उनलाई छाती नापेर लाहुरे बनु भन्ने रहर भने कहिल्यै पलाएन । कसरतका लागी त उनी धेरै दौडिए । तर लाहुरे बन्नका लागी भने कहिल्यै दौडिएनन् ।
गाउ“ले परिवेशमा हुर्किएका उनले सबै काम गरे । घास“ काटने देखि खेतीबारीमा हलो जोत्ने सबै काम । उति दुख गर्नुपर्ने त थिएन उनलाई । यतिसम्म कि उनले रहरले जोत्नका लागी हलिदाई लाई फकाएर चुरोट किनेर ल्याईदिन्थे । अनि आफु जोत्न तम्सिन्थे । तीन दाजुभाईमा उनी जेठा हुन । दिदि मिना भण्डारी पर्वतकै पहिलो महिला हेडमास्टरको रुपमा चिनिन्छन् । हजुरबुबाले बनाएको स्कुलमा उनले पनि पढाउन थालिन । खौलामाविको प्रधानाध्यापक हुन दिदि । उनी आफनो प्रेरणाको स्रोत पनि उनै दिदिलाई दिन्छन् । दिदि र आफनो गुरु तथा हजुरबुबाको सही मार्गनिर्देशनले आफुले अहिलेको बाटो पक्रिन सफल भएको उनी बताउछन् ।
२०४९ सालमा गाउ“बाट एसएलसी परीक्षा पास गरेपछि उनी अध्ययनका लागी पर्यटकीयनगरी पोखरा झरे । पोखराको पृथ्वीनारायण क्याम्पसमा भर्ना भएर पढ्न थाले । पढ्दै उनले निजी विद्यालयमा पढाउन थाले । प्रतिस्पर्धामा उनले पढाउनका लागी नाम निकाले । सधै उनलाई प्रतिस्पर्धा गरेर अगाडी बढने जोश आउथ्यो । पढाउन थालेपछि उनको अंग्रेजी राम्रो हुन थाल्यो । गाउबाट सहर पढन झरेका उनले अर्थशास्त्र र अंग्रेजी लिएर पढाई थाले । पृथ्वीनारायण क्याम्पसबाट प्रमाणपत्र र स्नातक तहको पढाई पुरा गरे । गाउको सरकारी स्कुल पढेका उनको अंग्रेजी कामचलाउ थियो । तैपनि उनले अंग्रेजी लिएर पढे ।
पोखरामा स्नातक पढाई पुरा गरेपछि थप अध्ययनका लागी उनी राजधानी काठमान्डौको भीडमा पुगे । कीर्तिपुरमा अंग्रेजी विषय लिएर स्नातकोत्तर गरे । बिएड पनि गरे । अर्थशास्त्रमा पनि डिग्री सकेर रिर्सच बाकी थियो । त्यही बीचमा उनी पाटन कलेज, पदम कन्या कलेज पढाउन थाले । २३ वर्षको अल्लारे ठिटो मै उनले कलेज पढाउन थाले । पदमकन्यामा उनले मास्टर्स डिग्रीमा सबै भन्दा गाहे अग्रेजी समालोचना पढाउथे । कलेज पढाउदै गर्दा उनी निजी स्कुलको प्रतिस्पर्धीमा नाम निकालेर २४ वर्षमा प्रिन्सिपल नै भए । यही उमेरमा उनले निजी प्रकाशन गृहबाट विद्यालयका दर्जन भन्दा बढी किताब पनि लेखे । अंग्रेजी साहित्य पढेका उनको नेपाली साहित्यमा पनि दख्ल र रुची थियो । चक्रव्युह संञ्चेतना साहत्यिक आन्दोलको एक संस्थापक थिए उनी । डा गोविन्द भट्टराईले काव्यिक आन्दोलनको पुस्तकमा यो आन्दोलन समेटिएको छ । पाठयक्रममा समेटिएको