डिप्रेसनबाट जोगिन तीज मनाउॅ !

नेपाली नारीहरुकाे तीज नजिकिदैछ । याे पर्वकाे धार्मिक महत्वसंगै गीत -संगीत तथा नाचगानले मनाेरन्जनकाे पाटाेलाई पनि समेटेकाे छ । गीतसंगीतले मान्छेकाे अशान्त मनलाई शान्त राख्न पनि धेरै थाेरै भूमिका राख्छ । नारीहरुकाे आउँदै गरेकाे तीजले पनि मनलाई शान्त राख्दै निश्चय पनि बढ्दाे डिप्रेसनलाई दुर बनाउन मदत गर्नेछ ।
नेपाली नारीहरुको महान चाड तीजले धेरैलाई डिप्रेसनबाट जोगाएको हुनुपर्छ । उसो त बिभिन्न अध्ययनहरुको आधारमा विश्वभर ३२२ मिलियन मानिसहरु डिप्रेसनबाट पिडित हुॅदा नेपालमा झण्डै १ मिलियनको हाराहरीमा डिप्रेसनबाट पीडित रहेकाे अनुमान छ
केहि आँकडालाई नियाल्दा पुरुषहरुको तुलनामा महिलाहरु डिप्रेसनबाट बढी पिडित छन् । डिप्रेसन संबन्धी पछिल्लो तथ्यान्क अनुसार संसारभर ५.५ प्रतिशत महिलाहरुमा डिप्रेसनको असर छ भने ३.२ प्रतिशत पुरुषहरुमा असर रहेको पाईएको छ । अहिलेकाे कोभिड – १९ को कारण समाजमा के के भैसकेको होला अनुमान लगाउन कठिन छ ।
यसमा पनि पारिवारिक संबन्ध, चालचलन, खानपान, हर्मोनल परिवर्तन आदिको कारण नेपाली महिलाहरुमा अझ बढी डिप्रेसनको असररहेको तथ्यांकहरुले देखाउॅछ । यहाॅ नेपाली समाजको केही हद सम्म अध्ययन गरेको र सोही समाज आफैले भोगेको आधारमा विचारको मन्थन गर्ने जमर्को मैले गरेकी हुॅ ।
हाम्रो नेपाली संस्कृतिमा तीज महिलाहरुको महाॅन पर्वको रुपमा यूगौदेखि मानिंदै आएको छ । यसको धार्मिक र पौराणिक पक्षको व्याख्या गर्न म चाहन्न ।
तीज शब्द आफैमा हर्षलाग्दाे प्रतित हुन्छ । मनाेरन्जनले भरिएकाे हुन्छ । धेरै नेपाली दिदिबहिनीहरुलाई याे पर्वले मन आनन्दित तुल्याउछ ।यसले नेपाली धेरै महिलाहरुलाई डिप्रेसन हुनबाट जोगाएको हुनुपर्छ । यदि त्यस्तो लाग्दैन भने अहिले नै तीज उच्चारण गरेर फोटो खिचे हुन्छ ।
कुनै तस्वीर लिनेबेला फोटोग्रफरले “सबैले चीज भन्नुस है १,२,३ !” भन्ने गर्दछन् । एसो भन्दा हॅसमुखि अनुहार देखिन्छ र फोटो पनि हसिलाे आउॅछ भन्ने हो । जसरी चीज भन्दा हॅसिलो देखिन्छ त्यसै गरी तीज भन्दा पनि हॅसिलो देखिन्छ । फोटो खिच्नेबेला मनिलो अनुहार भयाे भने जिन्दगी भर त्यो फोटो मनीलो नै रहन्छ । फोटो हेरेर दंग पर्न सकिंदैन ।
जब दुवै ओंठ ट्याप्प जोडेर चुपचाप मनमा अनेक दु:खका कुरा सोंचेर बसिन्छ यो डिप्रेसनको सुरुवात हो भन्ने कुराको आकलन गर्न डाक्टरकाे मा गइरहनु पर्दैन । तपाईं हामीले पनि अनुमान गर्न सकिन्छ ।
अब कुरा तीजको गरौं । तीजले ओंठ ट्याप्प बाध्न दिंदैन । मनमा उकुसमुकुस भएर रहेका कुराहरु गीतको माध्ययमबाट पोख्न लगाउंछ ।आफैले पोख्न जानिंदैन या ढंग पुग्दैन भने पनि थपडी बजाएर साथ दिन सकिन्छ । थपडीले मात्र चित्त बुझेन भने उठेर नाच्न पाईन्छ ।आफुसॅग मेलखाने विषयको गीत रहेछ भने हाॅस्न पाईन्छ , हृदय छुने गीत रहेछ भने रुन पनि पाईन्छ ।
मैले सानैमा सुनेकी थिएं “तीजका चेलीवेटी हुन चित्त दुखाउनु हुंदैन !” अहिले संझॅदा सायद चित्त दुख्यो भने चेलीवेटीले गीतमा पाेखिदिन्छन भन्ने डर पनि थियो ।
हाम्रो समाजमा तीज आफैमा स्वतन्त्र पर्व हो । जव हामी मानसिक रुपमा स्वतन्त्र भएको महॅसुस गर्छौ तव हाम्रो तन मन पनि स्वतन्त्र हुन्छ। जव तनमन स्वतन्त्र हुन्छन हाम्रो शरीर खुशी हुने हर्मोन उत्पादन गर्दछन् । खुशीका हर्मोनले शरीरमा स्फूर्ती बढाउॅछ । अनुहारमा कान्ति बढाउछ । जब मन चंगा भएको अनुभूती गर्न सकिन्छ । डिप्रेसन गराउने हर्मोन हराउॅदै जान्छ । त्यसैले घेरै नेपाली महिलाहरुलाई तीजले डिप्रेसन हुनबाट जोगाएको हुनुपर्छ भन्ने मेरो अनुमान हो ।
जसरी तीजका गीतहरुमा संस्कृती र विकृतीको उठान गरिएको छ त्यसै गरी यहाॅ मेलमिलाप र समस्या समाधानका उपायहरुको पनि खाेजी गरिएको पाईंन्छ । हामिले खोतलेर हेर्ने हो भने हाम्रै पालामा तीजका गीतहरुका रुप फेरिएका छन । समय अनुसार समाजका भावना फेरिएका छन । आज भन्दा धेरै वर्ष पहिलेका तीजका गीतले त्यो समयका चेलीहरुको बह पोख्थ्यो जुन हामिले पनि सुनेका थियौ;
“म सॅगैका दाजुभइलाई कापी कलम किन्दिने
म छोरी अभागीलाई डोको बुन्दिने !”
साॅच्चै घरको कामधन्दा गरेर हुर्किएकी चेलीले दाजुभाइ स्कूल गएको देख्दा आएको यो भावना कति मार्मिक थियो त्यो बेला । पहिलोपटक यो गीतमा मनको बह पोख्दा कति चंगा भए हो त्यो मन ?
विस्तारै छोरीहरु पनि पढ्न जान थाले र भन्न थाले;
“सालको पात टिपेर नैर खुट टपरी
मैले बिहे गर्ने छैन मन नपरी !”
छोरीलाई नसोधी बिवाह गरिदिने चलन । संझदा पनि कति अत्यास लाग्दो छ । घरमा एकाएक आफ्नै विवाहको उत्सव मनाउदा आफैलाई चालपत्ता नहुॅदा कस्तो हुॅदो हो । यो विद्रोह उठाउने गीत गाउन पनि पक्कै चुनौति थियो ।
यसैगरी ;
“बाबाको घरमुनी ठुलो रुख बडर
धेरै छोरी छन भनेर हेला नगर !
पढ्छम हामिले आइए बिए सम्म कम्मर कसेर
पाल्छौ हामिले मातापिता माईतै बसेर !”
छोरा होस भन्दै बच्चा पाउॅदै गर्दा धेरै छोरी भएका बाबुआमालाई ढाडस दिने यो गीत पनि हिम्मतिलो लाग्छ । आफ्ना छोरीहरुले हामी नैछोरा सम्झनुस गर्व गर्न लायकका सन्तान बनेर देखाउने छौ भन्यो भने को खुशी हुॅदैन होला र !
यसै गरी राजनैतिक परिवर्तन र सत्ता परिवर्तसॅग जोडेर पनि तीज गीतहरु गाउने चलन आयो । राजारानीको कुरा होस या बेसार पानीकाे कुराहोस समय अनुसार सत्ताधारीहरुका अभिव्यक्तिहरु पनि तीज गीतमा उतारिएका हुन्छन् ।
गीत आफैमा संदेश बोकेका हुन्छन् । फेरी त्यसैमा मादल , बाॅसुरी , हार्मुनियम आदि वाद्यवाधनका धुनहरुले सजाएर पटक पटकदोहोर्एर गाउॅदा साॅच्चै संदेश प्रवाह भएको महॅसुस हुन्छ ।
अझ यो खालको तीज गीतको नाचगानमा सामुहिक रुपमा उपस्थित हुॅदा राम्रा राम्रा कपडा र गरगहना समेत पहिरिने हुॅदा स्वयंमको सुन्दरताले आत्मबल बढेको महंसुस समेत हुन्छ ।
तीज आयो दर खाने भन्ने चलनले खानेकुरामा समेत फरक स्वाद र भिन्नता ल्याएको हुन्छ । मनमा उत्साह , आवरणमा पनि छानेकापोसाक र पोसिलो खानेकुराले त साॅच्चै भन्ने हो भने रोगी पनि निरोगी बन्छ ।
मनमा भएका बेदना र छटपटीहरुलाई भगाएर परिवारमा भएका हामि सबैका आमा दिदी बहिनीहरुला उत्साह थप्ने तीज पर्वले दाजुभाइ र बुवाहरुलाई पनि खुशी नै बनाउॅछ । तीज पर्वलाई सकारात्मक रुपमा लिएर जहाॅ छौं त्यहीबाट मनाउन सकियो भने पनी हामी थाेरै भए पनि डिप्रेसनबाट जाेगिने छौं ।
यो कोरोना कहरको महाॅमारीमा दिनको दुईतीनवटा गीत गाएर , रेडियो, टिभि, यूटुव या जे उपलब्ध हुन्छ तेहीबाट मनोरन्जन लिएर ७ दिनमात्र हाॅसौं नाचौं । हाम्रो जीवनमा उत्साह आउने छ ।
सबैलाई तीजको शुभकामना ।
टेक्सस अमेरिका
३१ स्रावण २०७७/ १५ अगस्ट,२०२०