यो त्यतिबेला स्नातकोत्तर नेपालीमा पढनु पर्थो । उतिबेलाको चर्चित साहित्यिक पत्रपत्रिका मधुपर्क, गरिमा लगायतमा उनका फुटकर कविता तथा समालोचना छापिए । पत्रपत्रिकामा लेख रचना पनि छपाए । अल्लारे उमेरमै उनले भुमिका रहेको गोपाल पराजुलीले लेखेको नया इश्वरको घोषणा काव्यकृतिले मदन पुरस्कार जितेको थियो । प्राध्यापन पेशामा लागीरहेका भण्डारी अन्ततः एउटा साहित्यिक कार्यक्रमको सिलसिलामा अमेरिका आए र त्यसपति जिन्दगीको उनको अर्को पाटो सुरु भयो ।
अमेरिका आउनु नै भण्डारी ट्रनिङ प्वाइन्ट
अंग्रेजीमा डिग्री सकेर कलेज पढाई रहेका थिए नेपालमा । विद्यालयको प्रिन्सिपल पनि थिए । साहित्य लेखनमा माहिर मानिने उनी आफुलाई सधै साहित्यको विद्यार्थी ठान्थे । विद्यालयका पाठ्यक्रम लेखिरहेका थिए त्यतिबेला । त्यही साहित्यिक एउटा प्रस्तुती दिन २००५ अक्टोबरमा अमेरिकाको भर्जिनियाको विश्वविद्यालयमा आए । केही रहर र आशा बोकेर आएका भणडरीले अमेरिकी महासागरमा कठिनको यात्रा सुरु गरे ।
अमेरिकाको सुरुवाती दिनहरु यहाँ पहिलो पटक आउनेहरु जस्तै भयो उनको पनि । ग्याँस स्टोर (पेट्रोल पम्प)बाटै उनले सेल्समेन काम थाले । रातको समयमा उनले स्टोरमा काम गर्थे । कलेज पढाउदै गरेका र स्कुलको प्रिन्सिपल भएका उनलाई सुरुमा स्टोरमा उभिएर घन्टौसम्म काम गर्दा शारीरिक रुपमा सकस थियो । तर उनले यसलाई सबै आप्रवासीहरुको अमेरिकी नया संघर्षपुर्ण यात्राको रुपमा बुझे र उनी मनमनै कहाँछु भन्दा पनि कहाँ पुग्ने हो भन्ने मनमा राख्दै अघि बढे ।नेपालमा बेग्लै चार्म थियो अंग्रेजी विषय पढाउने उनको । तर पनि उनले हार मानेनन ।
अमेरिका आएपछि धेरैले नेपालको डिग्री यता काम छैन भन्ने सुनेका थिए । हो पनि डिग्री गरेर अमेरिका आएका धेरै नेपालीहरु यसको भुक्तभोगी छन् । तर ह्यारीको जीवनमा भने यो लागु भएन । उनलाई नेपालको डिग्रीले नै काम ग¥यो । अमेरिका आएकै वर्ष बाल्टीमोर कलेज र स्थानिय विद्यालयमा अंग्रेजी पढाउने अवसर पाए । गाउमा चार कक्षा पुगेपछि अग्रेजीको अक्षर चिनेका भण्डारी अमेरिकामा आएर अंग्रेजी विषयकै स्थायी रुपमा अंग्रेजी पढाउने दरबन्दीमै नाम निकाले । यहाको विद्यालय तथा कलेज पढाउन उनले अमेरिकाको डिग्री सर्टिफिकेट देखाउनु परेन । मेरिल्यान्ड राज्यको सबै भन्दा ठुलो एडभान्स प्रोफेसनल टिचिङ सर्टिफिेकट पाएपछि उनले अमेरिकामा स्थायी दरबन्दीमा पढाउन थालेका १४ वर्ष भइसक्यो । ‘नेपालकै डिग्रीले काम ग¥यो’ टेलिफोन कुराकानीमा भण्डारीले भने– ‘नेपालकै डिग्री देखाएर मैले यहा पढाउने काम पाए ।’
उनले अमेरिकामा नेपालको डिग्री काम छैन भन्ने सुने पनि त्यो सुने जस्तो नभएको बताए । यहाँ आँट र प्रकृयामा प्रतिस्पर्धात्मक रुपमा अघि बढनु पर्ने हुन्छ । तब उनले जस्तो अवसर पाइने रहेछ ।
कसरी आए अमेरिकी मूलधारको राजनितिमा
जब भण्डारी सन् २००९ मा बाल्टीमोरमा घर किने । जहा“ १४ सय घरधुरीको बसोबास थियो । जहा अधिकांश ९५ प्रतिशत गोराहरु बस्ने गर्थे । गोराहरुको बाहुल्य थियो । त्यति ठुलो सामुदायिक एशोसिएसनको उनी अध्यक्ष बन्ने मौका पाए । लिन ओभर कम्युनिटी एशोसिएसन जुन ६० वर्ष पुरानो हो । गोराहरुको बाहुल्यता रहेको ठाउ“मा समुदायकै इतिहासमा गोरा बाहेकको पहिलो अध्यक्ष बन्नु सहज थिएन । समुदायको अध्यक्ष बन्नु नै उनका लागी एउटा ट्रनिङ प्वाइन्ट थियो । उनी अध्यक्ष भएर घरघरै न्युज लेटर पु¥याउन हिडथे । गोराहरुको दिलमा बसीसकेका थिए उनी । स्वयसेवी भएर समुदायका हितमा धेरै काम गरे उनले । यसपछि भने उनको सघसंस्थाको नेतृत्व तहमा पुग्ने अवसर जु¥दै गयो । यसपछि डेमोक्रेट पार्टिको युवा भातृसंगठनको बाल्टीमोर शाखाको उपाध्यक्ष भए । यस पछि सुरु भएको भण्डारीको राजनितिक जीवन । युवा भातृसंगठनको राष्ट्रिय सम्मेलनमा भाग लिन उनी मेरिल्यान्ड राज्यको प्रनिधिी चुनिएर टेक्ससको सानएन्टोनियो पुगे ।
उक्त सम्मेलनमा उनी युवा भातृसंगठनको डेमोक्रेटको राष्ट्रिय महासचिवमा (माइनोरेटी ककस) चुनाव लडे । दुई मिनेट उनलाई उक्त कार्यक्रममा उम्मेदवारको तर्फबाट बोल्ने अवसर दिइयो । उनले क्यालिफोर्नियाकी प्रतिस्पर्धीलाई हराउदै महासचिवमा विजयी भए । उनको राज्य मेरिल्यान्डबाट सम्मेलनमा २० भन्दा कम डेलिगेट थिए । भण्डारीले राष्टिय अधिवेशनमा ७९ प्रतिशत भोट ल्याएर क्यालिफोर्नियाको शसक्त उम्मेदवारलाई हराएपछि एकाएक अमेरिकी युवाको राजनितिमा उनको चर्चा सुरु भएको थियो । पुर्वी न्युयोर्क, भर्जिनिया म्यासाचुसेट लगायत अमेरिकी क्षेत्रका प्रतिनिधीहरुको ठुलो साथ पाए । त्यतिबेला उनीसंग हारेकी उम्मेदवारले आएर बधाई दिदै कार्यकालमा गरेको निरन्तर सहयोगले अमेरिकी लोकतन्त्रको सुन्दरतालाई भण्डारीले नजिकबाट अनुभव गरे ।
त्यसपछि महासचिवको रुपमा अमेरिकाको धेरै राज्य घुमेर राजनितिक चेतना अभिवृद्धि गर्ने मौका पाए । यसपछि उनलाई अमेरिकी राजनितिमा आउने बाटो फराकिलो बन्दै गयो । उक्त संगठनको महासचिव हुदा एएपीआई ककस बनाउने काममा उनको महत्वपुर्ण भुमिका रह्यो । १९३२ मा स्थापना भएको यो संगठनमा एशियन अमेरिकनहरुको छुट्टै ककस थिएन । एएपिआई समुदायले एशियाका २६ देश र अष्टे«लिया लगायत पेशेफिक आयल्यान्डका ३० वटा देशहरुको पहिलोचोटी युवा संगठनमा छुट्टै क्यालिफोर्नियामा २०१५ मा भएको अधिवेशनबाट छुट्टै ककसको मान्यता पाएको थियो । त्यसपछि स्थानिय डेमोक्रेट क्लबहरुमा उनी सक्रिय रहन थाले । २०१३ देखि उनले बाल्टीमोर काउन्टीको विकास निर्माणको योजना आयोगको सदस्यको रुपमा समेत काम गरे । उनले हिलारी किलन्टन राष्ट्रपति निर्वाचनमा ‘नेपाल फर हिलारी’ भनेर समेत अभियान चलाए ।
पहिलो पटक उनी सन् २०१४ मा मेरिल्यान्ड राज्यको सासंदमा चुनाव लडे । तर उनी झिनो मतको अन्तरले प्रारम्भिक चुनावमै पराजय भए । हजारौ भोटरको मन जितेकाले उनले हारे पनि जीतको रुपमा महसुस गरेर अघि बढे । । हिम्मत हारेनन । धेरै कसरत गरे । उनलाई विपक्षी दलले आफनो पार्टिमा प्रवेश गराउन प्रयास गरे पनि उनी आफु आप्रवासीहरुको मुद्धामा सधै उदार रहने डेमाक्रेट पार्टिको सदस्यको रुपमा अन्य डेमोक्रेटका स्थानिय राज्य र सघीय उम्मेदवारहरुलाई जिताउन ठुलो भुमिका खेले । फेरी २०१८ मा भने मेरिल्यान्ड राज्यको निर्वाचन क्षेत्र नम्बर आठ बाट चुनाव लडेर । जो बेनर जसले २०१६ को युएस कंग्रेसको चुनावमा एक लाख ३ हजार भन्दा बढी भोट ल्याएर डेमोक्रेट पार्टिको नोमिनेशन जितेका थिए । उसैलाई भण्डारीले हराए । ‘वासिंङटन पोष्ट तथा ‘वाल्टीमोर सन’ जस्ता चर्चित पत्रिकाले समेत उनको चुनावी क्षेत्रलाई मेरिल्यान्डकै सबैभन्दा बढी प्रतिस्पर्धात्मक क्षेत्रको रुपमा राजनितिक विश्लेषण गदै लेखेको थियो ।
हुन पनि भण्डारीले चुनाव जित्नका लागी १५ वर्ष सम्म स्टेटको रिब्लिकन पार्टि हाकेका पार्टिका पुर्व निर्देशक जो कल्सटरलाई एकातिर हराउनु पर्ने थियो भने अर्कोतिर १२ वर्षदेखि एकछत्र त्यो सिट रिब्लिकन पार्टिले जितेको थियो । कुनै पनि गोरा बाहेकको उम्मेदवारीले कुनै पनि तहको निर्वाचन जितेको भण्डारी लडेको क्षेत्रमा इतिहास थिएन । एशियन मुलको डेमाक्रेट पार्टिका उम्मेदवार भण्डारी ८० प्रतिशत भन्दा गोरा मतदाता भएको १ लाख ५० हजार जनसंख्या भएको क्षेत्रमा चुनाव लडनुलाई धेरै अंसंभवनै ठानेका थिए । तर नोभेम्बर ६, २०१८ मा उनले एकातिर पहिलो नेपाली अमेरिकनको रुपमा इतिहास कायम गदै चुनाव जिते । अर्कोतिर जिल्लाकै इतिहासमा श्वेत वर्ण भन्दा फरक मुलका राज्यसभा सांसदको रुपमा निर्वाचन जितेर अर्को इतिहास बनाए । ।
भण्डारीको एनापोलिसको यात्रा
जनवरी ९, २०१९ मा उनी मेरिल्यान्ड राज्यको स्टेट हाउसमा पहिलो नेपाली अमेरिकनको रुपमा प्रवेश गरे । मातृभूमि नेपाललाई आत्मसाक्षी राखी सपथ खाएका थिए ।
उनले मेरिल्यान्ड जनरल एसम्बलीमा प्रवेश गदै गर्दा आफु धेरै कुरा समेटेर अघि बढनुपर्ने दायित्वबोध गरे । भावी सन्ततीका लागी सोच्दै गर्दा उनले एक दुई वर्षको रणनिति मात्र हैन आगामी दशकौ सम्म भावी सन्ततीका लागी हातेमालो गदै अगाडी बढने सोचे । उनले यो जीत केवल सुरुवात मात्र हो भन्ने बुझेका छन् । यो जीतलाई सस्थागत गदै भावी नेपाली पुस्ताका हाम्रा सन्ततीहरुलाई उच्च आत्मविश्वासका साथ हरेक क्षेत्रमा अगाडी बढाउनका लागी नेपाली समुदाय अगाडी बढनुपर्ने बताए । अमेरिकाको पहिलो राष्ट्रपति तथा संस्थापक जर्ज वासिंङटन र तेस्रो राष्ट्रपति थमस जेफ्रसनले अमेरिकाको सपना बुनेको उक्त ऐतिहासिक स्टेट हाउसको सदस्य भए ।
पुस्तौ पछिका नेपालीहरुले गर्व गर्न लायक यो सफलताको श्रेय उनी अमेरिकामा रहेका नेपाली समुदाय र कहिल्यै कसैको अधिनमा नरहेको सुन्दर देश नेपालमा प्राप्त गरेको स्वतन्त्रता लाई ठान्छन् ।
अमेरिका आएका नेपाली समुदायबाट यहा“को मूलधारको राजनितिमा पुगेर राज्य सासद बन्ने इतिहास उनले कोरेका छन् । देश बाहिर अमेरिकाको मुलधारे राजनितिमा अवसर पाउने र सांसद बन्ने उनी पहिलो नेपाली बनेका छन् । अहिले सम्म अमेरिकाको मुल धारको राजनितिमा चुनाव लडेर सांसद भएको इतिहास छैन । ह्यारी भण्डारीले जो इतिहास लेखाएका छन् ।
चुनाव जितेर मेरिल्णन्ड राज्य संसदमा छिरेका ह्यारीले आफुले बनाएको कानुन बिल पास भएको छ । जुन उनका लागी ठुलो सफलता हो । यसमा उनी निकै हर्षित छन् । उनले महत्पुर्ण रुपमा बनाएको बहिरा तथा अपांग अशक्तहरुको हितको हाउस बिल १३८४ बिल मेरिल्यान्ड राज्यमा कानुन बनेको छ । २०१९ अक्टोबर देखि कानुन बनेको हो । यो बिल यस अर्थमा पनि महत्वपुर्ण छ की अपांग अशक्त तथा बहिरा विद्यार्थी तथा तिनका अभिभावक भएकालाई विश्वविद्यालयमा निशुल्क शिक्षा प्राप्त हुने बिल हो । उनको सबै भन्दा बलियो बिल हो । सामुदायिक कलेज तथा मेरिल्यान्डमा रहेका ७० भन्दा बढी अस्पताल एशोसिएसनहरुको समन्वय गरेर यो बिललाई राज्य कानुन बनाएका थिए ।
त्यस्तै सरकारलाई ट्रान्सपरेन्सी गराउने देखि अन्य उनको सह प्रायोजनमा ५९ वटा बिल ससंदमा पेश भएकोमा ३३ वटाको कानुन बनिसकेको छ । यस्तै पहिलो सेसनमा उनले प्रस्तुत गरेका तीन वटा ‘लेजिसलेटिभ बन्ड इनिसेटिभ’ बिल पास गराएर जिल्लामा तीन वटा ठुला विकास निर्माणका लागी बजेट विनियोजन गर्न सफल भए । लगभग आठ लाख जनसंख्या रहेको बाल्टीमोर काउन्टी १ सय ७० भन्दा बढी स्कुल हेर्ने राज्य समितिको चार जना मध्येका उनी एक सासद हुन ।
ति स्कुलहरुको प्रविधी, भौतिक निर्माण लगायत शिक्षाका लागी पहलमा थप ७ सय मिलियन डलर रकम छुटाउन २०१९ को ससद सत्रमा छुटयाउन उनको पनि महत्वपुर्ण भुमिका रहयो । सरकारले स्थापना गरेको सासद ह्यारी भण्डारी छात्रवृत्ति कोष मार्फत जेहन्दार विद्यार्थीले लाखौ डलर बराबरको छात्रवृत्ति पाएका छन् । यसमा नेपाली विद्यार्थी पनि परेका छन् । उनले संसदीय कार्यालयमा इन्टनसिप कार्यक्रममा नेपाली विद्यार्थीहरुलाई पनि अवसर दिदै आएका छन् । त्यसैगरी उनी स्वास्थ्य व्यवसाय एवं दिर्घकालिन हेरचाह उपसमिति तथा फार्मेसिटकिल उपसमितिमा रहेका छन् । आफनो समितिले स्वास्थ्य सुविधाहरु उपकरण र उत्पादनहरु दिर्घकालिन हेरचाह, जनस्वास्थ्य मेडिकेट, स्वास्थ्य विमा, राज्य सररकार सगठन , प्रकृया तथा परिचानल, प्रशासनिक कानुन मानव सम्बन्ध, ट्रस्ट र जग्गा खरिद सम्बन्धी कारोबार हेर्ने त्यति महत्वपुर्ण समितिमा हुनुले पनि नेपाली समुदायलाई गर्व बनाउने विषय हो ।
मेरिल्यान्डका ७० लाख भन्दा बढी नागरिकको कानुन तर्जुमा गर्ने विधानसभामा एक जना नेपाली पुग्नुले नेपाल र नेपालीको शानसंगै हामी नेपालीहरुले पनि केही गर्न सक्छौ भन्ने उदाहरण दिएका छन् । नेपालको दुरदराजको गाउ“मा जन्मेर संसारको शक्तिशाली राष्ट्र भित्रको सबैभन्दा धनी मेरिल्यान्ड राज्यको सासंदको रुपमा सेवा गरिहदा उनले आफनो अध्यापन व्यवसाय संगै पिएचडी पनि सगै अगाडी बढाएका छन् ।
आफनो हजुरबुबाले बनाएको स्कुलबाट प्रारम्भिक शिक्षा लिएका भण्डारी जोन्स हप्किन्स जस्तो संसारको प्रतिष्ठित विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गदै अहिले युनिभर्सिटी अफ मेरिल्यान्डबाट पिएचडी गदै रहेका उनी धेरैका लागी प्रेरणाको स्रोत बनेका छन् । अमेरिकी शक्तिशाली सिनेटर क्रिस भ्यान होलेन्डले भण्डारीको चुनावी सभामा भने जस्तै उनी अमेरिकी सपनाका जबरजस्त उदाहरण पनि हुन । अमेरिकी राज्य सांसदमा छिरेका भण्डारी साँच्चै सबै नेपालीका लागी एउटा उदाहरण नै बनेर रहेका छन् ।